शुक्रवार, अगस्ट ५, साउन २१
‘जब पत्रुस एन्टिओखियामा आए, मैले उनलाई खुल्लमखुल्ला विरोध गरेँ ।’ —गलाती २:११
पत्रुसले गैरयहूदीहरूप्रति भेदभाव देखाएर यहूदीहरूप्रति ढल्कँदा, यसको बारेमा पावलले तिनको सामना गरे ! किन होला ? मण्डलीमा एकता कायम राख्न । कहिले कहीँ तपाईंसँग कसैको सामना गर्नुभन्दा अर्को कुनै विकल्प रहँदैन । तर प्रश्न हो, सामना गर्ने चाहिँ ‘कसरी ?’ हामी कोही पनि यो काम गर्न सक्ने जन्मसिद्ध क्षमता लिएर जन्मेका हुँदैनाँै; अभ्यास र धैर्यद्वारा मात्र यो सीप सिक्न सकिन्छ । अनि हामी यसमा असल बन्न नसक्नुको कारण के हो भने, हामीले यसलाई कुनै महामारी लाईझैँ पन्छाउँछौँ । परिणाम स्वरूप, हाम्रा सम्बन्धहरूमा असर पर्छ अनि हाम्रा समस्याहरू समाधान हुँदैनन् । सामनाको लागि तयारी गर्ने पहिलो कदम भनेको त्यो विषयलाई छलफलमा ल्याउनुको सही उद्देश्य निर्धारण गर्नु हो । सम्बन्धलाई अझ असल बनाउने कुरामा यो केन्द्रित हुनुपर्छ । यसको लागि कि त अरू कसैलाई उसले गर्दैआएको कुनै कुरा गर्नबाट रोक्नु पर्छ, वा कुनै काम सुरु गर्न लगाउनु पर्छ । तपाईंले कहिल्यै पनि कसैलाई गालीगलौज गर्ने, आफ्नो मनमा गुम्सिएर रहेका कुराहरू निकाल्ने, वा अरू कसैमा दोषी भावना जगाउने लक्ष्य लिनु हुँदैन । यसकारण, तपाईंले पहिला आफ्नै सामना गर्नुपर्छ । तपाईंले त्यो विषयको सामना किन गर्ने निर्णय गर्नुभएको हो भन्ने बारेमा इमान्दार हुनुहोस् । के तपाईंको कुनै निहित स्वार्थ, जस्तै घृणा वा आघात परेको अभिमान आदि छ वा, तपाईं व्यवहारमा साँचो परिवर्तन देख्न चाहनुहुन्छ ? तपाईंले आफैँलाई यो प्रश्न गर्नु पर्छ, ‘यो सामना अन्त्य भएपछि, मलाई चोट पु¥याउने व्यक्तिमा कस्तो व्यवहार परिवर्तन भएको म देख्न चाहन्छु ?’ याद राख्नुहोस्, प्रभावकारी सामनामा तपाईंले असल परिणाम अनि दुवै पक्ष विजयी भएको देख्न चाहनुहुन्छ । ‘किल्लाबन्दी गरिएको शहरलाई वशमा ल्याउनुभन्दा चित्त दुखाएको भाइलाई मनाउनु झन् गाह«ो हो’ (हितोपदेश १८:१९) । यदि कुनै व्यक्तिले तपाईंले उसको बारेमा साँच्चै वास्ता गर्नुहुन्छ अनि त्यस परिस्थितिमा परमेश्वरको महिमा गर्न चाहनुहुन्छ भन्ने कुरा थाहा पाउँछ भने, तपाईंले आफूले खोज्नुभएको प्रतिउत्तर पाउने सम्भावना बढी हुन्छ ।
आत्मिक भोजनः १ इतिहास ४:२४–५:२६, मर्कूस ४:१–१२, भजन ११९:९–१६, हितोपदेश २०: १९–२१
Discussion about this post