बुधवार, जुलाई २७, साउन १२
‘प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।’ —याकूब १:१९
अप्ठ्यारा मानिसहरूसँग व्यवहार गर्नबाट जोगिने एउटै मात्र उपाय भनेको अर्काे ग्रहमा गएर बस्नु हो। मानव जातिमा सद्गुणहरू र अवगुणहरूको मिश्रण हुन्छ, अनि तपाईंले यो कुरा नबुझ्नुभएसम्म, तपाईं उनीहरूसँग सफलताका साथ काम गर्न र बस्न सक्षम हुनसक्नुहुने छैन। कुनै मठमा गएर मौनता धारण गर्ने भाकल राख्ने एक भिक्षुको बारेमा यस्तो कथा छ। वर्षको एकपटक उनलाई मठका प्रमुख धर्माधिकारीको सामु उपस्थित हुन निम्त्याइन्थ्यो, र एउटा कुरा भन्नको लागि अनुमति दिइन्थ्यो। पहिलो वर्ष बितेपछि उनलाई के भन्न मन छ सो भन्नलाई सोधिँदा, उनले जवाफ दिए, ‘ओछ्यान एकदमै कडा छ !’ दोस्रो वर्षको अन्त्यपछि उनलाई पुनः प्रश्न गर्दा उनले जवाफ दिए, ‘कोठा एकदमै चिसो छ।’ र तेस्रो वर्षको अन्त्यमा उनलाई फेरि त्यही प्रश्न गरियो। उनले जवाफ दिए, ‘खाना एकदमै खत्तम छ। म यो ठाउँ छोडेर जान्छु।’ त्यही समयमा नै धर्माधिकारीले राहतका साथ मुस्कुराउँदै भने, ‘धन्य, किनकि तिमी यहाँ आएदेखि नै तिमीले गुनासो बाहेक अरू केही गरेका छैनौ।’ यसबारे विचार गर्नुहोस् तः तपाईं कुनै मठमा नै जानुभए तापनि तपाईंले अप्ठ्यारा व्यक्तिहरूसँग व्यवहार गर्नैपर्ने हुन्छ। त्यसोभए तपाईं के गर्न सक्नुहुन्छ त ? किसानबाट सिक्नुहोस्। उसले रोप्छ, झारपात उखेल्छ र खेतीपाती गर्छ, यो जानेर कि यदि उसले ती कामहरू धैर्यसाथ गर्दैगएमा फसल अवश्य लाग्नेछ। त्यसैले याकूब लेख्छन्, ‘मेरा प्रिय भाइहरू, यो कुरा जानः प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ, किनकि मानिसको रिसले धार्मिकता ल्याउँदैन’ (पद १९–२०)। त्यहाँ कुनै छोटा बाटाहरू छैनन्। राम्रो सम्बन्ध बनाउने एउटै उपाय भनेको, त्यसैमा परिश्रम गर्नु र धैर्य धारण गर्नु हो। तपाईंले यसो गर्नुभयो भने, परमेश्वरले त्यो सम्बन्धमा आशिष् दिनुहुनेछ।
आत्मिक भोजनः एज्रा १–२, मर्कुस १: ९–२०, भजन ७८: १–८, हितोपदेश १९: २१–२३
Discussion about this post