• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, September 12, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धर्म परिवर्तन समन्धिको कानुनमा CGF को बैठकले आपत्ति जनाउदै गरेको टिप्पणी मा २५ वटा बुँदा

by Sarju Rijal
March 31, 2016
in News & Events
Picture by google
Picture by google

युवाहरूको आशा पलाएको छ, जोस बढेको छ स्वावलम्बी बन्ने सपना छ, यसको एउटै कारण हो नेपालको संविधान २०७२ जारी हनु।  १० वर्षे जन आन्दोलन र शसस्त्र संघर्षमा थुप्रैले ज्यान गुमाउनु पर्यो, अपाङ्गता हुनुपर्‍यो, मानसिक अवस्था गुमाउनु पर्‍यो। शिक्षा, स्वास्थ्य क्षेत्रमा, व्यवसायमा ठुलो क्षति व्यहोर्नुपर्‍यो। देशमा बसेर गरीखान सक्ने अवस्था नभएपछि युवाहरू रोजगारीको लागि विदेशी भूमिमा जानु बाध्य भए। एक तथ्याङ्क अनुसार, दैनिक १५०० युवाशक्ति रोजगारीको लागि अन्तराष्ट्रिय विमान स्थलबाट वाहिरिने गरेका छन्। भारत भएर खाडी मुलुक जाने र भारतमा बसेर काम गर्नेको कुनै लेखा जोखा नै छैन। संविधान जारीपछि केही मात्रामा दिगो शान्ति र विकास हुनसक्ने संभावना देखेर नेपालमै बसेर केही गर्ने आशा जागेको छ। अस्थिर राजनीति र छिमेकी देशको परनिर्भरताले देशमा अर्को नाकाबन्दि र संकट नआउला भन्न सकिदैन। २०७२ सालको भुकम्प र नाकाबन्दीले नेपाललाई ठुलो पाठ सिकाएको छ। युवाहरूलाई राज्यप्रति आफ्नो कर्तव्य के हो त भन्ने कुरामा सकरात्मक विचार हालि दिएको छ। अब नेपालमा नै सबै कुराको सम्भव छ भन्ने सोच बनाउनको लागि राज्यले दिगो विकासको योजनासँगै धर्म छनौट गर्न र त्याग्न दिनु पनि पर्छ। स्वाबलम्बी नेपाली बन्नको निम्ति विकासलाई गति दिन मन्त्रीदेखि कर्मचारीसम्मको सोचको विकास गर्न आवश्यक छ। देशको सबैभन्दा ठुलो कुरिति भनेको नै भ्रष्टाचार हो। जबसम्म भ्रष्टाचारमुक्त देश हुँदैन तबसम्म विकासको गति हुन असम्भव छ। यसको लागि सबैभन्दा ठुलो काम भनेको गरिवी मानसिकता नै हो। लाखौको कार चढेर पनि गरिब मानसिकता भएका नेपालीहरू पनि छन्। भुकम्प पीडितलाई राहत वितरणमा धेरै यस्ता जल्दाबल्दा उदाहरण देखिए र सुनिए। व्यापारीदेखि मन्त्रीसम्म र ठेकादारदेखि नेतासम्म। पीडित के हो भनि बुझ्न राजधानीमा अध्ययन गरेर हुँदैन पीडितको झुपडिमा जानुपर्छ अनि वास्तविकता थाह पाउन सकिन्छ, वास्तविक पीडित देख्न सकिन्छ। अहिले राजधानीबाट कानुन बनाउँदा विचार पुर्‍याइएन भने नेपाल जस्तो विकाससील देसमा गाउँका सर्वसाधारण जनताले आजिवन धर्मको नाममा  दु:ख  भोग्नुपर्ने हुनसक्छ।

