• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, November 16, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

येशूको स्मरण – प्रभु भोज

by Tanka Subedi
April 2, 2015
in News & Events, Sermons, Special

lastsupper

यस बर्षको पबीत्र हप्ताको प्रभु भोजमा तीन महत्वपूर्ण बीषयहरुको स्मरण गरौँ। (प्रभु भोजमा सहभागी हुन नसक्नेहरुले व्यक्तिगत रुपमा यी कुरा मनन् गर्नुहोला।)

येशूको क्रूसमा मृत्यु, जुन कुरा येशूले पाहिलानै गरिसक्नु भएको छ।येशू सँग र ऊहाँलाई विश्वास गर्ने ख्रिष्टियानहरुसंग हाम्रो सम्बन्ध, अहिले।येशू महिमामा फेरि आउनुहुनेछ, भविष्यमा हुने कुरा।

 

येशू हाम्रो लागि क्रूसमा मर्नुभयो

 

त्यस रातमा चेलाहरुसँग खाइरहनुहुँदा प्रभु येशूले रोटी हातमा लिई भन्नुभयो “तिमीहरुको निम्ति दिइएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर।“ उनीहरु सबैले यो रोटीका टुक्रा खाए। आज हामी पनि यही स्मरण गर्दै सबैले रोटीका टुक्रा खान्छौं।

त्यसै गरी रोटी खाए पछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो “यो कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो। जब हामी रस पिउछौं यो कुराको स्मरण गर्छौं। येशूको रगत हाम्रो लागि नयाँ करार स्थापना गर्न बगाइएको थियो।

अनि उहाँले रोटी लिनुभयो र धन्‍यवाद चढ़ाउनुभएपछि त्‍यो भाँच्‍नुभयो र तिनीहरूलाई यसो भन्‍दै दिनुभयो, “तिमीहरूका निम्‍ति दिइएको यो मेरो शरीर हो। मेरो सम्‍झनामा यो गर्ने गर।”

 यसै गरी खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो।”  लूका २२:१९-२0

पुरानो करारमा वार्षिकरुपमा जनावरको रगत छर्केर र शुद्ध पारिन्थ्यो। येशूको रगतद्वारा स्थापना भएको नयाँ करारमा हामी एकैपटकमा शुद्ध हुन्छौं।

cross

यसकारण पहिलो करार पनि रगतविना पक्‍का हुन सकेन। जब मोशाले व्‍यवस्‍थाको हरेक आज्ञा मानिसहरूलाई सुनाइसके, तब उनले बाछा र बोकाहरूको रगत, पानी, रातो ऊन र हिसपका स्‍याउलासहित, व्‍यवस्‍थाको पुस्‍तकमाथि र सबै मानिसहरूमाथि छर्के। अनि उनले यसो भने, “परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएको करारको रगत यही हो।” यसै गरी उनले पवित्र वासस्‍थानमाथि र आराधनामा चलाइने सबै भाँड़ाहरूमाथि त्‍यसै किसिमले रगत छर्के। वास्‍तवमा, व्‍यवस्‍थाअनुसार रगतले प्राय: सब थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापको क्षमा हुनै सक्‍दैन।

