शनिवार, जुन ११, जेठ २९
‘तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्नू ।’ —मत्ती २२:३७
एक दिन ख्रीष्टका आलोचकहरूले उहाँलाई प्रश्न गरे, ‘गुरुज्यू, व्यवस्थामा सबैभन्दा महान् आज्ञा कुन हो ?’ (पद ३६) । उहाँले दिनुभएको जवाफ अगुवाहरू र अनुयायीहरू दुवैलाई उपयुक्त छ । यसले पछाडि बसेर प्रचार सुन्ने र पुल्पिटमा उभिएर प्रचार गर्ने दुवैलाई समेट्दछ । ‘तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले…सारा प्राणले र सारा समझले प्रेम गर्नू । पहिलो र सबैभन्दा महान् आज्ञा यही हो’ (३७–३८) । एक अगुवाको रूपमा, तपाईंले कसैको मनमा को परमेश्वर हो, अनि को होइन भन्ने प्रश्न अनुत्तरित छोडिदिनु हुँदैन । अर्थात, तपाईं परमेश्वर होइन भन्ने कुरा स्पष्ट गरिदिनुपर्छ ! परमेश्वरले भन्नुभयो, ‘मबाहेक अरू कुनै देवता–देवीहरू नमान्नू’ (प्रस्थान २०:३) । अनि त्यो कुरा महत्वपूर्ण छ किनकि मानिसहरूले तपाईंको प्रशंसा गर्न सुरु गरेको समयमा तपार्इं सबैभन्दा ठूलो खतरामा हुनुहुन्छ । हो, तपाईंले मानिसहरूलाई असल अगुवालाई इज्जत, सम्मान र इनाम दिन सिकाउनु पर्छ । तर ख्रीष्टको जस्तै गुण भएको अगुवाले प्रशंसा पाउन र प्रसिद्धीको केन्द्रमा रहन चाहँदैन । बप्तिस्मा दिने यूहन्ना प्रचारकको रूपमा यति सफल थिए कि उनको प्रचार सकिँदा, उनका श्रोताहरू येशूकहाँ पुगिसकेका हुन्थे । यसको बारेमा पछि गएर येशूले सारमा यसो भन्नुभयो, ‘यूहन्ना, तिमीले आफ्नो काम असल तरिकाले गर्यो !’ स्पष्टै छ, यूहन्ना यस कुरामा सहमत भए, किनकि उनले भने, ‘उहाँ बढ्नु, र म घट्नु आवश्यक छ’ (यूहन्ना ३:३०) । यशैयाले यस्तो लेखेका छन्, ‘उज्जियाह राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखेँ’ (यशैया ६:१) । यशैयाले परमप्रभुलाई देख्नुभन्दा पहिले राजाको मृत्य हुनु पर्यो । एक अगुवा मानिसहरूबाट पाउने प्रशंसा र स्वीकृतिप्रति बेपरवाह भएपछि र उनको अहम्प्रति मरेपछि मात्र उनको नेतृत्वमा परमेश्वरको महिमा हुन्छ । वास्तवमा ख्रीष्ट उचालिनुहुँदा, परमेश्वरबाट बोलावट पाएको अगुवा मुस्कुराउँछ र यसो भन्छ, ‘प्रभु धन्यवाद— यो तपाईंले योजना गर्नुभएअनुसार नै भएको छ ।’
आत्मिक भोजनः इजकिएल २७: २५–३०:२६, मत्ती १८: १०–२०, भजन ८०: १–११, हितोपदेश १५:११–१४
Discussion about this post