• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, December 4, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

येशू ख्रीष्टको जन्म हामी मानवको जीवन

by Rev. Dr. Bal Krishna Sharma
December 23, 2014
in Articles, ख्रीष्टमस शुभकामना

Balkrishna Christmas 125

WISH YOU A MERRY CHRISTMAS AND A HAPPY

NEW YEAR 2015

B K SHARMA AND FAMILY

 
रेभ. डा. बाल कृष्ण शर्मा

Rev. Dr. Bal Krishna Sharma
Rev. Dr. Bal Krishna Sharma

येशूको जन्म दिनलाई विशेषगरी डिसेम्बर महिनामा मनाउने विश्‍वव्यापी चलन रहेको छ । किन हामी यो उत्सव मनाउँछौँ भन्‍ने विषयमा येशूमा विश्वास गर्नेहरूले जानु आवश्यक छ र यसका साथै अहिलेसम्म येशूलाई व्यक्तिगत रूपमा नचिन्‍नुभएकाहरूले पनि येशूको जन्मको महत्वलाई बुझ्नुभएमा येशूलाई चिन्‍ने अवसरको ढोका खोलिन्छ । आज विश्‍वभरि नै मानवजाति आफ्नो जीवनको निम्ति संघर्ष गरिरहेको छ । विश्‍वमा कुनै पनि देशमा शान्ति छैन। हामीलाई आदर्शलाग्‍ने कतिपय पश्‍चिमी देशहरूमा पनि उनीहरूका गहिरा समस्याहरू छन् । अब मानवजातिको निम्ति अर्थपूर्ण जीवनको कुनै आशा र सम्भावना छ त ? भन्‍ने प्रश्‍न मानवको भित्रपट्टि गुम्सिएको अवस्था छ ।

मानव स्वभावलाई हेर्‍यो भने उसले शान्ति र समृद्धि चाहन्छ । त्यसैका निम्ति ऊ पढ्छ, काम गर्छ, परिवारको स्थापना गर्छ, धनको आर्जन गर्छ र विभिन्‍न तह र तप्काका व्यक्तिहरूसँग सम्बन्ध राख्‍ने प्रयास गर्छ । यी सबै हुँदाहुँदै पनि किन मानव कलह, झगडा, द्वन्द्व, इर्ष्या, लोभ, हत्या, व्यभिचार, चोरीजस्ता कुराहरूमा सक्रिय हुन्छ ? भन्‍ने विषयलाई मानवले बुझ्न सकेको छैन । मानवमा हुने यी सबै स्वभावहरू केही खराब कुराको जराबाट निस्केका हुन् र त्यो जरालाई मानवजातिले बुझ्नुपर्दछ ।

मैले माथि यो छोटो पृष्ठभूमि दिनुको कारणचाहिँ मानवजातिले ख्रीष्टमसको साँचो मर्मलाई बुझ्नुपर्दछ । ख्रीष्टमस मान्‍ने वा नमान्‍ने सम्बन्धमा आज ख्रीष्टियनहरूका बीचमा पनि अलग सोचहरू छन् । तर यस यथार्थलाई बुझ्नुपर्दछ कि एकदिन ख्रीष्ट यस पृथ्वीमा जन्मनुभयो र उहाँ उद्देश्यसाथ आउनुभएको हो र त्यो उहाँको उद्देश्यलाई मानवजातिमा पुर्‍याउने यो ठूलो अवसर हो भन्‍ने सोचमा हामीले ख्रीष्टमसलाई मान्‍नुपर्दछ । यसको सही अर्थ विनानै एउटा चाडको रूपमा मात्र हामीले मान्यौँ भने यो परम्परा बन्छ र यसको उद्देश्य समाप्‍त हुन्छ । आज कतिपय देशहरूमा ख्रीष्टमसलाई गलत किसिमले मानिएको प्रशस्त उहाहरणहरू हामीसँग छन् । अब हामी ख्रीष्टमस के हो भन्‍ने बारेमा विचार गरौँ :

१.    ख्रीष्टमस शब्द ख्रीष्ट शब्दसँग जोडिएको छ यही शब्दबाट नै ख्रीष्टमस शब्दको निर्माण भएको हो । यसले ख्रीष्ट जन्मनुभएको समयको उत्सवलाई सम्बोधन गर्छ । ख्रीष्ट यस पृथ्वीमा एक दिन जन्मनुभयो र हामीले उत्सहाकासाथ यो समयलाई सदुपयोग गर्नुपर्छ। ख्रीष्ट शब्दको अर्थ अभिषेक गरिएका व्यक्ति भन्‍ने हुन्छ ।