यदि स्‍वर्गीय कुराहरूका नमूनालाई शुद्ध पार्न यी विधिहरू चाहिए भने स्‍वर्गकै कुराहरूलाई शुद्ध पार्नु त अझ उत्तम बलिको आवश्‍यकता पर्‍यो। ख्रीष्‍ट हातले बनाएको पवित्रस्‍थानभित्र प्रवेश गर्नुभएन, जोचाहिँ साँचो पवित्रस्‍थानको नकल मात्र हो, तर उहाँ स्‍वर्गभित्रै प्रवेश गर्नुभयो, र उहाँ हाम्रो पक्षमा परमेश्‍वरको सामु उपस्‍थित हुनुभएको छ। येशू आफैलाई बारम्‍बार बलि चढ़ाउन स्‍वयम्‌ पस्‍नुभएको होइन, जसरी प्रधान पूजाहारी सालिन्‍दा आफ्‍नै रगत होइन, तर अर्काको रगत लिएर महापवित्र स्‍थानभित्र प्रवेश गर्ने गर्दछन्‌। नत्रता संसारको उत्‍पत्तिदेखि नै उहाँले बारम्‍बार दु:ख भोग्‍नुपर्नेथियो। तर यस युगको अन्‍त्‍यमा आफ्‍नै बलिद्वारा पाप हटाउनलाई उहाँ सधैँको निम्‍ति एकै पल्‍ट प्रकट हुनुभएको छ। जसरी मानिसको निम्‍ति एक पटक मर्नु निश्‍चित छ, र त्‍यसपछि इन्‍साफ, त्‍यसरी ख्रीष्‍ट पनि धेरै जनाका पाप बोक्‍नलाई एकै पल्‍ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्‍ट देखा पर्नुहुनेछ, पाप बोक्‍नका निम्‍ति होइन, तर उत्‍सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्‍ति। हिब्रू ९:१८-२८

पावलले भनेझैं हरेक पटक प्रभुभोज लिदा हामीले उहाँको मृत्युको स्मरण गर्छौं र त्यसैको घोषणा पनी गर्छौं।

किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्‍छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेल तिमीहरू प्रभुका मृत्‍युको घोषणा गर्दछौ। १ कोरिन्थी ११:२६

येशूको मृत्युको संम्झना र घोषणा गर्ने यही विधीलाई प्रभुभोज भनिन्छ। येशूको मृत्यु दु:खको कुरा हो कि खुशीको? धेरैपल्ट मृत्यु भन्ने बित्तिकै दु:खको कुरा जस्तो लाग्छ तर येशूको मृत्यु दु:खको कुरा नभई संसारकै सर्वोत्तम खुशीको कुरा हो। त्यसैले त उहाँ मरेको दिनलाई गुड फ्राईडे (Good Friday) भनिन्छ।

येशूको मृत्यु परमेश्वरले हामीलाई अत्यनतै प्रेम गरेर दिएको उपहार हो यसलाई हामीले खुशी साथ ग्रहण गर्नुपर्छ। निराश भएर, चिन्तित भएर, दु:ख मनाउँदै उहाँको मृत्युको सम्झना गर्नुपर्दैन।

प्रभु भोज येशूको मृत्युको सम्झना हो तर मृत संस्कार होइन। उहाँ मरेको मरै हुनुभएन तर मृत्युलाई जित्नुभयो। त्यसैले प्रभुभोजको टेबलमा सहभागी हुँदा हामी खुशी र आनन्द साथ सहभागी हुन्छौं। येशूले मृत्युलाई जित्नुभएको छ।

किनकि छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्‍यही स्‍वभाव लिनुभयो, ताकि मृत्‍युद्वारा नै मृत्‍युको शक्ति भएकोलाई,अर्थात्‌ दियाबलसलाई उहाँले नष्‍ट गरून्‌,र मृत्‍युको डरले आजीवन बन्‍धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन्‌। किनकि साँच्‍चै नै उहाँले स्‍वर्गदूतहरूको होइन, तर अब्राहामका सन्‍तानको वास्‍ता गर्नुहुन्‍छ। हिब्रू २:१४-१६

 

येशू सँग हाम्रो सम्बन्ध

 

हामी जतिले येशूको क्रूस बोकेर हिँडने निर्णय गरेका छौं हाम्रो लागि प्रभुभोज अति महत्वपूर्ण छ। यसले येशूले स्थापना गर्नुभएको नयाँ करारमा हामी लगातार लागिरहन्छौंभन्ने प्रतिबध्दता देखाउँछ। पावल भन्छन् प्रभुभोजमा हामी उहाँसँग भएको स्मरण गर्छौं। उहाँसँग खान्छौं र सहभागी हुन्छौं।