कुनै पनि व्यक्तिमा सकरात्मक सोचाइ आउनु नै नेपालमा यसलाई पहिलो परिवर्तन मान्नुपर्छ। धर्ममा गरिने अभ्यास, आराधना र अध्ययनले सकरात्मक सोच मात्र हैन समाजप्रति उत्तरदायी पनि बनाएका उदाहरणहरू छन्। यसको लागि राज्यले धर्म परिवर्तन गर्ने वा नगर्ने नागरिकलाई स्वतन्त्रता दिनुपर्छ। मानिस मात्रै आत्मिक प्राणी हो। त्यसैले आत्मिक सत्यता बुझ्नु पनि जरूरी हुन्छ। सत्यले नै परिवर्तन गराउने हुँदा व्यक्तिले सबै धर्मको बारेमा बुझ्ने, आश्थामा लाग्न वा नास्तिक बन्न पाउने खालको वातावरण राज्यले दिनुपर्दछ। यसै प्रसंगलाई जोड्दा नेपाल धर्मनिरपेक्ष देश भयो सबैमा खुसी छायो। अहिले कानुन बनाउदा धर्म परिवर्तलाई दण्डनीय बनाउने प्रस्तावित विधेयक २०७१ आयो। यसले क्रिश्चियनहरूको लागि मात्र नभइ सबै युवाहरूलाई र राष्ट्रलाई समेत असर गर्नेछ। धर्म जस्तो नितान्त व्यक्तिगत कुरामा पनि राज्यबाट नियन्त्रण गर्दा अझै हाम्रो देश पछाडि छ भन्ने बुझाइ हुन्छ। यसै सम्बन्धमा ख्रीष्टियन स्‍नताक संगति (Christian Graduate Fellowship)को विशेष संगति NBCBS को कार्यलायमा सम्नपन्न भएको छ। संगतिले फौजदारी कसुर सम्बन्धि प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७१ को परिच्छेद ९ को धर्म सम्बन्धिको कसुर शिर्षक अन्तर्गत १५६ दफामा धेरै विचार गर्दै विधयान समिति, व्यवस्थापिका संसदलाई केही टिप्पणी र सुझाव दिने निर्णय गरेको छ। स्‍नातक संगतिले अहिलेका युवाहरूलाई अझै पनि प्राचिन अवस्थामा नै राज्यले राख्न खोजेको ठहर CGF ले गरेको छ। बिज्ञान तथा प्रविधिको युगमा पनि राज्यले धर्म सम्बन्धिको विषयमा व्यक्तिगत अधिकारमाथि रोकटोक लगाउनु भनेको हास्यपद भएको टिप्पणी गरेको छ। संगतिमा विभिन्न क्षेत्रमा कार्यरत अनुभवी र जिम्मेवार व्यक्तिको सहभागिता रहेको थियो। अहिले बन्दै गरेको कानुनले सनातन धर्मभन्दा अरू धर्म रोज्नुहुँदैन भन्ने सन्देश दिएको ठहर छ। हरेक व्यक्तिको लागि धार्मिक स्वतन्त्रता हुनुपर्छ।

हाल फौजदारी कसुर सम्बन्धि प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७१ को परिच्छेद ९, धर्म सम्बन्धि कसूर अन्तर्गत दफा १५६ मा धर्म परिवर्तनलाई दण्डनीय बनाइने व्यहोरामा यसरी उल्‍लेख गरिएको छ: १५६. धर्म परिवर्तन गराउन नहुनेः (१) कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन हुँदैन। (२) कसैले कुनै, जात, जाति वा सम्प्रदायमा सनातन देखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा अन्य कुनै नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन। (३) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षम कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ। (४) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने व्यक्ति विदेशी रहेछ भने त्यस्तो व्यक्तिलाई यस दफा बमोजिम भएको कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनु पर्नेछ।

