ललितपुर, असार १६, भ्रुणको आवाज नेपालको आर्थिक संकलन उद्घोषण कार्यक्रम परिवर्तित जीवन संगति बागडोल ललितपुरमा सम्पन्न भएको छ। भ्रूणको आवाज नेपालले मातृ-शिशु घर निर्माण परियोजनाको लागि आवश्यक रकम संकलन गर्नलाई आर्थिक संकलन कार्यक्रम राखेको हो। मातृ-शिशु घर निर्माण परियोजनालाई सफल बनाउन वा सजिलैसंग सहयोग गर्न इच्छा भएकाहरूसमक्ष सन्देश पुर्याउन मेडियाको प्रमुख भूमिका हुनेभएकोले ख्रीष्टियन मेडियाहरूको विचमा कार्यक्रम उदघोषण गरिएको कुरा भ्रूणको आवाज नेपालका निर्देशक सोमन राईले उपस्थितहरूलाई जानकारी गराउनु भएको हो। कार्यक्रममा मेडियाकर्मी, भ्रूणको आवाज नेपालका साधारण सदस्यहरू र पास्टर अगुवाको उपस्थित रहेको थियो। कार्यक्रमको सुरूको प्रार्थना पास्टर बिकास श्रेष्ठले गर्नुभएको थियो। भ्रूणको आवाज नेपालले गरेको कार्यहरूको बारेमा सोमन राईले उपस्थितहरूलाई बताउनुभएको थियो। धेरैजसो अविवाहित युवतीहरूलाई विभिन्न कारणले गर्दा गर्भवती भएपछि सामाजिकरूपमा मानसिक समस्या हुन्छ। यस्तो अवस्थामा भएकाहरूलाई सम्पर्कको आधारमा भ्रूणको आवाज नेपालले परामर्श दिनेकामको साथै पौष्टिक खाना र बस्नको लागि व्यवस्था गर्दै आएको घटनाहरू पनि निर्देशक राईले बताउनुभएको थियो। अवैधानिक रूपमा वा समस्यामा परि गर्भवती भएका स्त्रीहरूलाई कतिपय अवस्थामा चर्चमा, सम्बन्धित संस्थाहरूमा र आफैसंग राख्दै आएको तर आफ्नै कार्यलयको भवन नहुँदा विभिन्न खालका समस्या हुने भएको हुँदा भवन निर्माणको खाँचो भएको छ। परमेश्वरको अनुग्रहमा जमिन पाइएको छ। अब भवन बनाउनलाई लगभग ९५ लाख रकमको खाँचो भएको हुँदा आर्थिक संकलन कार्यक्रम राखेको कुरा सोमन राईले जानकारी गराउनुभएको छ।
सोही अवसरमा मेडियाको तर्फबाट बोल्नेक्रममा सर्जु रिजालले भ्रूणको आवाज नेपालले गरेको कामको प्रशंसा गर्दै सरकारले गर्भपतनलाई मान्यता दिएतापनि गर्भवती भएकालाई सामाजिकरुपमा समस्यामा परेकाहरूलाई स्वस्थ तरिकाले बच्चा जन्माउन र वच्चालाई नयाँ जीवन दिन भ्रूणको आवाज नेपालले ठूलो काम गरेको बताउनु भएको थियो। समाजमा जतिसुकै शिक्षित भएपनि विभिन्न समस्या र परिस्थतिले गर्भपतन गर्न धेरै अग्रसर भएको अवस्थामा समाजिकरुपमा गर्भपतन सम्बन्धिको जानकारी गराउन चर्चहरूमार्फत, समूदायमा सचेत गराएर जीवनको महत्व बुझाउनु आवश्यक भएको कुरा समेत कार्यक्रममा सर्जु रिजालले बताउनु भएको थियो। परमेश्वरले मानिसलाई अदभूत तरिकाले रच्नुभएकोले गर्भमा भएको बच्चालाई फाल्न नहुने बताउँदै मातृ शिशु घर निर्माण परियोजनाको लागि आफूले सक्दो सहयोग गर्न सक्नेलाई यो अवसर भएको पनि वताउनु भएको थियो। यसले धेरैलाई सुरक्षित राख्नुका साथै नयाँ जिवन दिने समेत बताउनु भएको थियो।
सोही समयमा यूवा दर्शन पत्रिकाका सम्पादक दिनेश श्रेष्ठले पनि भ्रूणको आवाज नेपालको काम राम्रो भएको बताउँदै आफ्नो समर्थन रहेको बताउदै शुभकामना सन्देश दिनुभएको थियो। कार्यक्रमको अन्त्यमा भ्रूणको आवाज नेपालका सचिव पास्टर हेमलाल गौतमको प्रार्थानाद्वारा कार्यक्रम टुङ्गिएको थियो।
Discussion about this post