संजोग कुमार डंगोल
१९ गते शनिवार रातको समयमा मलामी गएका बेत्रावती नुवाकोटका इसाईहरूमाथि केही व्यक्तिहरुले बेत्रावती बजार, गेर्खु ९, (उत्तरगयाधाम) मा दुर्बब्यबहार भएको पिडित बताउँछन् । रातको करिब एघार बजे शव बोकेर घाटतर्फ गइरहेका इसाईहरुमाथि बेत्रावतीका केही स्थानिय व्यक्तिहरुले हातमा लाठि र रड लिएर खेदेका हुन् । शव बोकेकाहरु ज्यान जोगाएर भागेपछि एक जना दल बहादुर तमाङ्गलाई शव बाकस (कफिन) भुइमा राख्न नदिएको र खुट्टामा फलामको रड प्रहार गरेको जानकारी प्राप्त भएको छ । पिडित दल बहादुर बताउँछन्, “लाठो र रड लिएर लखेट्न आएपछि सबै साथीहरु भागाभाग गर्न थाले, म एक्लैले शव थाम्न सकेन र शव बाटोमा किन राखिस् भन्दै मेरो खुट्टाको फिलामा मादकपदार्थ सेवन गरेका जीवन डंगोलले प्रहार गयो र भन्यो शव भुइंमा राखिस् भने खुट्टा भाचिदिन्छु ।”
भैसें गाऊँको घाटमा स्थानियहरुले शव जलाउन नदिएपछि बेत्रावतीका केही क्लब सदस्यहरुसँग सल्लाह लिई शव जलाउन बेत्रावती घाटतर्फ लगिरहेको समयमा केही व्यक्तिहरुले घाट जाने बाटो समेत प्रयोग गर्न नदिएको पिडितहरु बताउँछन् ।
भैसें गाऊँको कर्कले भनिने कृष्णबहादुर तामांगको श्रीमति केही समय अघि चर्च जाने गरेको र तीन महिना अगाडि चर्च परिवारलाई जानकारी गराई आफु चर्च आउन नसक्ने भनेको बताउँछन् स्थानिय ख्रीष्टियनहरु । उक्त व्यक्तिले गएको जनै पूर्णिमामा हिन्दु धर्म संस्कृति अनुसार हातमा डोरो बाधेको भैंसे गाउँको प्रत्यक्षदर्शीहरु बताउँछन् । घरको आन्तरिक झगडाको कारण श्रीमति तामांगले मटितेल खन्याएर आत्महत्या गर्ने कोसिसमा उपचारको क्रममा ज्यान गुमाएकि हुन् ।
गाउँलेहरुले शव उठाउन नआए पछि मृतकको परिवार सहयोगको लागि चर्चमा गुहार्न गएका थिए र चर्चको सहयोगमा उक्त शव जलाउन खोज्दा स्थानीयहरुले भैंसे गाउँमा मृतसंस्कार गर्न नदिएपछि बेत्रावती घाटमा सहयोग लिन गएका मलामीहरुमाथि दुरव्यवहार भएको पिडित पक्षले जानकारी गराउनुभयो । चर्चको चिहान जग्गा आठ किलोमिटर टाढा रहेको र भिर, पहिरो अनि रातको समयमा चार पाँच जनाको थोरै मलामीहरुसँग शव बोकेर जंगलको बाटो जान असम्भव देखेपछि इसाईहरु सहयोगको लागि उत्तरगयाधाम गएका थिए ।
Discussion about this post