यदि कानुन जस्ताकोतस्तै पारित भएमा धर्म छनौट गर्ने व्यक्ति अपराधि ठहरिनेछ अर्थात कानुन अनुसार सजाय भोग्नुपर्नेछ। नेपालीमा एउटा उखान छ, खाय खा नत्र घिच भने झै यस कानुनले व्यक्तिगत धार्मिक स्वतन्त्रतामा बन्देज बनाएको छ। सनातन धर्मलाई मात्रै यति जोड किन? यसको पछाडिको सत्यता चित्त बुझ्दो तरिकाले जनतालाई दिनु आवश्यक छ। उक्त कसुरले हाम्रा देशका कानुनविद र राजनीतिज्ञहरूको सोचाइमा गरिबी छ भन्ने बुझाइ हुनेछ। यदि बाहिरको दबावले धर्म परिवर्तन गर्नुलाई दण्डनीय बनाइदै छ भने सार्वभौम नेपालका हामी स्वावलम्बी नेपाली भनेर कसरी भन्ने? प्रस्तावित कानुन विधेयकप्रति ख्रीष्टियन समूदायले आपत्तिजनाएको छ। मानव अधिकार भएको नेपाल जस्तो राष्ट्रमा व्यक्तिको छनौटलाई मान्यता दिनुपर्छ। अपराधी जो कोहीलाई पनि छुट दिनु हुँदैन धर्म, क्षेत्र, भाषा र राजनीति दलका सम्बन्धमा सबैलाई कानुन अनुसार कारवाही गर्नु पर्छ। तर धर्म छनौटको  विषयमा आफ्नो इच्छा अनुसार परिवर्तन गर्दा अपराधि बनाएर सजाय दिनुले राज्यको न्याय गर्ने तरिका निकै कमजोर मानिने संभावना रहेको कुरा CGF को बैठकले ठहर गरेको छ।

माथिको धर्म सम्बन्धिको कसूरको विषयलाई नेपालका नागरिकको हैसियतले ख्रीष्टियन स्‍नातक संगति (CGF) ले गम्भिर भएर यो विषयमा छलफल गर्नुका साथै केही सुझाव र टिप्पणी पनि उठाएको छ। वैठकमा उठाइएका बुँदाहरूमा ख्रीष्टियनहरूले वा समूदायले आफ्नो बनाइ वा थप विचार राखेर विधयान समिति, व्यवस्थापिका संसद सचिवालयमा पठाउन सक्नुहुनेछ। यसको लागि निम्म बुँदाहरू ध्यान दिएर पढ्नुहोला  कृपया यहाँ भएका बुँदाहरूलाई कपि गरेर जानकारीको लागि धेरै भन्दा धेरै शेयर गर्नसक्नुहुनेछ। आफ्नो राय तजा सुझाव पनि चैत्र मसान्त भित्र दिन सक्नुहुनेछ।

Christian Graduate Fellowship बाट उठेका केही बुँदाहरू यहाँ राखिएको छ:

1. इश्वर, समाज, परिवार र अग्नी साक्षी राखेर आफुले अपनाएको जीवन संगीलाई त विचार र व्यवहार नमिलेको खण्डमा सम्बन्ध विच्छेद गर्न सकिन्छ भने, आफूले मानि आएको धर्म, मत र आश्था त्यागेर अरु कुनै मत अपनाउन किन नमिल्ने?

2. के हाम्रो हिन्दू सनातन धर्म यति कमजोर छ, के हामी नयाँ धार्मीक मतको सामना गर्नै सक्दैनौ? र त्यसबाट डराएर बन्देज लगाउन खोज्छौ?

3. हामी सनातन मतावलम्बीहरू पनि आफ्ना कमि कमजोरीहरू छुवाछुत, उच्‍च निच, दाइजो, छाउपडी प्रथा, बोक्सीको नाममा मानिसको अपमान गर्ने आदि कुरा हटाएर हाम्रो मतलाई अझ बढी मानवतावादी समसामयीक र प्रगतिसील बनाउन पर्छ न कि मान्‍न र छान्‍न पाउने हुनुपर्छ।

4. नेपालमा सन्तोष पन्तका छोराले लिङ्ग परिवर्तन गरेर स्त्री बनेको कुरा सबैलाई जानकारी नै छ। नेपालमा लिङ्‍ग परिवर्तन गर्न पाइने धर्म वा आश्था किन परिवर्तन गर्न नपाईने?

