सोमवार, जुन २७, असार १३
‘उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो।’ —यूहन्ना १३:१
मानिसहरूले फेसबुक जस्ता समाजिक संजालहरूमा हरेक दिन घण्टौं बिताउँदछन्। धेरैजसो अवस्थामा तिनीहरू एकलो भएको कारण त्यसो गर्दछन्। यसप्रकारले अरूहरूसँग अन्तरक्रिया गर्नु आफैमा कुनै खराब कुरा होइन। वास्तवमा भन्ने हो भने, यस्ता सामाजिक संजालहरूले मण्डलीलाई संसारमा सुसमाचार लैजान कहिल्यै उपलब्ध नभएका मध्येको एक उत्तम साधन उपलब्ध गराएको छ। तर वास्तविक सम्बन्धहरूलाई बेवास्ता गर्न सजिलो हुँदै गइरहेकोछ, विचार गरौं हामी अरूहरूसँग किन सम्बन्ध गाँसिरहेका छौं त ? एकजना लेखकले यस्तो लेखेका छन्ः ‘हामीले आफ्ना आनन्द र समस्याहरू बाँडचुँड गर्न सक्ने मित्रहरू हामीसँग हुँदा जीवन धेरै सुखी हुन्छ…दुर्भाग्यवश धेरैको निम्ति एकलोपन एउटा मुख्य समस्या र पीडाको स्रोतको रूपमा रहेको छ। तर हामीमध्ये कसैले हार मानेर एकलोपनलाई स्वीकार गर्नुपर्दैन; यसबाट सधैँभरि बच्न नसकिए तापनि, यसको उपचारचाहिँ सम्भव छ।’ सामाजिक संजालहरूमा अपडेट्हरू वा सुचनाहरू लेखेर, वा सबैभन्दा विचारोत्तेजक भनाइहरूलाई ट्वीट गरेर वा रिट्वीट गरेर वास्तविक सम्बन्धहरू स्थापना गर्न सकिँदैन। यसको लागि धेरै समय चाहिन्छ। जब हामी प्रत्यक्ष भेटघाट गरेरमात्र पूरा गर्न सकिने कसैको खाँचो पूरा गर्छौं, तबमात्र सबैभन्दा ठूलो सामाजिक सम्बन्ध स्थापित हुन्छ। येशूले त्यही काम गर्नुभयो। आफ्नो सार्वजनिक सेवकाइको अधिकांश समयमा उहाँले आफैलाई ती बाह« जना चेलामा खन्याउनुभयो, जसले फेरि उहाँको नाममा गएर अरू मानिसहरूको जीवनमा आफैलाई खन्याए। बाइबलले बताउँछ, ‘संसारमा भएका आफ्ना जतिलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो।’ आज धेरै मानिसहरूले भित्रैबाट कस्तो अनुभव गर्छन्, त्यो कुरा भजनका लेखकले यसरी व्यक्त गरेका छन्ः ‘मेरो फिक्री गर्ने कोही पनि छैन…कसैले मेरो वास्ता गर्दैन’ (भजन १४२:४)। यदि तपाईं मानिसहरूका आवश्यकताहरू पूरा गर्न चाहनुहुन्छ भने, तपाईंले तिनीहरूसँग ‘घनिष्ठ र व्यक्तिगत’ सम्बन्ध स्थापित गर्नुपर्छ। येशूले त्यसो गर्नुभयो, अनि उहाँ तपाईंको निम्ति उदाहरण हुनुहुन्छ।
आत्मिक भोजनः १ शमुएल १–३, मत्ती २२:३४–४६, भजन ५९:९–१७, हितोपदेश १६:२३–२५
Discussion about this post