• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 29, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टिय विश्वास, जीवन र जीवनशैली

by P. A. Thomas
April 6, 2015
in Bible Study & Teaching, Guide Our Steps
P. A. Thomas
P. A. Thomas

संसारमा मानिसले धेरै धर्म, विश्वास र सिद्धान्तहरु अप्नाइराखेका छन्। सबैले आफु विश्वास गरेको वा मानेको यी कुराहरुले आफैलाई जीवनमा केही न केही फाइदा गर्छ र मरे पछिको जीवनलाई सहज बनाउ आश्वस्त रहने प्रयास गर्छन्। यो कुनै ऐतिहासिक वा युक्तिसहज आधारमा मान्यतान र परम्पराहरुको आधारमा गरेको हुन्छ। यस्ता कुराहरुलाई स्थापित गर्न र मान्य बनाउन विभिन्न विधीविधानहरु, रीतरिवाजहरु, चार्डपर्वहरुमान्ने रमठमन्दिरहरु निर्माण गर्ने आदि गर्छन्।

आधुनिक संसारमा विज्ञान र व्यवसायको विकाससाथै धर्महरुको पकड र प्रभाव घट्दैगएको छ र मानिसहरु बढी भौतिकवादी रविकासवादि बनेका छन्। धर्म र सिद्धान्तहरुले आधुनिक रुपमा प्रचार प्रसार गरी यो क्रमलाई रोक्ने प्रयासमा पनि लागेका छन्। तर विडम्बनाको कुरा यही हो कि, भौतिक रुपमा सम्पन्न, शिक्षित र विकसित भएका मानिसहरु धेरै भन्दा धेरै पैसा र प्रयास आफ्नो छोटो आयुलाई बचाउनेमा लगाउनुपरेका छ। दिन दिनै उपचार नहुने नयाँ रोगहरु देखा पर्न थालेका मानवीय लापर्वाहीले पर्यावरणीय सन्तुलन नष्ट भई प्रकृतिक प्रकोपको चपेटामा हजारौं मानिसहरु असहाय भई नष्ट् भइराखेकायसले छन स्वतः मानिसलाई हतोत्साहित र निराशामा पार्दछन् र अन्याय अत्याचार तथा अनैतिक कामतर्फ उन्मुक बनाउँछन्।

विकसित देशहरुको शोषण र अन्यायमा परिसाथै आफ्नो अज्ञानता र लापर्वाहीले विकासोन्मुख र कम विकसित राष्ट्रहरु बेरोजगारी र गरीबीतथा त्यसबाट उब्जिएको सामाजिक र राजनैतिक भ्रष्टता र अन्योलको भुमरीमा परेका छन्। कुनैसिद्धान्त वा पद्धतिले यसबाट तिनीहरुलाई उकास्न सकेको छैन र बढी रुपमा नागरिकहरु रोजगारी तथा कमाइको निम्ति देशबाट पलायन हुने क्रम जारी छ र त्यसबाट पारिवारिक संरचनामा र सामाजिक सन्तुलनमा समेत अपुरणीय क्षति भएको छ। यी सबैमा तिनीहरुले मानिआएका धर्म र सिद्धान्तहरुले केही उत्तर वा समाधान दिन नसकि त्यसका पण्डित, गुरु तथा पर्वर्तकहरुले पनि यही परिस्थितिलाई माँगी खाने भाँडोको रुपमा चलाउन मात्रसक्रिय भएका छन्।

यही सन्धर्भमा हामी ख्रीष्टियनहरुले हाम्रो सविश्वार जीवन पद्धतीलाई अर्थपूर्ण र सहज रुपमा प्रस्तुत गर्न र मानिसहरुको जटिल समस्याहरुको समाधानको बाटो देखाउन आवश्यक छ। येशू प्रभुले भन्नुभयो “अन्धोले अन्धोलाई बाटो देखाउन सक्दैनँ। तर्सथ जीवनको समस्याहरुको समाधानको रुपमा येशूमा जीवन पाएकाहरुले मात्र माथिबाटको ज्ञान र शक्तिमा यो काम गर्न योग्यका र सक्षम हुन्छन्। परमेश्वरले संसारलाई प्रेम गरी सारा मानव जातिको उद्धारको काम र अनन्तसम्म रहने जीवनको बन्दोबस्त सम्पन्न येशूद्वारा गराउनुभएको छ। ऐतिहसिक रुपमा येशूले गर्नुभएको उद्धारको काममा उहाँमा,विश्वास उहाँसगँगरी र उहाँको निम्ति जिउन तयार हुने सबैको निम्ति उद्धार र अनन्त जीवन सित्तैमा उपलब्ध छ। उद्धार यो अनन्त जीवनले अहिलेको र यही संसारको जीवनमा समेत शान्ति, आनन्द तथा सफलता प्रदान गर्दछ। यो मरे पछि जिउने जीवन नभई अहिले र यहाँ जिउने नयाँ जीवनको शैली हो।यही सत्यताको साक्षी हामी ख्रीष्टियनहरुले हाम्रो जीवन, व्यवहार र बोलीबाट दिनु छ।

