• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, November 19, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आजभोलिका कुरा

by Loknath Manaen
December 22, 2014
in Articles
Loknath Manaen
Loknath Manaen

English Translation – Some Matters of Concern

अरजेन्ट समयको नजीक हामी पुगिसकेको भान भइरहेछ । ख्रीष्ट विश्वासी, दिदी, बहिनी, दाजु, भाइ– प्रार्थना, पश्चाताप, प्रशंसा, पठनको अनिवार्यतालाई हामीले थाहा गरिरहनुपर्छ है सधैं । ‘वचनको पठन’ त्यही हो प्रथम प्राथमिकता । मण्डलीमा सबैभन्दा नेगलेक्ट भएको कुरो पनि त्यै हो । बाइबल अध्ययनविना ऊ को हो, म के हुँ, के हुन्छ, के हुँदैन, के बोल्ने, के नबोल्ने, केही थाहा हुन्न यदि वचनको सर्वोच्चता र केन्द्रियता नै जीवन, दिमाग, सोच र परिवारमा छैन भने कुनै पनि विषयमा आधिकारिक कुरा बोल्ने हामीलाई छूट छैन । कारण हाम्रो आधार बाइबल हो । प्रभुको सदावचन ।

 

संविधान संविधान भनेर देश कुन्नि किन पागल, दिवाना भइरहेछ । हाम्रो हातमा आइसकेको आफ्नै यति पुरानो, विश्वव्यापी संविधान कतिको पढिँदैछ ? कतिको वाचन र प्रचार गरिँदैछ ? मानिन्दैछ अनि सोचिँदैछ ? यो किताबचाहिँ नहेर्ने अनि अर्को घरीघरी बद्लने किताबको बारेमा ढोल पिट्ने ? यो सुहाएन । परमेश्वर कन्ट्रोलमा हुनुहुन्छ । मरिजाने, मारिने, पदबाट लखेटिने, खेदिने, खसालिने, कार्यशैलीको हिसाबमा जग हँसाउने (उदाहरण सार्कको तयारी, जनतालाई हैरानी) भागभण्डाका निर्लज्ज जुवाडे, दिनरात छेवैको रुखको ठूटोबाट अख्तियार आयोगको लाटोकोसेरोले चियाइरहनुपर्ने, प्रहरीले लगेर जेलमा थन्काइसकेका मानिसहरू पनि मिसिएको समूहले कोर्दै गरेका पानाले हाम्रा प्रभुको महान एकलेसियाको भविष्य निर्धारण गर्ने ताकत राख्छ भने मैले तपाईले बाइबल बन्द गर्नुपर्छ । राजा विरेन्द्रको समयभरि चर्चलाई खेदो गर्ने काम भएको थियो । संविधानले र मुलुकी ऐनले बिलकुल साथ दिएन । तर प्रभुको साथ त बेहिसाब थियो नि होइन र ? एकअर्कामा हामी खुवै मिलेका थियौं ।

 

नेता, (कथित नेताहरूलाई) थाहा छैन के गर्ने, कसरी चलाउने, कसरी जिउने । भरखर, बसमा मान्छे कोच्नुहुन्न भनी सिक्दैछन्, भरखर, बस ड्राइभर शिक्षित हुनुपर्छ भनी सिक्दैछन् । उल्टो उनीहरू बस व्यवसायीहरूको अघि तीन दिनभित्र झुकेर लम्पसार बन्नुप¥यो । कारण बस, ट्रक डनहरूल बन्द गरिदिए । मान्छे मार्ने उनीहरूको अधिकार यथावत । अब चौडाइएको रिङ्ग रोडमा मानिसहरू भटाभट मर्न थालेपछि, ‘ओहो क्रसिङ्ग पो बनाउनुपर्छ, ए पूल बनाउनुपर्छ’ भनी सोच्नेवाला छन् – (तर भागबन्डा विना चैं होइन ।) ‘बारम्बार रिङ्गरोड ‘बन्द’ ‘बारम्बार लासको ‘मोलतोल’ सँग दिक्क भएर कमसे कम चालीस मान्छे परलोक भएपछि बुद्धि खुलिनेछ । हेर्दै जानुहोला । कारण यहाँ धेरै दिनको लागि र धेरै वर्षको लागि सोच्ने चलन बस्न सकेन । सरकार महिना, महिनामा चेन्ज हुने देशमा यो अस्वाभाविक होइन ।

