२०७१ फागुन २८ गते डाँडाबजार धनकुटामा ४० दिने उपवास प्रार्थना सम्पन्न भएको छ। क्याम्पस क्रुसेड फर क्राइस्ट नेपालको ४० दिने प्रार्थना अभियानमा धनकुटा क्षेत्र नं १ इलाका इसाइ समाज धनकुटा, मोरङ र क्याम्पस क्रुसेडको संयूक्त आयोजनामा सम्पन्न भएको हो। प्रार्थाना भेलामा १२ वटा चर्चबाट सहभागिता रहेको थियो। श्री भानुभक्त उच्च माध्यामिक विद्यालयको स्रोतकेन्द्र हलमा कार्यक्रम भएको थियो। एकिकृत इसाई समाज धनकुटा र मोरङका अध्यक्षको सभापतित्वमा कार्यक्रम भएको थियो। कार्यक्रमका अतिथि साधु कुमार फिजोङ हुनुहुन्थ्यो। क्याम्पस क्रुसेडका प्रतिनिधि पास्टर रामकुमार राईले प्रवचन दिनुभएको थियो। कार्यक्रममा ५ जना सहभागीहरू सिता लिम्बु, पुष्प राई, डम्बर कुमारी मगर, पास्टर पञ्च ब गजमेर र पास्टर दिल बहादुर मगरले गवाही बाँड्नुभएको थियो। नवजागृति चर्च डाँडाबजारका पास्टर युवराज राईको संयजकत्वमा कार्यक्रम भएको हो। कार्यक्रमका सञ्चालक पनि पास्टर युवराज राई नै हुनुहुन्थ्यो। क्याम्पस क्रुसेडले सन २०२० सम्ममा काठमाडौंमा प्रेयर टावर बनाउने अभियान चलाएको छ। यो अभियानको लागि समाजबाट पास्टर दिल बहादुर मगरले रु. ८,००० रकम पास्टर रामकुमार राईलाई हस्तान्तरण गरेको कुरा पास्टर युवराज राइले जानकारी दिनुभएको छ।
Discussion about this post