
आज सम्पन्न दिक्षान्त समारोहमा धादिङका पिंडा, कुन्पुर र गजुरी गाबिसका गरि जम्मा २१ जना यूवतिहरू दिक्षित भएका छन् । कमजोर आर्थिक अवस्थाका कारण चेलीबेटीहरू रोजगारीको खोजिमा आफ्नो गाउँठाउँ छाडेर हिँड्नुपर्ने बाध्यता पर्ने गरेको र त्यहि मौकाको फाइदा उठाउँदै दलालहरूले बेचबिखनको जाल फिंजाउने हुनाले यसप्रकारका सीपबिकाशका कार्यक्रमहरू गर्नुपरेको संस्थाले जनाएको छ ।
दिक्षान्त कार्यक्रममा सबै सहभागीहरूले आफैले तयार गरेका पोशाकहरू लगाएका थिए भने अन्य पोशाकहरूको सीपप्रदर्शन पनि गरिएको थियो । आज दिक्षित एक्काइसै जनालाई संस्थाले सिलाई मेसिन प्रदान गरेको थियो । सीप सिक्ने अवसरका साथै सिलाई मेसिन पनि पाएका कारण आफुहरू निकै उत्साहित भएको सहभागीहरूले बताएका छन् ।
संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालले आउने दिनहरूमा देशका अन्य ठाउँका बिपन्न बस्तीहरूमा पनि सीपबिकाश, आयमूलक तथा विविध सेवामूलक कामहरू गर्दै जाने बताउनुभयो ।
Discussion about this post