ललितपुर-हरेक वर्ष झै यस वर्ष पनि फेमिली अफ गड चर्च, आइटीन र किङ्गस चर्चको संयूक्त आयोजनामा यसै हप्ता चैत २ गतेदेखि ५ गतेसम्म परिवर्तीत जीवन संगती बागडोलमा नेपाल अगुवा सम्मेलन हुँदैछ। उक्त कार्यक्रम आज उद्घाटन भएको छ।
उद्घाटन कार्यक्रममा नेपाल अगुवा सम्मेलनका वक्ताहरू इयन विशेट र किथ सेनोरलाई माला लगाई स्वागत गरिएको थियो। उदघाटन कार्यक्रममा माननीय लोकमणी ढकाल र ललितपुर जिल्ला विकास समीतिका वरिष्ट सामाजिक परिचालक विश्वेश्वर प्रसाद कोइरालाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
यस सम्मेलनका मुख्य अगुवा पास्टर टंक सुबेदीले यस सम्मेलनले दूर्गम भेगका मण्डलीमा आत्मिकी ताजगी र आत्मिकी उत्साह मिल्ने छ भनी विश्वास राखेको कुरा स्पष्ट पार्नुभयो। साथै काठमाडौं लगाएतका ठाउँबाट आउनुभएका अगुवाहरूले आशिष् पाउने आशा व्यक्त गर्नुभयो।
कार्ययक्रममा विभिन्न जिल्लाबाट लगभग १०० आमन्त्रीत हुनुहुन्छ।
Discussion about this post