ख्रीष्टिय जीवन येशूमा, येशूसँग र येशूको निम्ति जिउने जीवन हो। भक्ति र कर्महरुबाट नभई विश्वासबाट मात्र परमेश्वरलाई रिझाउन सम्भव हुन्छ-ह्रिब्रु ११:६। यो विश्वास मानिसको मनले पत्याउने र स्वीकार्ने कुरा मात्र नभई सुसमाचार र पवित्र आत्माबाट हामीलाई परमेश्वरीय उद्धारको निम्ति योग्य बनाउने विश्वास हो। यसद्वारानै हामी येशू हाम्रो सट्टा क्रूसमा मर्नुभएको र उहाँको बौरी उटाईबाट प्राप्त नयाँ अनुभव गर्नको निम्ति येशूलाई व्यक्तिगत मुक्तिदाता र प्रभुको रुपमा ग्रहण गर्र्छौं। यो चाहिँ येशूलाई भन्दा पनि येशूमाथि भर पर्ने विश्वास हो। सुसमाचार र परमेश्वरको वचनको सत्यतालाई जानी र स्वीकारी पवित्र आत्म जीवित उपस्थितिलाई थाह र अनुभव गर्ने विश्वास हो। यो विश्वासले हामीमा जीवन परिवर्तनको शुरुवात गर्दछ र त्यही विश्वासले नै हामीमा परमेश्वरीय नयाँ जीवनको चाल, शक्ति र वृद्धि प्रकट हुँदछ।यही विश्वासले हामीलाई यो दुष्ट संसारमा हरेक परिस्थितिमा जयवन्त र धीरजी भई जिउन प्रेरणा र सक्षम बनाउँछ। विश्वासमा हामी अन्तसम्म विश्वासयोग्य भई जिएर मात्र र्स्वगको राज्यमा प्रवेश पाउँछौं, पतित भएमा र्स्वगको राज्य गुमाउनेछौं। तसर्थ हामी विश्वासमा दह्रिला रहेको कुराको जाँच गरीराख्न आवश्यक-हुन्छ (२कोरि १३:५)।

येशुमा जिउनु भन्नु येशूमा समर्पित जीवन हो। “मेरो पछि लाग” भनी येशूले भन्नुभएको त्यसकोलागि के के छोर्डनुपर्छ के बोक्नुपर्छ भने कुरा पनि स्पष्ट पार्नुभएको छ। मत्ती ११:२८मा उहाँको लागी उहाँसँग सिक्दै जिउने कुरा बताउनुहुन्छ। यूहन्ना १५मा “म तिमीहरुमा, र तिमीहरु ममा” भने सत्यलाई सिकाउँदै उहाँमा नरही ख्रीष्टिय जीवन नहुने प्रष्ट पार्नुहुन्छ। यही सत्यलाई यूहन्ना १७ को प्रार्थनामा (२१-२६) पनि उहाँले दोहोर्‌उनुहुन्छ। येशूमा जिउनु भनेको वचन र पवित्रआत्मामा जिउनु हो र उहाँलाई कार्यरत हुन हाम्रो जीवन र शरीर उपलब्ध गराउनु हो (रोमी १२:१,२, २ कोरि ५:१५)। यहीसत्यलाई पावलले आफ्नो जीवनमा साकार पारेको साक्षी गलाती २:२०मा दिन्छन्। तर्सथ हामी कोही पनि येशूबाट स्वतन्त्र भई आफ्नो जीवन एक पल पनि जिउन सक्दैनौं र यही कुरा फिलि १:२१ले उजागर गर्छ।

येशूसँग जिउनु भन्नु उहाँको उपस्थिति महसुस गरी जिउने जीवन हो। हामी कदापी एक्लै हुने छैनौं किनभने पवित्र आत्मा हामीमा स्थायी रुपमा बास बस्नुभएको छ र हामी पवित्र आत्माको मन्दिर हो। पवित्र आत्माद्वाराको येशूको उपस्थितिले हामीलाई सक्षम, सबल, सुरक्षित र होशियार बनाउँछ।हामीमा रहने परमेश्वरको वचनद्वारा प्राप्त ज्ञान र पवित्र आत्माको शक्ति र वरदानहरुले नै यो सम्भव बनाउँछ। “मकहाँ आउनेहरुलाई म कुनै रीतिले त्याग्ने छैन र म युगको अन्तसम्म तिमीहरुसँग रहनेछु” भनी उहाँले प्रतिज्ञा गर्नुभएको छ निम्ति उहाँको उपस्थितिको भय राखी योग्यको जीवन जिउन र हरेक कुरामा सधै उहाँको सल्लाह र अगुवाईमा जिउने बानी बसाल्नुपर्ने हुन्छ।जीवनको हरेक पक्षमा ‘म येशूसँग जिराखेको छु’ भने कुराको बोध र  जिम्मेवारी महसुस गरी उहाँमा ग्रहणयोग्य हुने प्रयास गर्नुपर्दछ।

