
कास्की जिल्लाको लेखनाथ स्थित नेपाल ख्रीष्टिय तालचोक चर्चमा कार्तिक १ गते शनिबारका दिन आइटीन शिक्षक तथा विद्यार्थीहरूसँग भेटघाट तथा संगति सम्पन्न भएको छ। १० वटा समूहमा आइटीन पाठ्यक्रमहरू अध्ययन हुँदै आएका छन्। शनिवारको सेवामा आइटीनका निर्देशक पास्टर टंक सुबेदीले वचनको सेवा गर्नुभएको थियो। संगति सकिएपछि लगत्तै अध्ययनरत शिक्षक तथा विद्यार्थीहरूको भेला बसेको थियो। सोही क्रममा अध्ययनरतहरूले अध्ययनबाट पाएको आशिष बताएका थिए।
मण्डलीका डिकन तथा स्थानिय आइटीन संयोजक सुवास मल्लका अनुसार अध्ययन निकै प्रभावकारी भएको छ र अरू शाखा चर्चहरूमा पनि तालिमको खाँचो भएको कुरा गर्नुभएको थियो। अध्ययनरत समूहहरू विभिन्न तहको पाठ्यक्रमहरू अध्ययन गर्दैछन्।
Discussion about this post