 

कोही भन्छन्, कार्लमाक्र्स यसो भन्छन् अर्को – होइन माओ उसो भन्छन्, ह्यात राम यसो भन्छन् क्या ? लौ कृष्णले झन उसो भन्छन्, विपिले यसो भनेका छन्, होइन साईको कुरा सुन्नुहोस् न । ‘आफै’ सोच्न र आफै बोल्न डराउने मान्छेहरूको अघि हामी किन ठूलोठूलो माग राख्दैछौं । उनीहरू सधैं झूट बोल्छन् भनी अझै हामी सिक्न सक्दैनौं ? एक मत छैन । एकथरी, जात मान्ने भन्छन्, दलितलाई ढिम्किन नदिने भन्छन् । अर्को कुर्लिन्छन् – हैन तेसो गर्नु हुँदैन यो वीसौं शताब्दी, एक्काइसौं शताब्दी हो । के भनेको ? अब त मूर्ख बोली बोलिपठाउँदा पनि हेक्का हुन्न । के भन्न चाहेको ? अठारौ शताब्दीमा विधवा जलाउनु ठीक थियो भनेको ? १९सौ शताब्दीमा कामी र सार्कीलाई छाला काड्नु उचित थियो ? कि के भनेको ?

 

विधवाको इज्जतको बारेमा बाइबलमा पढ्नुहोस् । दलितको कन्सेप्ट बाइबलमा छँदै छैन । कोरान, ग्रन्थसाहिब, त्रिपिटक कहीं पनि छैन । –विश्वको कुनै ग्रन्थमा छैन । महिलालाई बाइबलले दिएको इज्जतको हदसँग त कति पुरष नाराजै बन्छन् । को हो ठूलो ? भनी प्रश्न गर्दा प्रभु येशूवाले ‘सबैभन्दा सानु र सेवक मन भएका नै ठूला’भन्नुभएको छ । ‘सबैभन्दा नम्र नै उच्च अख्तियारको योग्य’ भन्नुभएको छ होइन र ? पक्का कुरा सोच्ने र गर्ने मान्छे बाइबल पढ्ने मान्छे हो । त्यो ‘बाइबल जान्ने’ नेपाली अमेरिका पस्दा कि नेपालमा बस्दा उत्तिकै उच्च कुरा गर्छ । अमेरिकनहरूको अघि हतारको साथमा विचार र वार्तालाप एडजस्ट गर्नुपर्दैन । अनि यो ज्ञान त्यो बाइबल पाठकको लागि इश्वी एक्काइसौं शताब्दीमा खुलिएको होइन पहिलो शताब्दीबाट सुरु भएको हो ।

 

संघीयता अन्तर्गत, राज्य विभाजन भनेको, नाङ्गो अर्थमा बाहुन राजको समाप्ती हो । यो उनै ब्राह्मण जातिभित्र चलेको भय मिश्रित हौवा हो । सायद कर्तुती इतिहासको नतिजा पनि हो । तर खुशीको कुरोचाहिँ होइन । सबैभन्दा पढेका, जानेका र शासनलाई चलाउने इतिहास र क्षमता भएका उनीहरू हुन् । यसमा कुरा चपाउने कुनै आवश्यकता छैन । यतिका वर्ष उनीहरूले आफ्नालाई मात्र नच्यापेर, सबैलाई पनि सँगै हुर्काएका, बढाएका भए, उनीहरूलाई देशले धन्यवाद दिने थियो र शासनको अभिभारा उनीहरूबाट खोसिने थिएन । चाहिने र नचाहिने दुवै खालका अपजस उनीहरूमाथि खनिएको छ । (लेखकको लेखले उसलाई अप्रिय बनाए पनि उसको कर्तव्य हुन्छ सत्य बताउने कोसिस गर्नु ।)

 

