• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

के तपाई साना हिमालहरु चढ्नु भएको छ?

by Paulas Panday
April 24, 2015
in Articles, News & Events
Paulas Panday
Paulas Pandey

पौलस पान्डे, अप्रिल २०, २०१५, यु्। एस. ए.

गएको वर्ष काठमाण्डौ देखि लस एन्जलस को यात्रामा आप्पा शेर्पा संग संगै यात्रा गर्ने मौका मिल्यो । आप्पा शेर्पा संसारको सबै भन्दा अग्लो हिमाल सगरमाथा चढ्ने आरोही मध्य उनि सबैभन्दाबढी अर्थात् २१ पटक आरोहन गर्नेमा साथै चार पटक सम्म अक्सिजन प्रयोग बिनानै सफल आरोहन गर्नेमा पर्छन ।

आप्पा शेर्पा को त्यो रेकर्ड, अहिले सम्मको त्यो साहसिक ब्यक्तित्वको कारण मेरो मनमा उनिप्रति सम्मान र गौरब पनि उत्पन्न भयो । काठमाडौं विमानस्थल को थाई एअरको चेकइन डेस्क मा जब हाम्रो परिचय भयो उनले भने , “ ओहो भै हामी यति लामो यात्रामा संगै पर्यों गफगर्दै जान पाइने भयो।“ उनि भन्दै थिए,” मत एक्लै यात्रा गर्दा पट्यार लागेर आउँछ, तपाइलाई भेटेर कत्ति खुशी लाग्यो।“

मैले तेसै बेलामा मनमनै उनि संग धेरै कुरा गरेर हिमाल चढाईको बारेमा निक्कै अनुभव हरु सोध्ने भनेर मनमनै गुन्दै थिएँ । ३८ घन्टाको लामो यात्रामा निक्कै गफगाफहरु भए । मैले सोधेका धेरै प्रश्नहरु को जबाफ दिने क्रममा उनले धेरै अनुभबहरु सुनाए । मेरा लागि ति सबै रोचक थिए, अझ रोचक त के थियो भने उनका बिचारहरु थिए जसले भर्खरै को सगरमाथाको ठुलो दुर्घटनामा उनले नजिकैबाट चिनेका र कोहि त झन् उनैले हुर्काएका शेर्पाहरु जो मध्य धेरैले ज्यान गुमाएका थिए । उनका भनाइहरु निकै चुनौतिपूर्ण थिए ।

Mount Everest as seen from Drukair2 PLW edit.jpg
“Mount Everest as seen from Drukair2 PLW edit” by Mount_Everest_as_seen_from_Drukair2.jpg: shrimpo1967
derivative work: Papa Lima Whiskey 2 (talk) – This file was derived from: Mount Everest as seen from Drukair2.jpg: . Licensed under CC BY-SA 2.0 via Wikimedia Commons.

मैले सोधें, “सगरमाथा चढ्नेहरुमा हुनुपर्ने योग्यता मध्य नभईनहुने आवश्यक कुरा केके हेर्नुहुन्छ?” “त्यो व्यक्तिले पहिले अरु सानासाना हिमालहरु चढेको हुनुपर्छ ।“ उनको उत्तर थियो । यो उत्तरले मलाइ अगुवापनको छेत्रमा हुनुपर्ने गुणहरु को बारेमा गहिरिएर सोच्न लगायो । म ख्रिस्टियन युवाहरुको बिचमा काम गर्छु, धेरै को अनुभव हरु सुन्छु, कत्ति धेरै पास्टर र पर्चारककरुको शिक्षा पनि सुनेको छु । कहिले कहिँ मेरो मनमा चर्च हरुमा सस्तो शिक्षा र सतही कुराहरुलाइ पो बढावा दियिन्छकि जस्तो पनि लाग्छ ।

जब मैले यूवा हरु संग कुरा गर्छु, चाहे काम काज को क्षेत्र होस् या मिनिस्ट्री को क्षेत्र होस् सबैको इच्छा राम्रै काम र दाम वा राम्रै तहमा पुगेर सेवाकाइ गर्ने हुनु स्वाभाविकहो । तर धेरैले गुनासो गर्छन आफ्नो आफ्नो सैक्षिक योग्यता धेरै भएर पनि काम गतिलो नपाइने गुनासो गर्छन, । अनि म कति सेवाकाइ वा संस्था अगुवाहरु संग कुरा गर्छु, बिजनेस गर्ने संग कुरा गर्छु, उनिहरुको गुनासो पनि उस्तै छ कि भनेको जस्तो काम गर्ने मान्छे पाउन निक्कै गार्हो छ । किन यस्तो ग्याप देखिएको होला त ? किन धेरै युवाहरुले आफुले पाउन सक्ने सानोतिनो काम नगरी खाली ठुलै पद र पैसाको मात्रै रोजगारी खोजेका होलान त?

