मंगलवार, अगस्ट ९, साउन २५
‘आफ्ना छोराछोरीलाई रिस नउठाओ ।’ —एफिसी ६:४
यदि तपाईंका किशोर अवस्थाका छोराछोरीलाई तपाईंले उनीहरूलाई दिनुभएको निर्देशन मन पर्दैन भने, फिक्री नगर्नुहोस्; उनीहरू सामान्यै छन् । अनि यस्तो स्वभाव किशोर–किशोरीहरूमा मात्र हुने होइन; यो त धेरै पहिले नै सुरु हुन्छ । एक जना मनोवैज्ञानिकले आफ्नै कुरा जिद्दी गर्ने एक जना चार वर्षीय सानी छोरीकी आमाको बारेमा बताएकाछन् । ती आमाले भनिन्, ‘म तिमीभन्दा ठूलो व्यक्ति हुँ, तिमीलाई बाटो देखाउने जिम्मा मेरो हो, र मैले त्यसै गर्ने विचार गरेकी छु ।’ ती सानी छोरी जेनीले आफ्नी आमाका शब्दहरूका बारेमा एक मिनेट विचार गरिन्, र भनिन्, ‘कहिलेसम्म त्यस्तो हुनुपर्छ ?’ चार वर्षकै उमेरमा, तिनले त्यो दिनको चाहना गरेकी थिइन् जब कसैले पनि तिनलाई अह«ाउन नसकोस् । त्यो परमेश्वरले दिनुभएको स्वभाव हो । परमेश्वरले आदम र हव्वालाई भन्नुभएका पहिला कुराहरू मध्येको एक थियो, ‘पृथ्वीमाथि अधिकार गर ।’ यसकारण, अभिभावकका रूपमा तपाईंको कर्तव्य भनेको सुरुका दिनहरूमा लगाम हातमा लिनु अनि परिपक्वता देखिँदै गएपछि स्वतन्त्रता दिँदै जानु हो । अभिभावकको भूमिका निर्वाह गर्दाका अत्यन्तै संवेदनशील जिम्मेवारीहरूमध्ये यो एक हो । धेरै छिटो दिइएको अधिकारले मूर्खता जन्माउँछ, तर धेरै ढिलो दिइएको अधिकारले विद्रोह ल्याउँछ । बालबालिकाहरूलाई अधिकार कहिले दिने, अनि कतिसम्म दिने भन्ने कुरा थाहा पाउन बुद्धिको खाँचो पर्छ, अनि त्यस्तो बुद्धि दिनुहुने परमेश्वर हुनुहुन्छ (हेर्नुहोस् याकूब १:५) । तपाईंले प्रार्थना गर्नुभयो, अवलोकन गर्नुभयो र ध्यान दिएर सुन्नुभयो भने, तपाईंले आफ्नो सन्तानको जीवनका महत्वपूर्ण कोशेढुङ्गाहरू देख्नुुहुनेछ । पावल लेख्छन्, ‘आफ्ना छोराछोरीलाई रिस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ ।’ अनि एक अभिभावका रूपमा, यो तपाईंले पाउनुहुने सबैभन्दा उत्तम सल्लाहमध्ये एक हो ।
आत्मिक भोजनः १ इतिहास १०:१–१२:२२,मर्कूस ५: १–१०, भजन ११९:३३–४०, हितोपदेश २०:२८:३०
Discussion about this post