• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मातृ-शिशु घर निर्माणको लागि आर्थिक संकलन उद्घोषण कार्यक्रम

by NC Reporter
July 1, 2016
in News & Events

vofn

ललितपुर, असार १६, भ्रुणको आवाज नेपालको आर्थिक संकलन उद्घोषण कार्यक्रम परिवर्तित जीवन संगति बागडोल ललितपुरमा सम्पन्‍न भएको छ। भ्रूणको आवाज नेपालले मातृ-शिशु घर निर्माण परियोजनाको लागि आवश्यक रकम संकलन गर्नलाई आर्थिक संकलन कार्यक्रम राखेको हो। मातृ-शिशु घर निर्माण परियोजनालाई सफल बनाउन वा सजिलैसंग सहयोग गर्न इच्छा भएकाहरूसमक्ष सन्देश पुर्‍याउन मेडियाको प्रमुख भूमिका हुनेभएकोले ख्रीष्‍टियन मेडियाहरूको विचमा कार्यक्रम उदघोषण गरिएको कुरा भ्रूणको आवाज नेपालका निर्देशक सोमन राईले उपस्थितहरूलाई जानकारी गराउनु भएको हो। कार्यक्रममा मेडियाकर्मी, भ्रूणको आवाज नेपालका साधारण सदस्यहरू र पास्टर अगुवाको उपस्थित रहेको थियो। कार्यक्रमको सुरूको प्रार्थना पास्टर बिकास श्रेष्‍ठले गर्नुभएको थियो। भ्रूणको आवाज नेपालले गरेको कार्यहरूको बारेमा सोमन राईले उपस्थितहरूलाई बताउनुभएको थियो। धेरैजसो अविवाहित युवतीहरूलाई विभिन्न कारणले गर्दा गर्भवती भएपछि सामाजिकरूपमा मानसिक समस्या हुन्छ। यस्तो अवस्थामा भएकाहरूलाई सम्पर्कको आधारमा भ्रूणको आवाज नेपालले परामर्श दिनेकामको साथै पौष्टिक खाना र बस्‍नको लागि व्यवस्था गर्दै आएको घटनाहरू पनि निर्देशक राईले बताउनुभएको थियो। अवैधानिक रूपमा वा समस्यामा परि गर्भवती भएका स्त्रीहरूलाई कतिपय अवस्थामा चर्चमा, सम्बन्धित संस्थाहरूमा र आफैसंग राख्दै आएको तर आफ्नै कार्यलयको भवन नहुँदा विभिन्न खालका समस्या हुने भएको हुँदा भवन निर्माणको खाँचो भएको छ। परमेश्वरको अनुग्रहमा जमिन पाइएको छ। अब भवन बनाउनलाई लगभग ९५ लाख रकमको खाँचो भएको हुँदा आर्थिक संकलन कार्यक्रम राखेको कुरा सोमन राईले जानकारी गराउनुभएको छ।
सोही अवसरमा मेडियाको तर्फबाट बोल्नेक्रममा सर्जु रिजालले भ्रूणको आवाज नेपालले गरेको कामको प्रशंसा गर्दै सरकारले गर्भपतनलाई मान्यता दिएतापनि गर्भवती भएकालाई सामाजिकरुपमा समस्यामा परेकाहरूलाई स्वस्थ तरिकाले बच्चा जन्माउन र वच्चालाई नयाँ जीवन दिन भ्रूणको आवाज नेपालले ठूलो काम गरेको बताउनु भएको थियो। समाजमा जतिसुकै शिक्षित भएपनि विभिन्न समस्या र परिस्थतिले गर्भपतन गर्न धेरै अग्रसर भएको अवस्थामा समाजिकरुपमा गर्भपतन सम्बन्धिको जानकारी गराउन चर्चहरूमार्फत, समूदायमा सचेत गराएर जीवनको महत्व बुझाउनु आवश्यक भएको कुरा समेत कार्यक्रममा सर्जु रिजालले बताउनु भएको थियो। परमेश्वरले मानिसलाई अदभूत तरिकाले रच्‍नुभएकोले गर्भमा भएको बच्चालाई फाल्न नहुने बताउँदै मातृ शिशु घर निर्माण परियोजनाको लागि आफूले सक्दो सहयोग गर्न सक्नेलाई यो अवसर भएको पनि वताउनु भएको थियो। यसले धेरैलाई सुरक्षित राख्‍नुका साथै नयाँ जिवन दिने समेत बताउनु भएको थियो।
सोही समयमा यूवा दर्शन पत्रिकाका सम्पादक दिनेश श्रेष्ठले पनि भ्रूणको आवाज नेपालको काम राम्रो भएको बताउँदै आफ्नो समर्थन रहेको बताउदै शुभकामना सन्देश दिनुभएको थियो। कार्यक्रमको अन्त्यमा भ्रूणको आवाज नेपालका सचिव पास्टर हेमलाल गौतमको प्रार्थानाद्वारा कार्यक्रम टुङ्गिएको थियो।

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In