जे होस खतराको घन्टी सुरु भयो । अझै पनि थोरै आशा छ । बाहुन, क्षेत्रीले अलग राज्य माग्ने आत्मघाती काम नगरे हुन्थ्यो । उक्त राज्यमा पनि फेरि ‘म ठूलो, तँ धूलो’ भन्ने प्रवृतिको पुनरावृत्ति हुने नै छ । उनीहरूले भनून् बरू – “जुनजुन राज्यलाई हाम्रो सेवाको आवश्यकता छ हामी त्यहाँ निष्ठापूर्वक सेवा दिन र सेवकको हैसियतले राज्य, राज्यको उन्नति प्रगति गराउने छौं ।”

 

उनीहरूले खतरा विहीन, क्षमतापूर्ण, स्रोत व्यक्तिको रूपमा राज्य उन्नतिको कल्याणकारी प्रतिस्पर्धामा आफूलाई सामेल गराउन सक्नेछन् । त्यसो भएमा संघीय ढाँचाको मुलुकले चाँडो प्रगति गर्नेछ ।

 

तर उनीहरू नै घबराएर अचानक हिन्दूइजमको विगुल बजाउन थालेका छन् । बिगुलले त माओवादीलाई तम्साउँदैछ । “ए तिमर्ले खोजेका हौ त ?” भन्न जनजातिलाई सु¥याउँदैछ । एउटा कुरा नोट गरौं । माओवादी हारेको, थाकेको जमात हो । एक समय गौरवमय, संग्रामी, महासेठ अनि मुलुकलाई लितिकलितिक हत्तु हैरान पारेका टाकुराबाट झरेका क्रान्तिकारी समूह । सबसँग मिल्ने कोसिस गर्दैछन् । इज्जत जोगाउन, पुराना रेकड मेटाउन धौंधौं भइरहेको अवस्था छ ।

 

मुठभेडमा रमाउने, मारकाट र बेपत्तीकरणका अभ्यस्तलाई शिवसेनाले जोरी खोज्दा अस्ताइसकेको जनसेनाको नवोदय निश्चित छ । औंले सिठी एकचोटी फुकेको खण्डमा लडाकाहरू पहाड, पहाड, कुनाकन्दराबाट कन्ला, कान्ला नाघ्दै, उफ्रँदै आउनेछन् । यसपटक माओको साथमा जनजातिहरूले साथ दिन हिचकिच मान्ने छैनन् । किनभने हिन्दूवाद भनेको अवश्य नै क्षुद्रवाद होइन, दलितवाद होइन, राई, लिम्बु, गुरुङ्ग, तामङ्ग होइन नै । जसले म उच्च हुँ भनेको छ, जोसँग ‘मात्र’ भगवानसम्मको पहुँच छ, देवता चिनेको, बुझेको छ अनि छुनैसम्म नुहुने गरी जनैको आइ डी बोकेर हिँड्ने मान्छे जो हो उसैको ‘वाद’ हो हिन्दुवाद ।

 

देश प्रेमी ब्राह्मणहरूले र कुनै पनि परिवर्तित मन भएको व्यक्तिले असल सेवकको स्थान पाउनु देशको निम्ति फाइदा हो । उनीहरूको राम्रो बुद्धि र क्षमताको सदोपयोग गर्नु देशको अधिकार हो । दार्जीलिङ्गमा बाहुनहरू धेरै थिए । अन्ततः उनीहरू विलाए । गालीवाद, जातिवाद, गोलिवादको वीचमा दक्ष, बौद्धिक समूह र नेताहरू जोसुकैलाई नै त्यहाँ खपिनसक्नु बनिरह्यो । बाहुनहरू दार्जीलिङ्गमा पढेका थिए, अँग्रेजीमा पोख्त । नागरिताको विषयमा उनीहरूलाई यता कुनै हैरानी हुँदैन आजसम्म पनि । राइजिङ्ग नेपाल, आरएनएसी, दरवार, प्रज्ञा प्रतिष्ठान, आदिमा तुरुन्ता, तुरुन्तै भर्ना भए । अन्ततोगत्वा उता दार्जीलिङ्ग घिसिङ्ग दाइ तहको अचम्मको पोलिटिक्समा फस्न पुग्यो । यो हो सब जाति र बाहुन जातिका सक्षम चिन्तकहरूको सहभागिता समाजले नपाउनुको एउटा प्रमाणको उदाहरण । भोलि हाम्रा यहाँका बाहुनहरू यो देशबाट हराउनु हुँदैन । हराएर उनीहरूकै राज्यमा मात्र थुनिनु हुँदैन । अमिरिका, अस्टे«लियामा थुप्रिनु हुन्न । देशलाई उनीहरूको झन आवश्यकता छ । पोलिटिक्समा भन्दा बढी उनीहरूको आवश्यकता सुशासनमा छ ।

