बिहीवार, मे १९, जेठ ६
‘मूर्खले आफ्नो रिस पूरै पोखिन दिन्छ, तर बुद्धिमान् मानिसले आफूलाई अधिनमा राख्छ ।’ —हितोपदेश २९:११
आफ्नो रिसलाई नियन्त्रण गर्नुहोस्
हो, रिस परमेश्वरले व्यवस्था गरिदिनु भएको भावना हो, तर यो तपाईंको सेवक हुनुपर्छ, मालिक होइन । यसकारण तपाईंको रिसमा लगाम लगाउनुहोस् । कुनै पनि समय तपाईं रिस गर्ने परीक्षामा पर्नुहुँदा, रोकिनुहोस् र आफैँलाई यी दुईओटा प्रश्न गर्नुहोस्ः
१) म यसको बारेमा रिसाउनु वास्तवमै उचित छ त ? प्रायजसो, तपाईंले आंशिक सुचनाको आधारमा मात्र काम गरिरहनुभएको हुन्छ । साथै, जब तपाईं कसैको बारेमा उनीहरूका नराम्रा गुणहरूको सन्दर्भमा भन्दा उनीहरूका उत्तम गुणहरूको सन्दर्भमा विचार गर्नुहुन्छ, तब प्रायः तपाईंले भिन्नै तरिकाले प्रतिकृया जनाउनुहुन्छ ।
२) के यो मेरो रिस प्रकट गर्ने उत्तम तरिका, स्थान र समय हो त ? रिसको झोँकको क्षणमा तपाईंले आफैलाई यो प्रश्न सोध्नु कठिन हुन्छ, तथापि तपाईंका भावनाहरूलाई अनुशासित गर्न अनि तपाईंको रिसलाई तालिम दिन सकिन्छ । ‘आत्म–संयम’ पवित्र आत्माका फलहरूमध्ये एउटा हो भनी बाइबलले बताउँछ (गलाती ५:२३) । कसैले तपाईंलाई चोट पुर्याउँदा, प्रश्न के तपाईं त्यसको बारेमा केही गर्न सक्ने गरी महान् हुनुहुन्छ भन्ने होइन; प्रश्न के तपाईं यसको बारेमा केही गर्नु नपर्ने गरी महान् हुनुहुन्छ भन्ने हो । दुई जना दाज्यूभाइका बारेमा एउटा कथा यस्तो छ । तिनीहरू खतरनाक झगडामा फसे अनि तिनीहरूकी आमा त्यो झगडा मिलाउन माथितिर दगुरेर गइन् । त्यो झगडा कसरी सुरु भयो भनेर तिनले सोध्दा, दाज्यूचाहिँले जवाफ दियो, ‘उसले मलाई पछाडी तिर हिर्काएपछि झगडा सुरु भयो !’ यदि रिस नियन्त्रण गर्न तपाईंलाई समस्या हुन्छ भने, धर्मशास्त्रको यो पद लेख्नुहोस्, यसलाई आफूसँगै बोक्नुहोस्, अनि तपाईंले रिसमाथि नियन्त्रण गुमाउनुअघि यसलाई पढ्नुहोस्ः ‘मानिसको बुद्धिले त्यसलाई धैर्य दिन्छ । चित्त दुःखाइका कुराप्रति आँखा चिम्लनु त्यसका निम्ति महिमाको कुरा हो’ (हितोपदेश १९:११) । तपाईंले भन्नुहुन्छहोला, ‘त्यो त गाह्रो काम हो !’ हो, अनि तपाईंले यो काम सिद्ध तरिकाले कहिल्यै पनि गर्न सक्नुहुन्न । तर तपाईंले जति धेरै यसो गर्नुहुन्छ, त्यति धेरै परमेश्वरको महिमा हुनेछ, साथै तपाईंले पनि असल महसुस गर्नुहुनेछ ।
आत्मिक भोजनः न्यायकर्ता ४–६, मत्ती १२: १–१४, भजन ९३, हितोपदेश १३: ७–८
Discussion about this post