• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, January 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मानिसहरूको न्याय गर्नुको सट्टा, उनीहरूलाई प्रेम गरौं

by Sarju Rijal
August 23, 2016
in Bible Study & Teaching

Ajako Bachan_बिहीवार, अगस्ट २५, भदौ ९
‘हामी एउटाले अर्कालाई अब उसो इन्साफ नगरौँ ।’ —रोमी १४:१३

तपाईं आफैँले वैवाहिक सम्बन्धभन्दा बाहिरको सम्बन्धमा नपरिकनै त्यस्तो सम्बन्धमा रहेको कसैसँग काम गर्न र उसको लागि प्रार्थना गरिदिन सक्नुहुन्छ। याद राख्नुहोस्, परमेश्वरको अनुग्रहबाट उद्धार पाउनुअघि तपाईं आफैँ पनि एक पापी हुनुहुन्थ्यो, यसकारण नम्रता साथ काम गर्नुहोस् र स्वधार्मिकताको पासोमा नफस्नुहोस्। अमेरिकी सुसमाचार प्रचारक मर्भ रोसेलले भनेझैँ, ‘परमेश्वरले क्षमा दिनुहुँदा, उहाँले पापलाई सदाको लागि बिर्सनुहुन्छ,’ यसकारण तपाईंलाई असहज बनाउने जीवन शैली भएको कुनै व्यक्तिको सामना गर्दा कृपा देखाउनुहोस्। तिनीहरूको बारेमा सक्दो धेरै थाहा पाउनुहोस् र तपाईंमा पहिलेदेखि रहेका अवधारणा र पूर्वाग्रहलाई तपाईंहरूबिचको अन्तरकृयाद्वारा हटाउनुहोस्। तिनीहरूलाई परमेश्वरद्वारा प्रेम गरिएका तर पीडामा रहेका व्यक्तिहरूका रूपमा हेर्नुहोस्—
तपाईंले पाउनुभएको जस्तै अनुग्रहको खाँचो रहेका मानिसहरू।
प्रेमको अयोग्य मानिसहरूलाई प्रेम गर्नहुँदा, तपाईंले परमेश्वरले तपाईंको निम्ति गर्नुभएको काम गरिरहनुभएको हुन्छ।
कोही व्यक्ति तपाईंभन्दा ‘फरक’ छ भन्दैमा तपाईंले उसलाई वेवास्ता गर्नुपर्छ वा तुच्छ ठान्नुपर्छ भन्ने जरुरी छैन। आफ्नो वर्ण, संस्कृति, वा अनुहारको कारण आफूलाई न्याय गरिएको वा तुच्छ बनाइएको तपाईं चाहनुहुन्न, यसकारण अरूलाई पनि त्यस्तो व्यवहार नगर्नुहोस् ! बाइबलले अरू मानिसहरूको पापमय व्यवहार नक्कल नगर्ने बारेमा स्पष्ट गरी बताएको कारण, हामी तिनीहरूभन्दा असल छौं भनी सोच्ने परीक्षामा पर्न सक्छौँ । तर त्यो त घमण्डको पाप हो ! कहिले कहीँ हामी सोच्छौं कि हामीले कतिपय मानिसहरूलाई प्रेम गर्‍यौँ र ग्रहण गर्‍यौँ भने, हामीले तिनीहरूको पापलाई स्वीकार गरेका हुन्छौ। होइन, सत्य के हो भने येशूले जस्तै अरूलाई इज्जत गर्ने र ग्रहण गर्ने बन्नु पर्छ। चाहे त्यो जातिगत भिन्नता होस् (सामरीहरू), वा जीवन शैलीको भिन्नता होस् (पाँच पटक विवाह विच्छेद भएकी स्त्री जो इनारमा पानी भर्न आएकी थिइन्), वा वर्गको भिन्नता होस् (निकोदेमस)— येशूले तिनीहरूलाई प्रेम गर्नुभयो र तिनीहरू जस्ता थिए त्यस्तै रूपमा ग्रहण गर्नुभयो, अनि तिनीहरूलाई अझ उच्च मापदण्डमा उक्लने प्रेरणा दिनुभयो ।
आत्मिक भोजनः२ इतिहास २९–३१, मर्कूस ९:१–१३, भजन ११९:१४५–१६०, हितोपदेश २२:१४–१६

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In