 

नेपाल आउने मिसिनेरीहरूले असल स्कुल बनाए, निस्वार्थ किसिमको अस्पताल चलाए, असल प्रशासनको नमुना बने । ब्राह्मण क्षेत्रीहरूले मिसनेरी मन अप्नाएर देशलाई नयाँ ढाँचाको उदाहरणीय सेवा दिनसक्छन्, दिनुपर्छ । मिसनेरी मन भनेको केही होइन । अर्कालाई सोच्ने आफूलाई भुल्ने मन हो । त्यो क्रिस्चियनमा थियो र हुनुपर्ने हो । अब हिन्दूले अनुकरण गरून् । संघीय प्रदेश प्रशासनमा ब्राह्मण उपस्थिति हुनुपर्छ भनेको उनीहरूमाथि कृपा होइन । नवीन प्रशासनमा पुराना प्रशासकको उपस्थिति शून्य बन्यो भने देश रहनेछैन ।

 

बाहुन विरोधी कसरत गर्ने मान्छेले आफूलाई नोक्सानी गर्दैछ । रगतको नाराबाट नयाँ नेपाल सुरु नगर्नुहोस् । प्रेम र मायाको ढोका सँधैं खुल्ला छ । कमसेकम प्रशासन, अर्थव्यवस्था र सुरक्षाको क्षेत्रमा उनीहरूको नेतृत्व निश्चित समयको लागि आवश्यक छ । धेरै पढेको मान्छे प्रिन्सिपल बनिहाल्नसक्दैन । भेउ पाउनु ठलो कुरो हो । पढेको अनि प्रिन्सिपलसँगै बसेर काम सिकेको मान्छेले स्कुल चलाउनसक्छ । कसैले मन नदुखाउनुहोला । म विज्ञ, विशेषज्ञ, अनुभवी, सेवक आत्मा भएको बाहुनको पक्षमा बोल्दैछु । एसएसपीको डेस्क नजीक बसेको डिएसपीले परिआयो भने आइजीपी नै समाल्नसक्छ (खानसक्छ होइन, समाल्नसक्छ) । डाक्टरसँग घुमेको नर्सले नयाँ डाक्टरलाई सिकाउनसक्छ । हरेक कुरालाई विरोधको नजरले हेर्ने बानी छोडौं । फाइदा कहाँबाट छ त्यै स्रोतलाई मुक्का, लात ठोक्यौं भने अन्तिम नतिजा अमीलो हुन्छ ।

 

हिन्दू उग्रवादी दाजु, भाइ, दिदी बहिनीहरूलाई पनि सानु सल्लाह । तपाईहरूले भिडन्त सुरु गर्नुहुँदैछ “इसाईको विरुद्ध जिहाद” । म भन्छु, मुस्लिमलाई चुसुक्क पनि बोल्ने तपाईमा सहास छैन । खाडीका अरबी सेठहरूले हिन्दू नेपालीलाई आठ मिनेटभित्र के गर्नसक्छन् तपाईलाई थाहा छ । यसकारण तपाईहरूले मुस्लिम होइन इसाई मात्र भन्नुपर्छ । धर्म परिवर्तनको वाक्क लाग्दो नारा घन्काउनै पर्छ । कारण “धर्म त्याग” गर्ने कम्युनिस्टहरूलाई धर्म त्यागुवा, भतुवा, माओ पुजुवा भन्ने पनि तपाईमा आँट छैन । इसाईहरूलाई छुनु र आक्रमण गर्नको अघि एकछिन ठन्डा मगजले सोच्नुहोस् । सब नेपाली हुन् । सबैको खाँचो छ यो देशमा । सब प्रिय हुन् । घृणा देखाउन अघि किन म यस्तो बने, मलाई के हुँदैछ, यसले भोलि के होला भनी सोच्नुहोस् । म किन प्रेम गर्न असमर्थ भएँ, मेरो धर्मले मलाई के सिकाउँदैछ ? भनी सोच्नुहोस् । विश्वभरि यसको के अर्थ लाग्छ ? ध्यान दिनुहोस् ।

