राजधानीमा हरेक वर्ष झै यस वर्ष मिति २०७२ चैत्र १४ (27 March 2016) गते आइतबारका दिन अर्थात येशू ख्रीष्ट मृत्युबाट पुनरूत्थान हुनुभएको दिन (Easter Sunday) को अवसरमा काठमाडौं उपत्यकाका चर्चहरूले उपत्यका व्यापी पुनरूत्थान महोत्सव मनाउन गइरहेको हुँदा सम्पूरर्ण चर्चका ख्रीष्टप्रेमीहरूलाई सहभागी हुन जानकारी गराउदछौं।
इष्टर महोत्सव हुने स्थान: खुल्ला मन्च काठमाडौं।
समय: विभिन्न स्थानबाट र्याली (शान्ति पद यात्रा) हुने समय ७:००, खुल्ला मन्चमा आइपुग्ने समय ८:४५
सम्बन्धित चर्चहरूसँग सम्पर्क गरी र्यालीमा सहभागी भएर खुल्ला मन्चमा जानुहोला।
र्यालीको लागि भेला हुने स्थानहरू:
- जावलाखेल
- बल्खु/ किर्तिपुर
- थानकोट/कलंकी
- बालाजु/गोंगबु/स्वयम्भु
- महाराजगंज चक्रपथ
- जोरपाटी/चाबहिल/ज्ञानेश्वर
- तीनकुने/बानेश्वर/भक्तपुर
आयोजक उपत्यकाव्यापी पुनरूत्थान महोतस्व २०७२
Discussion about this post