5. गैर हिन्दूहरू नेपालका मठ मन्दिरमा गएर घण्टी बजाउन हुने, टीका लगाएर बस्‍न सकिने सम्पूर्ण हिन्दू धर्म संस्कार अभ्यास अपनाउन सक्छन भने, किन इसाईहरूलाईमात्रै सुनियोजित तरिकाले अभ्यास गर्न बन्देज गराउने??

6. धर्म र आश्थाको स्वतन्त्रता मानव अधिकारको आधारभूत जग हो यसलाई कुन्ठित गर्नु भनेको प्रजातन्त्त्रलाई भत्काउनु हो।

7. एउटा व्यक्तिले राजनैतिक दलहरू छान्न पाउने जस्तै काँग्रेस, एमाले, एमाओवादी, राप्रपा छोड्न पाउने रोज्न पाउने, नयाँ शक्तिमा जान पाउने तर धार्मिक स्वतन्त्रताको हकमा किन इसाईहरूलाई दण्डनिय ??

8. आफूलाई राम्रो लागेको सामान वा वस्तु राम्रो छ भनि किन भन्न नपाउने? जस्तै मैले लगाएको सट साथीलाई राम्रो छ भनि किन भन्न नपाउने?

9. यो धर्मको कुरा मात्र हैन वैचारिक स्वतन्त्रतामाथिको प्रहार हो । नेपाललाई मध्य यूगिन समयमा धकेल्ने प्रयास गरेको देखिन्छन्।

10. सनातन धर्मलाई जोगाउन कसैले आफ्नो बाग स्वतन्त्रता त्याग्नुपर्ने? यस्तो निरंकुश व्यवस्था कदापि टिक्ने छैन।

11. कस्तो सनातन धर्म हो जस्ले आफूलाई बचाउन सक्दैन जसलाई बचाउनको लागि व्यक्तिको स्वविवेकमा बन्देज लगाउनुपर्ने। यो अन्याय सहन सकिने छैन्।

12. कुनै समयमा तपाई मन्त्रीहरू, सभासदहरू, आफ्नो आश्थाको कारण बन्दी बनाइनुभएको थियो। आज तपाइहरूले आफ्नो आश्था मत प्रचार प्रसार गर्ने व्यक्तिहरूलाई आफ्नो आश्थाको कारण कसरी बन्दि बनाउने कानुन ल्याउनुहुन्छ? यदि यो कानून विधेयक पास भएमा देशलाई अन्धारतर्फ धकेल्ने आत्मघाती निर्णय हुनेछ।

13. मोदीलाई खुसी पार्न ल्याइएको यो मानव र वैचारिक स्वतन्त्रता विरोधि प्रावधान हो। स्मरण रहोस भारतमा पनि स्वतन्त्रता पक्षधर नागरिकहररू मोदी जस्ता कट्टरपन्थीहरूभन्दा ज्यादै ठूलो संख्यामा छन्।

14. धर्म र आश्था सम्बन्धि वैचारिक स्वतन्त्रता र बागस्वतन्त्रता हनन गर्नु संविधान सम्मत हुनैसक्दैन।

15. सनातन धर्मको रक्षा कसैको विचारको स्वतन्त्रता र आफूलाई लागेको कुरा बताउन वा बोल्न पाउन पर्ने अधिकार विर्को लगाएर हुँदैन र सक्ने हो भने त्यसलाई पनि परिमार्जन गर्दै जानुपर्छ। तर त्यसको लागि पनि धर्मसम्बन्धि आफ्नो विचार बोल्न पाउनपर्ने नै हुन्छ।

16. धर्म परिवर्तनलाई दण्डनिय विधेयक ल्याएर सनातन धर्म हुन्छ भन्ने के आधार छ?

