• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, January 7, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सरकारसँग ख्रीष्टियन महासंघको माग – धर्मनिरपेक्षतालाई अपहेलित नगरियोस्

by Jagadish Pokhrel
July 5, 2015
in News & Events

IMG_9463राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले एक पत्रकार सम्मेलन गरेर आफ्ना तिन बुंदे माग यथासिघ्र पुरा गर्न सरकारसँग माग गरेको छ । योगम्बर पार्टी भेन्यु सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा महासंघका महासचिव सी.वि. गहतराजले आफ्ना मागहरू प्रस्तुत गर्नुभएको थियो ।पत्रकार सम्मेलनमार्फत महासंघले सरकारसँग गरेका मागहरू यसप्रकार छन्:

१) अब बन्न गइराखेको नेपालको संबिधान २०७२ को संबिधान मस्यौदामा धर्मनिरपेक्षतालाई अपरिवर्तनीय धारामा नराखिएकाले संविधानको प्रस्तावनामै धर्मनिरपेक्षता समावेश गरियोस् ।

२) नेपाल सरकार र महासंघ बिचमा यसअघि भएका ३ बुंदे र ६ बुंदे माग यथासिघ्र कार्यान्वयन गरियोस् ।

३) मृत्यूसंस्कार जस्तो संबेदनशील विषयलाई मध्येनजर गरि उपत्यका लगायत देशभरका सबै जिल्लाहरुमा यथासिघ्र समाधिस्थलको व्यवस्था गरियोस् ।  

महासंघ र नेपाल सरकारका बिचमा यसअघि भएका ३ बुंदे र ६ बुंदे मागहरू बर्षौं बितिसक्दा पनि पुरा नभएकोमा महासंघले गम्भीर आपत्ति प्रकट गरेको छ । २०६८ साल बैसाख १८ गते भएको ३ बुंदे र २०६९ साल जेठ १३ गते भएको ६ बुंदे सम्झौतामा धेरै महत्वपूर्ण तथा संबेदनशील विषयहरूमा सहमति भएको भएता पनि आजसम्म पुरा गर्ने संकेतसम्म देखा नपरेकाले अब यथासिघ्र ति मागहरू कार्यान्वयन हुने वातावरण सिर्जना गर्न महासंघले माग गरेको छ ।

सम्झौतामा समाधिस्थलको यथासिघ्र ब्यबस्थापन गरिने, राष्ट्रिय ख्रीष्टियन आयोग गठन गरिने, राज्यका सबै निकायहरूमा ख्रीष्टियन प्रतिनिधित्वको पहल गरिने, इष्टर सन्डेका दिन सार्वजनिक बिदा दिन पहल गर्ने लगायतका सहमति भएका थिए ।   

महासंघका अध्यक्ष डा. सुन्दर थापाको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा सहअध्यक्ष डा. इसुजंग कार्की र सल्लाहकार डा. केबी रोकायाले आफ्नो भनाई राख्नुभएको थियो । कार्कीले नेपाल सरकारले समाधिस्थलका बारेमा मात्रै नभई अरू थुप्रै कुराहरूमा समेत धार्मिक विभेद गरेको बताउनुभयो । हालसालै गएको भूकम्पले भत्काएका थुप्रै मन्दिरहरू बनाउने तयारि गरिएको भएता पनि भत्किएका सयौं चर्चहरूलाई सरकारले वास्तासमेत् नगरेको उहाँको गुनासो थियो । रोकायाले देशमा धार्मिक स्वतन्त्रता अपरिहार्य रहेको र धार्मिक स्वतन्त्रताको अन्तराष्ट्रिय मान्यता अन्तर्गत आफुले चाहेको धर्म मान्न पाउने, धर्म परिवर्तन गर्न पाउने र धर्म त्याग्न पाउने अधिकार पर्ने बताउनुभयो । उहाँले भन्नुभयो,”राज्यले सबैलाई समान व्यबहार गरेर देशबिकासमा लाग्नु नै आजको आवश्यकता हो ।”

महासंघले २०७२ साल असार २७ गते आइतबार योगम्बर पार्टी भेन्युमा नै धर्मनिरपेक्षताको सम्बन्धमा बहस कार्यक्रम राखेको छ ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In