शुक्रवार, सेप्टेम्बर ९, भदौ २४
‘परमप्रभुको भयमा … बलियो भरोसा हुन्छ।’ —हितोपदेश १४:२६
जब तपाईं परमेश्वरको अधीनमा बस्नुहुन्छ, तपाईंले कुनै पनि कुराबाट डराउनुपर्दैन किनकि उहाँ नै तपाईंको ‘शरणस्थान र शक्ति’ (भजन ४६:१) बन्नुहुन्छ । परमेश्वरको भय मान्नु भनेको उहाँले तपाईंलाई चोट पु¥याउनुहुनेछ भनेर डराउनु होइन। उहाँ भला परमेश्वर हुनुहुन्छ ! ‘परमप्रभुको भय’ मान्नुको अर्थ हुन्छ उहाँको निर्देशन पालन गर्नु र सबै कुरामा उहाँको अख्तियारलाई मान्यता दिनु। अचेल अख्तियारलाई खासै आदर गरिँदैन भन्ने कुरा सायद तपाईंले याद गर्नुभएको छ। हामीले यस्तो मान्यता विकास गरेका छौं जसले भन्छ, ‘के गर्नुपर्ने हो कसैले मलाई सिकाउनु पर्दैन !’ तर बाइबलले भन्दछ, ‘परमप्रभुको आदरणीय र आराधनायुक्त भयमा बलियो भरोसा हुन्छ।’ यसले किन यसो भनेकोहोला ? किनकि आदरणीय र आराधनामय भयको अर्थ आदर गर्नु र आज्ञाकारी बन्नु भन्ने हुन्छ। यसको अर्थ परमेश्वरले जे भन्नुहुन्छ तपाईंले त्यही गर्नुहुनेछ, अनि उहाँमा तपाईंको भरोसा र विश्वास बढ्दैजानेछ। अनि तपाईंले महत्वपूर्ण अरू केही कुरा पनि देख्नुहुनेछः तपाईंले जति बढी परमेश्वरको आदरपूर्वक डर र भय मान्नुहुन्छ, तपाईं अरूप्रति व्यवहार गर्दा त्यति नै बढी होसियार र नम्र बन्नुहुनेछ। कारण तपाईं आफ्ना कार्यका निम्ति परमेश्वरप्रति जवाफदेही हुनुहुन्छ भन्ने कुरा तपाईंले थाहा पाउनुहुन्छ अनि अरू मानिसहरू पनि परमेश्वरका निम्ति तपाईं जत्तिकै मूल्यवान् छन् भन्ने कुरा बुझ्नुहुन्छ। सोलोमनले लेखेकाछन्, ‘कुराको निष्कर्ष यही होः परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर … मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो’ (उपदेशक १२:१३)। मोशाले इस्राएलीहरूलाई यसो भने, ‘हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुरा यिनै हुन्ः तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको डर मान, उहाँका सबै मार्गमा हिँड़, उहाँलाई प्रेम गर, र आफ्नो सारा हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर’ (व्यवस्था १०:१२)। यो काम जटिल छैन !
आत्मिक भोजनः कलस्सी ३–४ र फिलेमोन, मर्कूस १२:२८–४४, भजन ७८:१७–३१, हितोपदेश २३:२६–२८
Discussion about this post