• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, May 14, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आत्महत्या (Suicide), आत्महत्याको कारण, लक्षण, प्रभाव र समाधान

by Samay Kumar Ramtel
September 4, 2014
in Articles

आफैले आफैलाई मार्ने काम नै आत्महत्या हो। आफू स्वंयमलाई घात गर्नु वा आत्मघात गरी मर्नु नै आत्महत्या हो। Suicide – The intentional killing of oneself. Suicide pact – An agreement between two or more people to commit suicide together.

बाइबलमा भएका आत्महत्याका सातवटा घटनाहरु :-

Samaya Kumar Ramtel
Samaya Kumar Ramtel

पहिलो : अबीमेलेक – तरवारले रोपीएर – न्यायकर्ता ९:५०-५४)
दोस्रो : शिमशोन – मन्दिर भत्काएर पुरिएर – न्यायकर्ता १६:२३-३१)
तेस्रो : अहीतोपेल – झुण्डिएर – २ शमूएल १७:२३)
चौथो : ज्रि्री – जलेर मरे – १ राजा १६:१५-२०)
पाँचौ : शाऊल – तरवारले रोपिएर – १ इतिहास १०:४-५)
छैठौं : शाऊलको अंगरक्षक – तरवारले रोपिएर – १ शमूएल ३१:२-५)
सातौ : यहूदा इस्करियोत – झुण्डिएर – मत्ती २७:३-५, प्रेरित १:१८)

किन ! मान्छेहरु आत्महत्या सम्म पुग्छन् – दिनदिनै जता ततै आत्महत्याको समाचार छापिन्छ। रेडियो र टिभीबाट पनि यस्तै। आत्महत्या आफैमा रोग होइन तर विभिन्न कारणले निम्त्याउने समस्या हो। डिप्रेसन एउटा रोग हो। डिप्रेसन एउटा लक्षण पनि हो। विश्वमा धेरै मान्छे मर्ने कारण एड्स,क्यान्सर र डिप्रेसन हुन्। भने अर्को डरलाग्दो कारणचाहिँ आत्महत्या पनि हो।
आजभोलि आत्महत्या गर्नेहरूको संख्या बढ्न थालेको छ। मानिसले किन गर्छ आत्महत्या यो खोजको विषय बनेको छ। मनोविज्ञहरूको भनाइअनुसार जीवनमा आत्महत्या गर्ने सोच धेरैले गरेका हुन्छन्। किन बढ्दै छ आत्महत्या ? विद्यायलमा पढने नौ वर्षीया बालिकादेखि युवायुवती, वयस्क र वृद्धहरूले समेत आत्महत्या गरेको तथ्यहरू फेला परेको छ। आत्महत्याले विकरालरुप लिँदै छ। नेपालमा प्रत्येक २ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको तथ्य फेला परेको छ। त्यसैगरी नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अभिलेख अनुसार पनि हरेक दिन ९ देखि १२ जनाले आत्महत्या गर्ने गरेका देखाएको छ। प्रहरीको तथ्यांकअनुसार ०५९/६० देखि ०६९/७० भित्र नेपालमा ३१ हजार ४ सय ४३ जनाले आत्महत्या गरेका छन्। आत्महत्या नेपाली समाजका लागि कति धेरै भयावह समस्या बन्दै गएको छ भन्ने कुरा पुष्टि गर्न उपरोक्त तथ्याकं काफी छ। प्रहरीको अभिलेखअनुसार पछिल्लो एक वर्षा मात्र ३ हजार ९ सय ७७ ले आत्महत्या गरेका छन्। प्रहरीको तथ्यांकअनुसार प्रत्येक वर्षआत्महत्या गर्नेको संख्या बढिरहेको छ। विश्व स्व्ाास्थ्य संगठनका अनुसार हरेकवर्षदश लाख मानिसहरू आत्महत्या गर्छन्। विश्वमा मृत्युदर प्रत्येक १ लाखमा १६ जनाले आत्महत्या गर्ने गर्छन्। प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गरेर मर्नेहरू ४५ वर्षा ६० प्रतिशतले बढेका छन्। स्वास्थ्य संगठनले जनाएअनुसार, आत्महत्या गर्नेहरू १५ देखि ४९ वर्षम्मको उमेर समूह धेरै छ। त्यसपछि १० देखि २४ वर्षउमेर समूहले आत्महत्या गर्ने गरेका छन्। विश्वमा सबभन्दा बढी आत्महत्या गर्ने देश जापन रहेको छ। त्यसैगरी नेपालमा भने काभ्रे जिल्लाको दर बढी देखिएको छ। त्रि.वि.वि. को अभिलेख अनुसार आत्महत्या गर्नेमा ६५ प्रतिशत महिला र ३५ प्रतिशत पूरुष रहेकाछन्। सन् १९९८ मा निकालिएको एक अध्ययनले विश्वमा कुल रोगको भार मध्येमा १ दशमलब ८ प्रतिशत आत्महत्या हुने गरेको अनुमान थियो। जो सन् २०२० मा पर्ूवसमाजवादी अर्थ व्यवस्था भएका देशमा २ दशलब ४ प्रतिशत पुग्ने अनुमान छ।