 

होइन संघर्ष गर्नैपर्छ भने अलि बढी आँट लिनुहोस् । जिहाद सुरु गर्नुहुन्छ भने पुरुषार्थ देखाएर जसले ‘धर्म निरपेक्षता’ भन्ने शब्दावली ल्याए ती कम्युनिस्टहरूलाई घोक्रेठ्याक लाउनुहोस् । इसाई धर्म–परिवर्तन, र कम्युनिस्ट धर्म–त्याग दुवैको खिलाफमा उत्रनुहोस् । तर दुई मिनट समय लाएर सोच्नुहोस् ।

 

बद्लीरहेको दिमागको खिलाफमा पो जाँदैछु कि भन्ने कुरो राजाले नसोची गलत सल्लाहकारहरूको होहोरीमा लाग्दा १९ दिनभित्र नतिजा कहाँदेखि कहाँ पुग्यो ? त्यो ‘राजा’ शब्द देशको शब्दकोशबाट हट्यो, होइन र ? पुरानो संविधानमा प्रथमतः उच्चारण भएको शब्द अब अन्तिम पेजमा पनि नपाइने गरी मेटियो । एघार पुस्ताका बाबु, छोरा, नाति, पनातिहरूसँग राजा, राजकुमारको साथ थियो । किङ्ग ज्ञानेन्द्रले आफ्नो सैनिक र प्रहरी शक्तिलाई महादेवकै शक्तिको स्रोत नसोचिदिएका भए आज यस्तो स्थिति हुने थिएन । त्यस बखत माओवादीले चलाएको जनयुद्ध शिथिल अवस्थामा पुगिसकेको थियो । माओवादी विश्राम र सम्झौता खोज्ने अवस्थामा पुगिसकेका थिए । सबै अन्य पार्टी पनि माओवादीका सत्रु नै थिए, पार्टी कार्यकर्ताहरू हत्याका सिकार बनिरहेका थिए । मूर्ख राजाले सबैमाथि लठ्ठी ठोक्न लागे अनि सबलाई माओवादीका साथी बनाइदिए । खेल खत्तम ।

 

कुनै पनि कुरा, काम, परिकल्पना, योजना माथि घोत्लिँदा दीर्घकालका सम्भाव्य नतिजाहरू सोच्नुपर्छ र कतिपय कुरालाई अडजस्ट गर्नुपर्छ । सबै मिल्यौं भने र सँगै हिँड्यौं भने देशलाई फाइदा हुन्छ, मान्छे, मान्छेलाई फाइदा हुन्छ । अरू देशको अघि सर्माउनुपर्दैन । ‘हामी किन सधैं गरीब ’भनेर माथा ठोक्नुपर्दैन । धेरै घुर्की लाउनु ठीक होइन । विपरीत बुद्धितिर नजानुहोस् । विनाश नजीक हुनसक्छ ।

 

तपाईको विरोध र नाराको असरले भोलि, ‘हिन्दू ‘यो राज्यमा पस्न मनाही छ’ भन्ने तुल कतै नटाँगियोस्, भोलि ‘यहाँ बुद्धिष्टलाई मात्र जागिर पाइन्छ’ भनेको पोस्टर कुनै पनि भित्तामा पढ्नु नपरोस् ।

 

कसैको निधारमा पार्टी र धर्म लेखिएको छैन । सबैको निधारमा नेपाल आमा आशीर्वाद र प्यारले चुम्न चाहन्छिन् । त्यसमाथि जबरजस्ती केके घोटेर आमाको म्वाइँ इन्कार नगर्नुहोस् ।

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In