येशूको निम्ति जिउनु भन्नुहाम्रो शारीरिक जीवनको लक्ष्य हो। रोमी ८:२९, २ कोरि ५:१५, गला २:२०, फिलि १:२१, १ पत्रुस २:९ आदिले यही कुरालाई निश्चित पार्छ। फल फलाउन र परमेश्वरको पूर्वयोजनाहरु- (एफि २:१०) पूरा गर्नको निम्ति येशूले हामीलाई बोलाउनुभएको छ। हाम्रो जीवनको प्रत्येक पक्ष परमेश्वरको सिद्ध इच्छा पूरा हुनुपर्दछ। हाम्रो शरीरलाई येशूले परमेश्वरको ममा चलाउन चाहनुहुन्छ। यस संसारमा भएको सबै असल काम परमेश्वरको काम हो तर्सथ हामी गर्ने प्रत्येक कार्य उहाँको अगुवाई निर्देशनमा र उहाँलाई रिझाउने उद्देश्यमा विश्वासयोग्यतामा हुनुपर्दछ। यी सबैबाट येशूको साक्षी हुने र दिने काम हुनुपर्दछ र अरुले हाम्रो काम देखेर परमेश्वर पितालाई महिमा दिन सक्नुपर्दछ-(मत्ती ५:१६)। ख्रीष्टियनहरुको निम्ति मेरो काम,संसारको काम र परमेश्वरको काम भने हुँदैन, उहाँले दिनुहुने काम उहाँको निम्ति गरेको र त्यही कुरा अरुले थाह गरेको उहाँले चाहनुहुन्छ। यही कुरा पावल र पत्रूसले पत्रहरुमा आमा बुवा, जवान, बाल बच्चा, कमारा, हाकिम र सबै कामदारहरुले कसरी परमेश्वरको निम्ति जस्तै जिउनु र काम गर्नुपर्छ भनी हामीलाई सिकाएका छन्।

येशूमा, येशूसँग र येशूको जिउनेहरुको निम्ति जीवनशैली कस्ता हुन्छन्? ख्रीष्टिय जीवनशैली भन्नु येशूलाई प्रदर्शन गर्ने जीवनशैली हो। हाम्रो बोली, चाल, काम गर्ने उद्देश्य र तरिका, कमाई, व्यवहार खवाई, रहाई, जवाई, सम्बन्धहरु, रहरहरु, अभिलाषाहरु आदि सबै येशूलाई झल्काउन उपयुक्त हुनुपर्नेहुन्छ। व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनको सबै पक्षमा कायम हुन आवश्यक हुन्छ। साथै भित्रि र बाहिरी जीवनमा एकैनाश हुनुपर्नेहुन्छ किनभने परमेश्वर सबै कुराको लोखाजोखा गर्नुहुन्छ। के कसरी र कति गर्छै भन्नु भन्दा पनि किन र कुन नियतले गर्र्छौं भने महत्वपूर्ण कुरा छ।परमेश्वरको वचनको आधारको अनुशासित जीवन र पवित्र आत्माको अगुवाईको जीवनबाट नै यो सम्भव हुन्छ। जीवनको प्रत्येक पक्ष र क्षेत्रलाई वचनको ऐनाकासामु तर्साई काटछाँट गर्नुपर्दछ र हाम्रो नियत र मनसायहरुमा पवित्र आत्माको नियंत्रण हुनुपर्दछ। यसको निम्ति मनको पूर्ण रुपान्तरणको आवश्यकता छ जो रोमी१२:२ले आह्वान गर्दछ। मन परिवर्तनद्वारा जीवन परिवर्तन हुनु नै ख्रीष्टिय जीवनको वास्तविकता हो र यो हाम्रो जीवनशैलीमा प्रकट र प्रदर्शित त्यसरी नै हामी ख्रीष्टका जीवित पत्रहरु बन्छौं जसलाई संसारले पढदछ्।

 

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

October 29, 2026

१२ कात्तिक २०८३, बिहीबार भारतको पूर्वी तटीय क्षेत्रमा आएको शक्तिशाली चक्रवात अर्नब का कारण आन्ध्र प्रदेशमा ठूलो जनधनको क्षति भएको...

कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो

कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो

October 28, 2026

        ११ कात्तिक २०८३, बुधबार काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

October 27, 2026

      १० कात्तिक २०८३, मंगलबार काठमाडौं : बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभाव नेपालमा पनि पर्ने देखिएको छ।...

एनपीएलको तेस्रो संस्करण आजदेखि: उद्घाटन खेलमा प्रधानमन्त्री शाह उपस्थित हुने

एनपीएलको तेस्रो संस्करण आजदेखि: उद्घाटन खेलमा प्रधानमन्त्री शाह उपस्थित हुने

October 26, 2026

      ०९ कात्तिक २०८३, सोमबार काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ।...

Recent Posts

  • चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त
  • कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो
  • मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
  • एनपीएलको तेस्रो संस्करण आजदेखि: उद्घाटन खेलमा प्रधानमन्त्री शाह उपस्थित हुने
  • कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In