
२०७३ असार २, काठमाडौं,
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका एक प्रतिनिधि मण्डलले दोलखामा गत जेठ २७ गने पक्राउ परेका ८ जना ख्रीष्टियन नागरिकहरुलाई यथाशिघ्र रिहा गर्न अनुरोध गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री माननीय आनन्द प्रसाद पोखरेलज्यूलाई ज्ञापन–पत्र बुझाएको छ । घटनाको विषयमा जानकारी गराउँदै महासचिव सि.बि. गहतराजज्यूले ख्रीष्टियन समुदाय धार्मिक सहिष्णुतालाई सदैव सम्मान गर्दै अन्र्तधार्मिक सम्बन्धमा मजबुद बनाउँदै राष्ट्रको हितको लागि अघि बढ्ने समुदाय भएको हुनाले कहिल्यै पनि अरुको धर्म जबरजस्ती परिवर्तन नगर्ने तर नागरिकलाई आफूलाई मनपरेको धर्म मान्न पाउने, छान्न पाउने र त्यसको अभ्यास गर्न पाउनुपर्ने स्पष्ट व्यवस्था संविधानमा नै भएको हुनाले थुनामा रहेका आफ्ना निर्दोष दाजुभाइ तथा दिदीबहिनीहरुलाई यथाशिघ्र विनाशर्त रिहा गर्नको लागि अनुरोध गर्नुभएको थियो । सोही सन्दर्भमा माननीय मन्त्रीज्यूले सकारात्मक दृष्टिकोणबाट कहि कतैबाट ख्रीष्टियन समुदायलाई अन्याय हुन नदिने बचनवद्धता प्रकट गर्नुभएको थियो । ज्ञापन–पत्रलाई महासंघकी का.बा. अध्यक्ष रिता थापामगरज्यूले हस्तान्तरण गर्नुभएको थियो भने उक्त कार्यक्रममा का.बा. अध्यक्ष रिता थापामगर, सह–अध्यक्ष डा. फिलेमोन क्षेत्री, उपाध्यक्ष पा. तेजमान तामाङ, महासचिव सि.बि गहतराज, सल्लाहकार रेभ. जगत प्रधान, रेभ. त्रिरत्न आदम तुलाधर, विशेष कार्य समिति सदस्य पा. जित बहादुर भित्राकोटी, पा. ज्ञान बहादुर सुनुवार, के.स. शोभा स्थापित, सचिव भविन्द्र राई, के.स. भुपेन्द्र कुमार राई, के.स. शान्ता पौडेल, सह–कोषाध्यक्ष अन्ना पेडन, के.स. पा. मिन बहादुर तामाङ, के.स. पा. भरत गिरी, काठमाडौं जिल्ला अध्यक्ष पा. कुमार गुरुङ र सदस्य गम्भीर बहादुर सुनुवार उपस्थित हुनुहुन्थ्यो । साथै महासंघको एक टोली असार ३ गते स्थानिय स्तरबाट नै पहलकदमीमा लागि घटनास्थल दोलखा पुगिसकेको छ ।
Discussion about this post