बिहीवार, जुन १६, असार २
‘प्रेम सहनशील र दयालु हुन्छ…यसले आफ्नै कुरामा जिद्दी गर्दैन ।’ —१ कोरिन्थी १३:४–५
तपाईंका सम्बन्धमा भएका समस्याहरू समाधान गर्न तपाईंलाई सहायता गर्न यहाँ केही सुझावहरू छन्ः
१) रुपैयाँपैसाको सम्बन्धमा । वैवाहिक जीवनमा तपाईंले आफ्नो रुपैयाँपैसालाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने कुरा तपाईंले विकास गर्नुभएका सीपहरू र तपाईंले पालन गर्नुभएका आत्मसंयमको स्तरमा भर पर्छ । तपाईंहरूमध्ये एक जना बचत गर्ने स्वभावको हुनसक्नुहुन्छ भने अर्को चाहिँ खर्चालु स्वभावको । त्यसकारण तपाईंहरू दुवै जनालाई प्रभाव पार्ने निर्णयहरू लिँदा तपाईंहरू सँगसँगै रहेर, अनि तपाईंहरुको परिस्थितिको सीमाभित्र रहेर काम गर्नुहोस् । तपाईंहरूको ऋण कति छ, आम्दानी कति छ, अनि तपाईंहरूले कति रकम बचत गर्नु पर्छ भन्नेबारेमा विचार गर्नुहोस् । आर्थिक रूपमा आत्मनिर्भर बन्ने उपाय पत्ता लगाउनुहोस् । बाइबलले बताउँछ, ‘धनीले गरिबमाथि प्रभुत्व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ’ (हितोपदेश २२:७) ।
२) समयको बारेमा । यदि तपाईंहरू दुवै जनाले सँगसँगै समय बिताइरहनुभएको छैन भने, तपाईंरूमध्ये एक जनाले अर्कोको साथको चाहना गरिरहेको हुन्छ । आदर्श रूपमा त, तपाईंहरू दुवै जनाले एक–अर्काको साथमा अझै बढी समय बिताउन चाहनुहुन्छ । तर यदि तपाईंको पति वा पत्नीबाट तपाईंसँगै समय बिताउन पाइएन भन्ने गुनासो आइरहन्छ भने, उनी अझै पनि तपाईंको साथमा रहन मन पराउँछन् भन्ने अर्थ निकाल्दै यसलाई एक प्रशंसाको रूपमा लिनुहोस् । तपाईंहरू दुवै जनाको तालिकामा निर्बाध रूपमा सँगसँगै समय बिताउनको लागि समय छुट्ट्याउनुहोस् । तपाईंको पति वा पत्नीसँग समय बिताउनुको अरू कुनै विकल्प छैन ।
३) ईर्ष्याको बारेमा । यहाँ हामीले त्यस्ता नियन्त्रणमा राख्न चाहने पति-पत्नीको बारेमा चर्चा गरेका हैनौं । तर जब कुनै सम्बन्धमा ईष्र्या उत्पन्न हुन्छ भने त्यो चाहिँ असुरक्षा भावको एउटा सङ्केत हो। यस्तो अवस्थामा तपाईंहरूले एक–अर्काप्रतिको आफ्नो समर्पणताको बारेमा खुल्ला छलफल गर्नुपर्ने हुनसक्छ। तपाईंको पति-पत्नीले चन्चले भनी व्याख्या गरेको तपाईंको आदत र शैलीमा भएका स–साना कुराहरूको बारेमा छलफल गर्नुहोस् । कुराकानी गर्नुहोस्, र ईष्र्यालाई तितोपन, अविश्वास वा घृणाको रूपमा बढेर जान नदिनुहोस् ।
आत्मिक भोजनः इजकिएल ४०: १०–४२:२०, मत्ती १०: १–१६, भजन १३९: १–६, हितोपदेशः १५:२५–२७
Discussion about this post