17. धर्म र आश्था अभ्यास गर्ने एउटा नागरिकको नितान्त निजी मामला हो।

18. भोलि आएर यही प्रावधान भ्रष्टाचारी र कट्टर पन्थीहरूले दुरूपयोग गरेर नेपाललाई विश्व सामु नफैलाउलान भन्न सकिदैन।

19. आश्था मान्ने र छाडन पाउने अधिकार व्यक्तिको मौलिक अधिकार हो यसलाई राज्यले कुन्ठित गर्नु हुदैन।

20. लोकतन्त्रमा शासकहरूले नागरिकको सम्मान गर्न सिक्नुपर्दछ। कुन आश्था वा धर्म मान्ने सम्बन्धि विचार गर्ने वा बोल्ने काममा रोक लगाउनु निरंकुसताको परकाष्ठा हो।

21. सनातन धर्म अरू मुलुकमा पनि फैलिनु पर्छ कि पर्दैन यदि पर्छ भने यो विधेयक प्रत्युतपादक हुनेछ।

22. भ्रष्टचारी नेताले मात्र धर्मलाई राजनैतिक एजेन्डा बनाउन चाहन्छ तर राज्यले व्यक्तिको निर्णयलाई बन्देज लगाउन हुँदैन हरेक व्यक्तिलाई आफ्नो आस्था अनुसार छान्न पाउनुपर्छ।

23. सनातन धर्मको आधारमा मन्त्री बन्ने खेल खेल्ने हो भने यो असफल खेल मात्र हो।

24. आफ्नो आस्था अनुसारको धर्म मान्नु, छोड्नु वा परिवर्तन गर्न पाउनु नितान्त ब्यक्तिगत मौलिक अधिकार हो। यसलाई राज्यल नियन्त्रण गर्न हुँदैन। लोकतन्त्रमा ब्यक्तिगत बिचारको सम्मान हुनुपर्छ। कुनै व्यक्ति बुद्धिष्ट, हिन्दू, बनोस वा ख्रीष्टियन बुद्धिष्ट, हिन्दु बनोस अथवा जैन, वा मुस्लिम ख्रीष्टियन बनोस सबै विचार सम्मानित हुनुपर्छ त्यो पो धार्मिक स्वतन्त्रता हो। देशलाई मध्ययुगमा नफर्काउँ।

25. समाज परिवर्तनशिल छ अहिलेसम्म संसारको जुनसुकै मुलकमा परिवर्तन ल्याउने काम धार्मिक र सामाजिक आन्दोलनले गरेका छन्। त्यसकारण धार्मिक विचारहरूलाई बन्देज गर्नुहुँदैन।

राय सुझाव पठाउने ठेगाना:
इमेल: bidhayansamiti@gmail.com
फ्याक्स: ०१-४२००१७२
हुलाक: विधायन समिति, व्यवस्थापिका संसद सचिवालय,
पोष्ट बक्स नं.: २००९९, सिंहदरवार, काठमाण्डौ

Related Posts

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at ARISE AND SHINE NEPAL

Vacancy at ARISE AND SHINE NEPAL

September 8, 2025

      https://ariseandshinenp-my.sharepoint.com/personal/khushi_ariseandshine_org_np/_layouts/15/onedrive.aspx?id=%2Fpersonal%2Fkhushi_ariseandshine_org_np%2FDocuments%2FToR&ga=1

Vacancy at Arko Pana Nepal

Vacancy at Arko Pana Nepal

August 25, 2025

Vacancy at ECTC

July 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy Announcement at Micah Nepal

Vacancy Announcement at Micah Nepal

July 29, 2025

Recent Posts

  • Vacancy at ARISE AND SHINE NEPAL
  • Vacancy at Arko Pana Nepal
  • Vacancy at ECTC
  • Vacancy Announcement at Micah Nepal
  • New life in Christ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In