मिति २०७२ जेठ २० गतेका दिन परिवर्तित जीवन संगति बागडोलमा नेपाल ख्रीष्टिय समाजको साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले आगामि दिनहरूमा काम तीब्र रूपमा गर्नको निम्ति ९ सदस्यीय नयाँ समिति गठन गरेको छ। पास्टर बर्णबास श्रेष्ठ अध्यक्ष, पास्टर टंक सुबेदी सहअध्यक्ष, डिल्लीराम पौडेल महासचिव, पास्टर राजेन्द्र मल्ल कोषाध्यक्ष, थिर केसी सचिव, सदस्यहरूमा पास्टर मुकुन्द शर्मा, सीता गुरूङ, एस्तर थापा र पास्टर राम प्रसाद देवकोटा नयाँ समितिमा हुनुहुन्छ। सभामा नयाँ समिति गठनको लागि नेपाल ख्रीष्टिय समाजका भुतपूर्व संयोजक डा. तीर्थ थापा निर्वाचन आयुक्त हुनुहन्थ्यो।
नेपाल ख्रीष्टिय समाजको यो १९ औ साधारण सभा हो। नयाँ बनेको समितिले नेपालमा भएका मण्डलीहरूलाई समेटेर लिनेछ र सामाजिक कार्यदेखि राष्ट्रिय स्तरका कार्यहरूमा पनि मण्डलीको प्रतिनिधित्व गर्नेछ भन्ने आशा गरौं।
Discussion about this post