सोमवार, अगस्ट १, साउन १७
‘अरूप्रति उदार–चित्त र कृपालु होऊ ।’ —मत्ती ५:४८
येशूले भन्नुभयो, ‘देओ, र तिमीहरूलाई पनि दिइनेछ । मानिसहरूले प्रशस्त परिमाणमा खाँदी–खाँदी बेसरी हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्’ (लूका ६:३८) । ध्यान दिनुहोस्, उहाँले यसो भन्नुभएन, ‘तिमीहरूलाई पनि फिर्ता दिन सक्नेहरूलाई मात्र देओ ।’ तिर्थयात्रीको प्रगति नामको एक अति प्रसिद्ध पुस्तकका लेखक जोन बन्यानले यसो भनेका छन्, ‘तपाईंलाई कहिल्यै तिर्न वा फिर्ता दिन नसक्ने कुनै व्यक्तिका लागि तपाईंले केही नगरिदिनुभएसम्म, तपाईंले आजको दिन जिउनु भएको छैन ।’ येशूको समयमा, रोमी सिपाहीसँग कुनै यहूदी नागरिकलाई आफ्नो गह्रौ झोला एक माइलसम्म बोक्न लगाउने कानुनी अधिकार हुन्थ्यो । त्यो उसको अधिकार थियो, र त्यसो गर्न इन्कार गर्दा तपाईंलाई कानुनी कारबाही हुनसक्थ्यो । यसकारण, पहिलो एक माइलसम्म उसको झोला बोकेर गइदिनु भनेको त आवश्यक काम मात्र गरेको जस्तो हुन्थ्यो । यस्तो सन्दर्भमा येशूले आएर भन्नुभयो, ‘यदि कसैले तिमीलाई एक माइल जान बाध्य गर्छ भने, ऊसँग दुर्ई माइल गइदेऊ’ (मत्ती ५:४१) । किन त ? किनभने ‘तोकिएकोभन्दा बढी सेवा’ ले तपाईंलाईं अरू मानिसहरूको जीवनमा प्रभाव पार्ने अवसर दिन्छ । यसरी तोकिएकोभन्दा बढी सेवा दिने प्रवृत्ति भएको व्यक्ति यस्तो व्यक्ति हो जसले अरूले जतिसम्म वास्ता गर्नु बुद्धिमानी हो भन्ने सोच्छन् त्यो भन्दा बढी वास्ता गर्छ, अरूले सुरक्षित ठानेको भन्दा बढी जोखिम उठाउँछ, अरूले व्यावहारिक ठानेको भन्दा बढी सपना देख्छ, अरूले सम्भव ठानेको भन्दा बढी विश्वास गर्छ, अनि अरूले आवश्यक ठानेको भन्दा बढी दिन्छ । यसको बारेमा येशूले यस्तो निश्कर्ष दिनुहुन्छः ‘किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ र ?’ कसैले पनि त्यसो गर्नसक्छ । तिमीहरूलाई अभिवादन गर्नेहरूलाई मात्र अभिवादन गर्छौ भने, अरूहरूले गरेभन्दा बढी के ग¥यौ र ? के पापीहरूले पनि त्यसै गर्दैनन् र ? म तिमीहरूलाई भन्दछु, परिपक्व बन । तिमीहरू परमेश्वरका राज्यका नागरिक हौ …त्यसैअनुसार चल । परमेश्वरले तिमीहरूलाई दिनुभएको परिचयअनुसार बाँच … (पद ४६–४८) । यसकारण जहिल्यै पनि अपेक्षा गरिएको भन्दा बढी गर्नुहोस् ।
आत्मिक भोजनः १ यूहन्ना १:१–३:१०, मर्कुस २: १३–२२, भजन :७८:४०–५५, हितोपदेश २०: ४–६
Discussion about this post