भदाै ३,काठमाडाैं । इसाई गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियाेगिता यही भदाै १८ गते देखि हुने भएको छ। जिअाेन मिडिया प्रा.लिले अाफ्नाे स्थापनाकाे दाेश्राे वर्ष प्रवेश गरेकाे अवसरमा ‘भ्वाइस फर क्राइष्ट‘ नामकाे गायन प्रतियाेगिता गर्न लागेकाे हाे । अायाेजक जिअाेन मिडियाले इसाई गायन क्षेत्रकाे प्रतिभाशाली र उत्कृष्ट संगीत प्रतिभा भित्र्याउने उद्धेश्यले उक्त प्रतियाेगिताकाे अायाेजना गर्न लागेकाे हाे ।ललितपुरमा भएकाे पत्रकार सम्मेलनमा ‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियाेगिताकाे पहिलाे अडिसन भक्तपुरमा यही भदाै १८ गते, काठमाडाैंमा असाेज १ गते र ललितपुरमा असाेज ८ गते हुने बताइएकाे छ । राजधानीकाे काठमाडाैं, भक्तपुर र ललितपुरमा अडिसन सकिए लगत्तै धरान, बुटवल, पोखरा नारायणघाट,हेटाैँडा लगायतका स्माथानमा पनि अडिसन गर्ने अायाेजककाे तयारी छ।
Discussion about this post