जेठ ३१, विद्यालयमा इसाई धर्म प्रचार गरेको आरोपमा थप १ जनालाई प्रहरीले आज सोमबार पक्राउ गरेको जानकारी नेपाल ख्रीष्टियन समाजका केन्द्रिय कोषाध्यक्ष पास्टर राजेन्द्र मल्लले बताउनुभएको छ।
गत विहिबार पक्राउ परेकाहरुले गरेको बयानका आधारमा पूर्वी दोलखाको मिर्गे गाविस वडा नं. २ का शक्ति पाख्रिनलाई प्रहरीले आज सोमबार पक्राउ गरेको हो । पाख्रिन माउण्ट भ्याली बोर्डिङ स्कुलका सञ्चालक प्रकाश प्रधानका जेठी श्रीमतीतर्फका सरोदर छोरी ज्वाईं हुन । पास्टर पाख्रीन दोलखा ख्रीष्टियन समाजका सचिव हुन। पास्टर मल्लको भनाई अनुसार पास्टर शक्ति पाख्रीन दोलखामा सेवाकाइमा सबैभन्दा सक्रिय हुन् उनले नै सबै घटनाको बारेमा नेपाल ख्रीष्टियन समाजमा जानकारी गराउने काम गरेका थिए।
अहिलेको घटनालाई हेर्दा सरकारी निकायबाट नै इसाईहरूलाई निरूत्साहित पार्न खोजिएको देखिएको छ। इतिहास मै पहिलोपटक नेपाली जनताद्वारा लेखिएको नेपालको संविधान २०७२ जारी भएपछि घटेको दोलखाको यो घटनाले नेपालको छवि राष्ट्रिय र अन्तराष्ट्रिय जगतमै विग्रिने निश्चित छ। राज्यले आफ्नै नागरिकलाई मौलिक अधिकार प्रयोग गर्न नदिइकन धर्मको नाममा विभेद गरी फौजदारी अपराध सम्बन्धिको मुद्दा हाल्नु भनेको लोकतान्त्रिक पद्धतिभन्दा बाहिर गएको अनुमान लगाउन सकिन्छ। दोलखामा ८ जनालाई धर्म प्रचारको अभियोग लगाइ थुनामा राखेको घटनाले नेपाली इसाईहरूलाई यतिबेला पञ्चायति व्यवस्थाको झझल्को दिएको छ। राज्यले नेपालका सबै धर्मलाई संरक्षण गर्नुपर्छ। जनता मौलिक अधिकारबाट कदापि बञ्चित हुनुहुदैन।
Discussion about this post