मैले यस बारेमा येशू ख्रिस्ट को समयको अवस्था लाइ हेरें, उंहाले चेलाहरु छान्दा के हेर्नु भयो? उहाँको काम लाइ ब्यबसायिक दृष्टिकोण बाट हेर्दा, कस्ता कामदारहरु उंहाले रोज्नुभयो भन्ने प्रश्न सोध्न जरुरि छ, धेरैजनाको पर्चार र शिक्षा मा येशू ख्रिस्टले कामैनलाग्नेहरुलाई छान्नु भयो भनेको मैले सुन्ने गरेको छु । तर त्यो कत्तिको सत्य हो त? मुक्ति पाउने संधर्ब को कुरामा हामी जस्तोसुकै भएपनि येशुले स्वीकार गरि पाप बाट शुद्ध गरि मुक्ति र उद्धार गर्नुहुन्छ भन्ने कुरामा कुनै बिबाद होइन, तर काम, कर्तव्य र जिम्मेवारी को सन्दर्भ मा भने अलि फरक होला जस्तो लाग्छ।

मत्ती ४:१८-२२, मर्कुस १: १६-२०, लुका ५:१-११, साथै अन्य बाइबलका खण्डहरु हेर्दा मलाई लाग्छ कि येशुले केहि नगरी कामै नलाग्ने खालका भन्दा पनि आफुले जानेको काम गर्दै रहेका हरुलाई आफ्नो चेला हुनलाई बोलाउनुभयो । अब एकैक्षण विचार गरौँ कि येशुको मुख्य उदेश्य यदि सगरमाथा चढ्ने थियो भने उंहाले सानासाना अरु हिमाल चढेकाचेलाहरु रोज्नु हुन्थ्यो होला कि कुनै पनि नचढेकालाई ? उहाँका चेलाहरु येशुको बोलावट पाउन अघि आफ्नो काममा व्यस्त थिए, आफुले जानेको, र गर्न सक्ने काम गरिरहेका थिए ।

ब्यबसायिक काम होस् वा सेवाकाइको क्षेत्रमा होस्, कामदार छान्दा उसले गरेका साधारण कामहरुको अनुभब र दक्षता साथै उसको चरित्र र स्वभाव हरुको ख्याल राखिएको हुन्छ। सगरमाथा चढ्नेको लागि सामान्यतया उसले अन्य सानासाना हिमालहरु चढेको छ कि छैन भनेर ख्याल गरिँदो रहेछ । के तपाई एकै चोटी सगरमाथा मात्रै चढ्छु भन्दै हुनुहुन्छ? कि सुरुमा ससाना हिमाल चढेर आफैलाई अन्य ठुला हिमालहरु चढ्न लायकको बनाउंदै हुनुहुन्छ?

इमान्दार भएर आफ्नो अघि प्राप्त मौका को फाइदा लिनुहोस्, । सानातिना काम र सेवाका मौका हरुलाई ख्याल गर्नुहोस ! तिनै तपाइको निम्ति अनुभब बटुल्ने र आफ्नो विश्वासयोग्य चरित्र लाइ पर्दर्शन गर्ने मौकाहरु हुन सक्छन। तिनै तपाइको निम्ति सानाहिमालहरु हुनसक्छन, जसले तपाइलाई ठुला हिमाल चढ्नकोनिम्ति योग्य दिलाउनेछन ।

हिमाल चढ्ने अगुवाले आफूसंगै आउनेहरु अरु साना हिमाल चढेका छन कि छैनन् भनि ख्याल राखे जस्तै, सेवाकाइका अगुवा हुन् वा ब्यबसायिक क्षेत्रका मालिकहरु नै किन नहोउन, आफु संग काम गर्न आउने हरुले अन्य सानातिना कामहरु कसरि गरेका छन भनेर तपाइको अनुभव र दक्षता, र चरित्रको ख्याल राखेका हुन्छन । आफ्नो अघि उपलब्ध मौका को फाइदा लिनुहोस्, एकैचोटी ठुलो हिमाल चढ्छु यस्तो सानो त के चढ्नु भनेहरु असफल हुनसक्छन, तर सानासाना हिमाल चढाईले उनीहरुलाई ठुलाहिमालहरु चढ्न दक्ष बनाएजस्तै सानातिना काम वा सेवाका मौकाहरुले पनि तपाइलाई दुलाकामहरु, जिम्मेवारीहरु को निम्ति सक्षम र अनुभवी बनाउन सक्छन।

पावलले कलास्सेको चर्चका बिस्वासीहरुलाई लेखेका छन (३:२३-२४), “तिमीहरु जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरेजस्तै, यो जानेर कि तिमीहरु आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ ।“

के तपाई साना हिमालहरु चढ्नु भएको छ?

के तपाई सानातिना काममा सहभागी हुनुभएको छ? यदि तपाई भविष्यमा ठुलो हिमाल चढ्नेहो भने, आज साना साना हिमालहरु चढ्न सिक्नुहोस, यदि तपाई भोलि ठुला ठुला काम, जिम्मेवारी र दाम हात पर्ने हो भने, आज, सानातिना काम, थोरै पैसा र ओहोदा भनेर आफैलाई सिमित नपार्नुहोस्। यिनै साना कामहरु, पदहरु र जिम्मेवारीहरुले भोलीको निम्ति तपाईलाई ठुला कामहरु, जिम्मेवारीहरु, र पदहरु साथै धेरै पैसाकमाउने मौकाहरुको निम्ति तपाईलाई तयारी पार्नेछ्न ।

आफ्नो प्रतिक्रिया को निम्ति [email protected]मा पठाउनुहुन वा यसै लेखको तल कमेन्ट गर्नुहुन अनुरोध छ ।

 

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In