सोमवार, सेप्टेम्बर १२, भदौ २७
‘सलोफादका छोरीहरू …मोशाको सामु उभिए।’ —गन्ती २७:१–२
सलोफादका छोरीहरूले हामीलाई सिकाउँछन् किः
१) यसको बारेमा केही गर्न तयार हुनुहोस्। गनगन गर्नाले केही पनि परिवर्तन हुँदैन; यसले त तपाईंलाई अझै बढी दुःखी बनाउँछ। लाखौ मानिसहरू प्रतिज्ञाको भूमिमा प्रवेश गरिरहँदा, अरू स्त्रीहरूको हालत उस्तै थियो। तर यी पाँच जना स्त्रीहरू सक्रिय भएर यथास्थिति स्वीकार गर्न इन्कार नगरेसम्म कुनै पनि कुरा परिवर्तन भएन। त्यसो गर्न साहस चाहिन्थ्यो। मोशाको सामु जानु भनेको उच्च अदालतमा अपिल गर्नु जस्तै हुन्थ्यो। जब तपाईं आफ्ना समस्याहरूलाई सिधै सामना गर्न र तिनीहरूको बारेमा केही गर्ने निर्णय गर्नुहुन्छ, तब समाधानहरू पाइन्छन्।
२) तपाईंले के चाहनुभएको हो, त्यसको बारेमा स्पष्ट हुनुहोस्। तपाईं के भएको चाहनुहुन्छ वा के नभएको चाहनुहुन्छ ? तपाईं कहाँ जाँदै हुनुहुन्छ भन्ने कुरा तपाईंलाई थाहा छैन भने, कुनै पनि बाटोले तपाईंलाई त्यहाँ लानेछ। तपाईंको मनमा स्पष्ट लक्ष्य हुनुपर्छ। यी स्त्रीहरूले उनीहरूको परिवारका पुरुषहरू सरह नै आफूहरूले पनि आशिष पाउने अधिकार छ भन्ने विश्वास गरे, अनि त्योभन्दा कम कुरा स्वीकार गरेनन्।
परिणामतः परमेश्वरले उनीहरूलाई त्यो आशिष दिनुभयो। अनि उहाँले तपाईंको लागि पनि त्यसै गर्नुहुनेछ। ‘भलाई गर्नमा हामी नथाकौ, किनभने यदि हिम्मत हारेनौं भने ठिक समयमा हामी कटनी गर्नेछौं’ (गलाती ६:९)।
३) मानिसहरूका विचारहरू, नीतिहरू, र परम्पराहरूद्वारा निराश नहुनुहोस्। मोशाको व्यवस्थामुनि, स्त्रीहरूलाई समुदायको सदस्यका रूपमा समेत् लिइँदैनथ्यो (हेर्नुहोस् गन्ती २६)। आज पनि हामी त्यही नीतिअनुसार चल्थ्यौँ भने मण्डलीको स्वरूप कस्तो हुन्थ्योहोला कल्पना गर्नसक्नुहुन्छ ? धर्मशास्त्रमा परमेश्वरले कैयौं पटक साहसी विश्वासको प्रतिउत्तर स्वरूप ‘नियम’ बदल्नुभएको छ, र ती व्यक्तिहरूको गन्तव्य परिवर्तन गरिदिनुभएको छ। अनि उहाँले तिनीहरूका लागि जे गर्नुभयो, तपाईंका लागि पनि उहाँले त्यो गर्नुहुनेछ।
आत्मिक भोजनः नहेम्याह ५–७, मर्कूस १३:१२–२३, भजन ७८:४०–५५,हितोपदेश २४:१–४
Discussion about this post