२.    मानवको पाप स्वभावलाई सम्बोधन गर्नका लागि ख्रीष्ट यस पृथ्वीमा आउनुभयो । ख्रीष्ट किन यस पृथ्वीमा मानवका रूपमा जन्मनु आवश्यक थियो भन्‍ने विषयलाई पनि हामीले बुझ्नुपर्दछ । उत्पत्ति १:२६ मा परमेश्‍वरले मानवलाई सृष्टि गर्नभएको कुरा उल्लेख छ । उहाँले मानवलाई आफ्नो स्वरूपमा सृष्टि गर्नुभयो । दुवै पुरुष र स्त्रीलाई ज्ञान, बुद्धि, विवेक, स्वतन्त्रइच्छा, पवित्रता साथै परमेश्‍वरीय गुणहरूसहित सृष्टि गरिएको थियो । तर परमेश्‍वरले मानवलाई मेसिनका रूपमा सृष्टि गर्नुभएन तर छान्‍न पाउने अधिकारसहित सृष्टि गर्नुभयो । तर मानवले परमेश्‍वरको आज्ञा उल्लङ्घन गरेको हुनाले यस पृथ्वीमा पापको प्रवेश भयो र आदम र हव्वाका सबै सन्तानहरू पाप स्वभाव लिएर यस पृथ्वीमा जन्मे र आज पनि पृथ्वीका सम्पूर्ण मानवजातिको हालत यही नै छ । तर परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुभएको हुनाले उहाँले उसलाई त्यतिकै छोडनुभएन, तर उसको उद्धारको निम्ति मुक्तिदाता जुटाउनुभयो । यही मानव संघर्षलाई सम्बोधन गर्नका लागि नै ख्रीष्टको जन्म हुनुपरेको थियो ।

३.    अगमवाणी पूरा गर्नका लागि ख्रीष्ट यस पृथ्वीमा आउनुभयो । येशू ख्रीष्ट एक्‍कासी यस पृथ्वीमा देखा पर्नुभएको होइन । उहाँले मानव रूप लिएर यस पृथ्वीमा आउनुभन्दा हजारौँ वर्ष पहिले नै उहाँको आगमनको बारेमा पुरानो करार बाइबलमा अगमवाणी भइसकेको थियो । परमेश्‍वरले मीका अगमवक्तलाई यो सन्देश दिनुभएको थियोः

‘ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनैभन्दा पनि तुच्छ छैनस्, किनकि तँबाट एउटा शासक निस्किआउनेछन् जसले मेरा मानिस,इस्राएलको हेरचाहा गर्नेछन्’ (मीका ५:२) ।

यसैले माथि उल्लिखित अगमवाणी लगायत अन्य अगमवाणी पूरा गर्नका लागि येशू आउनुभयो । उहाँ उद्देश्यसाथ यस पृथ्वीमा आउनुहुन्छ भन्‍ने कुरालाई अगमवक्ताहरूले स्पष्ट पारेका थिए । कन्या केटीबाट पवित्र आत्माको शक्तिमा येशूको जन्म हुनेछ भनी यशैया अगमवक्ताले अगमवाणी गरेका थिए ।

४.    येशू ख्रीष्टको जन्मको समयमा उहाँ आउनुको उद्देश्यलाई स्पष्ट पारिएको थियो । बेथलेहेममा येशू जन्मनुभएपछि उहाँको जन्मको शुभ समाचार दिनका लागि स्वर्गदूतहरू गोठालाहरूकहाँ देखापरेका थिए । स्वर्गदूतले तिनीहरूलाई भने,

नडराओ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाऊदको शहरमा तिमीहरूका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ । …तब एक्‍कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखापर्‍यो । परमेश्‍वरको स्तुति गर्दै तिनीहरूले भने, “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ, तिनीहरूलाई शान्ति !” (लूका २:१०-१४) ।

