मंगलवार, सेप्टेम्बर २७, असोज ११
‘हरेक दिन परमेश्वरको उपहार हो।’ —उपदेशक ९:९
सोलोमन लेख्छन्ः ‘आफ्नो बाटो लाग, आफ्नो खानेकुरा आनन्दसँग खाऊ… किनभने तिमीले गरेको काममा अहिले परमेश्वरको निगाह रहेको छ ! सधैँ सेतो वस्त्र लगाऊ … यस जीवन कालमा आफूले प्रेम गरेकी पत्नीसँग जीवनको सुख–भोग गर। किनभने यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रममा तिम्रो भाग त्यही नै हुन्छ। तिम्रो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर, किनभने चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ नता केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्छ’ (पद ७–१०)।
यसकारण, तपाईं केलाई पर्खिरहनुभएको छ ? अध्ययन सिध्याउन ? विवाह गर्न ? छोराछोरी जन्माउन ? अवकाश लिन ?
जीवन यात्रा हो, गन्तव्य होइन ! तपाईंको जीवन अहिले यहाँ छ, तपाईंको परिवार अहिले यहाँ छ, तपाईंको विवाह अहिले यहाँ छ, तपाईंको पेशा अहिले यहाँ छ, तपाईंको उन्नति अहिले यहाँ छ। यो यात्रा प्रत्येक दिन जारिरहन्छ। अनि तपाईंले अझ महान् उद्देश्यको खोजी गर्नुहुँदा तपाईंले अर्थ भेट्टाउन सक्नुहुन्छ। तपाईंसँग विश्वासका आँखा छन् भने तपाईंले प्रत्येक दिन स–साना आनन्दहरू पाउन सक्नुहुन्छ। अन्त्यमा हामी सबै एउटै स्थानमा अन्त्य हुन्छौँ भन्ने कुरा सोलोमनले बुझेकाथिए— चिहानमा। एउटै मात्र भिन्नता भनेको यो यात्रामा हामीले कति बढी आनन्द गर्छौं भन्ने हो। तपाईंले नियन्त्रण गर्न नसक्नुहुने कुराको बारेमा धेरै समय बिताउनुभन्दा, तपाईंले नियन्त्रण गर्न सक्नुहुने कुरामा केन्द्रित हुनुहोस्, र बाँकी कुरा परमेश्वरमा छोडिदिनुहोस्।
ख्रीष्टियन लेखक तथा सञ्चारकर्मी फिल कुक लेख्छन्ः ‘सबै कुरामाथि परमेश्वरको नियन्त्रण छ भन्ने कुरा मैले विश्वास गर्नुपर्छ, र मैले सधैँ उत्तर माग गर्नु भनेको उहाँको भूमिका लिन खोज्नु हो। मैले पछाडि बस्ने अनि उहाँलाई परमेश्वर नै हुन दिने र मलाई म नै हुन दिने निर्णय गरेको छु।’ त्यो सिद्धान्त अपनाउनुभयो भने तपाईंलाई असल हुनेछ !
आत्मिक भोजनः १ कोरिन्थी १०–११, मर्कूस १६:९–२०, भजन ६८:१९–३५, हितोपदेश २५:१७–२०
Discussion about this post