शुक्रवार, जुलाई १, असार १७
‘मूर्खले आफ्नो रिस पूरै पोखिन दिन्छ, तर बुद्धिमान् मानिसले आफूलाई अधीनमा राख्छ ।’ —हितोपदेश २९:११
इमानदार र असल स्वस्थ संचार सम्बन्धका आधारशिला हुन् । विशेष्गरी वैवाहिक सम्बन्धमा यो कुरा लागु हुन्छ । तर कुनै पनि असल विचारको दुरूपयोग हुन सक्छ । उदाहरणको लागि, तिनले कसरी खाना पकाउँछिन् भन्ने बारेमा उनले वास्ता गर्दैन भनी कुनै पुरुषले आफ्नी पत्नीलाई इमानदारितासाथ भन्न सक्छन् । त्यसैगरी पत्नीले पनि आफ्नो पतिका कमजोरीहरूमाथि इमानदारितासाथ आफ्नो रिस व्यक्त गर्न सक्छिन् । तर अर्को व्यक्तिको हित नचिताइकन बोलिने इमानदारिताको कुरा क्रुर र स्वार्थी हुन्छ । यो कुरा अर्को व्यक्तिले यस बारेमा केही गर्न नसक्ने अवस्थामा विशेष्गरी लागु हुन्छ । आफ्ना सबै सोच र विचार आदानप्रदान गर्ने धुनमा कतिपय दम्पत्तिहरूले आफूलाई एकसाथ ल्याउने रोमाञ्चको मिठास नष्ट गर्नपुग्छन् । अब त्यहाँ आकर्षणको कुनै भाव रहँदैन । सुरुमा आफूलाई एक–अर्काप्रति आकर्षित गर्ने रोमाञ्चक आकर्षणलाई तिनीहरूले पूर्ण रूपमा खुलस्त बनाउन पुग्छन् । तपाईंले विवाह गर्न चुन्नु भएको व्यक्ति तपाईंको पति वा पत्नी नै हो । यसकारण यदि तपाईंले सुरुमै स्पष्ट गरी गृहकार्य गर्नुभएन भने, पछि गएर त्यसको नतिजाको बारेमा गुनासो नगर्नुहोस् । पत्रुस लेख्छन्, ‘एक–अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस् । किनकि प्रेमले नै असंख्य पापहरू ढाक्तछ’ (१ पत्रुस ४:८) । पावल लेख्छन्ः ‘प्रेम सहनशील हुन्छ र दयालु हुन्छ । प्रेमले डाह गर्दैन, न शेखी गर्छ । प्रेम हठी हुँदैन, न ढीट हुन्छ । प्रेमले आफ्नै कुरमा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन । प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठिक कुरामा रमाउँछ । प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ’ (१ कोरिन्थी १३:४–७) । तपाईंले यी गुणहरू व्यवहारमा ल्याउनुभयो भने, तपाईंको वैवाहिक जीवन सुखी हुने निश्चित छ ।
आत्मिक भोजनः १ शमूएल १४–१५, मत्ती २४: १–१४, भजन १०२: १–११, हितोपदेश १७: ४–६
Discussion about this post