येशू ख्रीष्ट संसारमा आउनुभएको उद्देश्यलाई यहाँ स्पष्ट पारिएको छ। उहाँ हाम्रा निम्ति मुक्तिदाता भएर जन्मनुभएको हो । के उद्देश्यका निम्ति उहाँ हाम्रा मुक्तिदाता बन्‍नुभयो? हामीहरूका पापबाट हामीलाई क्षमा गर्नका लागि । उहाँको जन्ममा परमेश्‍वरको महिमा भएको छ किनकि अब मानवजाति फेरि फर्केर परमेश्‍वरमा आउनसक्‍ने भयो । उसले पापको कारण गुमाएको अधिकार फेरि ख्रीष्टको कारण पुनःप्राप्‍त गर्नसक्‍नेभयो । ख्रीष्टको जन्मको कारण परमेश्‍वर र मानवका बीचमा मिलाप भएको छ । ख्रीष्टद्वाराको यस मिलापलाई स्वीकार गर्ने हरेक व्यक्तिले उद्धार पाउँछ र परमेश्‍वर त्यस व्यक्तिसँग प्रसन्‍न बन्‍नुहुन्छ । एकजना पापीले येशूलाई मुक्तिदाताका रूपमा ग्रहण गर्दा स्वर्गमा ठूलो आनन्द हुनेछ भनी बाइबलले हामीलाई बताएको छ । परमेश्‍वर जससँग प्रसन्‍न हुनुहुन्छ ती व्यक्तिहरूले मात्र साँचो शान्ति पाउँछन् । शान्तिको स्रोत कुनै मानव होइन, कसैले शान्ति दिन्छु भन्दैमा शान्ति आउँदैन र यो परमेश्‍वरबाट आउने दान हो । आज हामी हाम्रो जीवनमा साँचो शान्ति चाहन्छौँ भने हामीले परमेश्‍वरलाई प्रसन्‍न पार्नुपर्छ र हामी त्यसबेला परमेश्‍वरलाई प्रसन्‍न पार्नसक्छौँ जब हामी ख्रीष्टलाई आफ्ना मुक्तिदाताका रूपमा ग्रहण गर्छौँ । ख्रीष्टमस वा ख्रीष्टजन्मको उत्सव मनाउनु भनेको ख्रीष्टलाई चिन्‍नु हो ।

५.     ख्रीष्ट जन्मनुको उद्देश्य हाम्रा उद्धारका लागि मर्नुभई तेस्रो दिनमा बौरिउठ्नु हो । येशूको जन्म जहिले पनि उहाँको मृत्यु र पुनरुत्थानसँग जोडिएको हुन्छ । यसैले येशूको जन्मोत्सव मनाउँदा खुशीका साथसाथै गम्भीर पनि हुनुपर्छ, किनकि उहाँको जन्मसँग मृत्यु र पुनरूत्थान पनि जोडिएको हुन्छ । ख्रीष्टको जन्मको स्मरण गर्दा यसबाट प्राप्‍त नतीजालाई पनि सधैँ ध्यान दिनुपर्छ । ख्रीष्टको जन्म र मृत्यसँग जोडिएको अर्को महत्वपूर्ण पक्षचाहिँ ख्रीष्टको उद्धारको सुसमाचार सबैलाई सुनाउने जिम्मेवारी पनि हो । येशू मेरो उद्धार गर्नका लागि जन्मनुभएको हुनाले उहाँले सबैका लागि उद्धार गर्नुहुनेछ भन्‍ने विश्‍वासकासाथ सुसमाचारलाई घोषणा गरिनुपर्छ । ख्रीष्टमसले सुसमाचारको घोषणालाई विशेष स्थान दिनुपर्छ ।

अत, ख्रीष्टमसले नयाँ सन्देश मानिसहरूलाई दिन्छ । ख्रीष्टमसको उद्देश्य परम्परालाई कायम राख्‍नु नभई मुक्तिदातालाई मानिसहरूका बीचमा पुर्‍याउनु हो । आज विश्‍वमा भइरहेका थुप्रै चुनौतीहरूलाई सामना गर्नका लागि हामीलाई परमेश्‍वरको सहयोग चाहिन्छ र ख्रीष्ट आफै हाम्रा लागि त्यो सहयोग हुन आउनुभएको छ । हामीलाई चाहिने शान्ति र समृद्धि उहाँले नै दिनुहुन्छ र हामीले आफ्ना पापहरूबाट पश्‍चाताप गरी येशूमा आयौँ भने हाम्रो लागि आशा छ, संसारको हरेक व्यक्तिका लागि आशा छ ।

सन् २०१४ को ख्रीष्टमस र नयाँ वर्ष २०१५ को शुभ कामना तपाईंहरू सबैलाई दिन चाहन्छु । प्रभु येशूको जन्मले तपाईंको जीवनमा शान्ति र समृद्धि ल्याओस् ।

 

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In