बुधवार, अगस्ट ३१, भदौ १५
‘एउटा अर्काप्रति तिमीहरू हरेकको प्रेम बढिरहेछ ।’ —२ थेसलोनिकी १:३
पावलले ‘‘एउटा अर्काप्रति तिमीहरू हरेकको प्रेम बढिरहेछ,’ भनिरहँदा, उनले जीवन सिद्ध भएको र सबैले तपाईंलाई सजिलै ग्रहण गरेको अवस्थाको वर्णन गरिहेका थिएनन् । परमेश्वरको इच्छा तपाईंलाई त्यस्तो प्रकारको प्रेममा ‘वृद्धि गर्नु’ हो जुन तपाईंको भावनाद्वारा परिभाषित प्रेम होइन तर यस्तो बलिदानी प्रेम हो जसले भन्छ, ‘म ख्रीष्टसँगै क्रुसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ’ (गलाती २:२०)। तपाईंले आफ्नो पति वा पत्नीलाई वास्तवमै प्रेम नगरी, एक सिद्ध वैवाहिक जीवनको अवधारणालाई प्रेम गर्नु सम्भव छ। वा आफ्ना सन्तानले तपाईंको सल्लाह माने भने, उनीहरू के बन्लान् भन्ने सपनालाई प्रेम गर्नु सम्भव छ।
तर ‘परिवारमा नमिल्ने’जस्तो व्यहार गर्ने एक विद्रोही किशोर सन्तानलाई प्रेम गर्नुपर्दा, वृद्धि हुने प्रकृयाले तपाईंको प्रेमलाई जाँच्छ। येशूले भन्नुभयो, ‘मैले तिमीहरूलाई प्रेम गरेजस्तै…तिमीहरूले पनि एक–अर्कालाई प्रेम गर्नुपर्छ’ (यूहन्ना १३:३४), अनि त्यो काम गर्नसक्ने क्षमता नदिई उहाँले हामीलाई कहिल्यै पनि कुनै काम गर्न भन्नुहुन्न।
यसकारण, के तपाईं अलिकति वृद्धि हुन तयार हुनुहुन्छ?
क्रिस्टिन आर्मस्ट्रङ भन्छिन्ः ‘हामीलाई चोटपर्दा, पछि हट्नु सामान्य हो। तर कुनै आमाबुबाले गर्न सक्ने सबैभन्दा खराब काम भनेको बच्चाको व्यवहारप्रति प्रतिकृया जनाएर उसलाई प्रेम गर्न इन्कार गर्नु हो। निःशर्त प्रेमसाथ पालनपोषण गरिएमा मात्र बच्चाको हृदय परिपक्व हुँदैजान्छ। प्रेम व्यवहार, भावना, वा परिस्थितिहरूमा भर पर्दैन। प्रसन्न तुल्याउने हुनु भनेको प्रेमको योग्य हुनु बराबर होइन। हामीले सिद्ध तरिकाले व्यवहार गर्दा मात्र येशूले हामीलाई प्रेम गर्नुहुन्थ्यो भने के हुन्थ्यो कल्पना गर्नुहोस्। त्यस्तो अवस्थामा हामीले कहिल्यै उहाँको प्रेम अनुभव गर्ने थिएनौं, अनि परिणाम स्वरूप हामी ओइलाउने थियौँ। अनि येशू हाम्रो उदाहरण हुनुभएको कारण, हामीले एक–अर्कालाई ख्रीष्टकोजस्तै अनुग्रहसाथ प्रेम गर्नुपर्छ। उहाँले हामीलाई उहाँको क्षमताअनुसार प्रेम गर्नुहुन्छ, हाम्रो योग्यताअनुसार होइन। हामीले अरूलाई हाम्रो स्तरअनुसार होइन, उहाँको स्तरअनुसार प्रेम गर्नुपर्छ।’
आत्मिक भोजनः यहोशू ५:१–८:२९, मर्कूस १०:१३–२२, भजन १०३:१३–२२, हितोपदेश २३:१–३
Discussion about this post