जुन आशिष्‌का कचौराको निम्‍ति हामी आशिष्‌ माग्‍छौं, के त्‍यो ख्रीष्‍टको रगतमा हुने सहभागिता होइन र? र त्‍यो रोटी, जो हामी भाँच्‍छौं, के त्‍यो ख्रीष्‍टको शरीरमा हुने सहभागिता होइन र? १ कोरिन्थी १०:१६

नयाँ करारमा येशूसँग सहभागी हुने कुरा धेरैपल्ट पाउँछौं। हामी उहाँसँग क्रूसमा सहभागी हुन्छौं मृत्युमा सहभागी हुन्छौँ, पूनरुत्थानमा सहाभागी हुन्छौं र जीवनमा सहभागी हुन्छौं। उहाँ हामीमा र हामी उहाँमा भएको आत्मिक कुराको चिन्हको रुपमा प्रभु भोजलाई लिन सक्छौं। प्रभुभोज येशूसँगै सहभागी हुने विधी हो। त्यसैले प्रभु भोजमा सहभागी हुन आउँदा आफैलाई जाँचेर येशूको लायक भएको थाहा पाउनु अत्यन्तै जरुरी छ।

मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्‍त जीवन छ, र अन्‍त्‍यको दिनमा म त्‍यसलाई जीवित पार्नेछु। किनभने मेरो देह साँच्‍चै खानेकुरो हो, र मेरो रगत साँच्‍चै पिउने कुरो हो। मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्‍छ, र म त्‍यसमा रहन्‍छु। जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्‍यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ। यूहन्‍ना ६:५४-५७

हरेक मानिसले आफूलाई जाँचोस्‌, अनि मात्र त्‍यसले रोटी खाओस्‌, र कचौराबाट पिओस्‌।              १ कोरिन्थी ११:२८

प्रभुभोज हामीले एउटै रोटीबाट खान्छौं र एउटै कचौराबाट पिउँछौं। यसले येशूमा विश्वास गर्नेहरुको एकतालाई पनि संकेत गर्छ।

रोटी एउटै हो, यसकारण धेरै भए तापनि हामी एउटै शरीर हौं, किनकि हामी सबै एउटै रोटीबाट खान्‍छौं। १ कोरिन्थी १०:१७

येशूको नाउँमा बीशवास गर्ने र उहाँमा समर्पित जीवन जिउने हरेक एउटै शरीर हुन, प्रभु भोजमा सहभगिताले यो सत्यलाई प्रस्तुत गर्दछ।

येशू फेरि आउनुहुनेछ

 

येशू प्रभु राज्यको सम्पूर्ण महिमामा फेरी आउनुहुन्छ। प्रभुभोजमा हामी यस कुराको पनि संमरण गर्छौं। जब जब हामी प्रभुभोज लिन्छौं हामीले प्रभु येशूको यो प्रतिज्ञालाई पनि स्मरण गर्दछौँ।

तर म तिमीहरूलाई भन्‍दछु,कि दाखको यस फलबाट म तबसम्‍म पिउनेछैनँ, जबसम्‍म आफ्‍ना पिताको राज्‍यमा तिमीहरूसँग नयाँ गरी पिउँदिनँ।” मत्ती २६:२९

पावलले पनि १ कोरिन्थी ११:२६ मा भनेका छन्

किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्‍छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेल तिमीहरू प्रभुका मृत्‍युको घोषणा गर्दछौ।

प्रभुभोज त्यसैले येशू प्रभुले पहिल्यै गरिसक्नुभएको कुरा अहिले हामीसँगै भएको कुरा र उहाँ आउने प्रतिज्ञाको सम्झना तथा घोषणा हो।

जुन अनुग्रह अब हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूको आगमनद्वारा प्रकट गर्नुभएको छ। उहाँले मृत्‍युलाई नाश गरेर जीवन र अविनाशलाई सुसमाचारद्वारा प्रकाशमा ल्‍याउनुभयो। २ तिमोथी १:१० यहि अनुग्रहले तपाईको जीवनमा वास गरोस्। आमेन।

2ndcoming2

 

 

पास्टर टंक सुबेदी

फेमिली अफ गड चर्च

नक्खु

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In