मनोवैज्ञानिक भन्छन् कुनै पनि मानिसले जीवनमा कुनै न कुनै बेला आत्महत्याको सोचाइ राखेको हुन्छ। मानव मस्तिष्कमा चौबिसै घन्टा राम्रा विचार मात्र सिर्जना हुँदैन। कतिपय वेला उसको मस्तिष्कमा आफ्नो जीवनको हरेक क्षणलाई समेट्न नसकी मृत्यु नै उसले मुख्य बाटो अपनाउन खोज्छ। त्यसैले कुनै आत्मवल कम हुने व्यक्तिमा त्यस्तो सोचाइ उत्पन्न हुनासाथ उ तुरुन्त आत्महत्या गर्नेतर्फलाग्छ। आत्महत्याको सोचाइ गरिरहेको बेलामा साथीभाइ अथवा अन्य मानिसको भेटवार्ताबाट पनि समयलाई गर्ुजान सक्यो भने त्यो मानिस आत्महत्याबाट बच्न सक्छ भन्ने भनाइ वैज्ञानिकको छ। यसरी आत्महत्याको क्रम बढिरहँदा एउटा प्रश्न सधै अधुरो रहने गर्छ, आखिर किन गर्छन मानिसहरू आत्महत्या ? आत्महत्या गर्नेहरू गरिवी, पारिवारिक कलह, अधुरो प्रेम, आर्थिक असफलताजस्ता कारणबाट मानिस आत्महत्या गरेको देखिन्छ। यस्तै प्रतिष्ठा कायम राख्न नसक्दा, व्यापार व्यवसायमा घाटा, आर्थिक भार, आफन्तको शोक, परिवारको मृत्यु, दैवीप्रकोप आत्मसम्मान घट्दै गएमा पनि आत्महत्या गरेको पाइन्छ। एक्लोपन, गल्ति वा अपराधको वोध, ज्यादा महत्वाकांक्षा, प्रेममा धोका, दिर्घरोगी, नकारात्मक तनाव, महिला अस्मितामा पर्ने चोटका कारण पनि आत्महत्या भएको देखिन्छ। यसरी देखिने अस्थाई समस्याल्ााई समाधान गर्न नसक्दा कतिपय मानिस आफ्नो अमूल्य जीवन आत्महत्या गरी गुमाउछन्।

पुँजीवादी संस्कारमा हर्ुकेको हाम्रो समाजमा अधिकांश आत्महत्या गरिवीकै कारणबाट भएको पाइन्छ। यो बाहेक आत्महत्या गराउन प्रेरित गर्ने कारणमा सामाजिक र आर्थिक क्षेत्रमा विचलन, लगातार उदासीपन चिन्तन छटपटी हुनु, लगातार धेरै दिनसम्म निन्द्रा गडबडी, दोधार मनस्थिति, हरेक कुरामा चाहना घट्दै जानुले पनि मानिसलाई नैरास्यता बनाउँछ र उ आत्महत्याको सोचमा पुग्छ। कतिपय अनमेल विवाह, झैझगडा, लोग्नेस्वास्नीबीच बैमनस्यता, सासूससुराको टकस र प्रेम विछोडका कारण पनि मानिसले आत्महत्या गरेको पाइन्छ। युवाअवस्थाको लापर्वाही, शिक्षाको ढिलाई र सँगसँगै पढेका साथीहरूको प्रगतिले पनि आत्मवल कम भएका मानिसलाई आत्महत्या गर्नेतर्फउन्मुख पारेको हुन्छ। आत्महत्या गरेका मानिसहरूको अध्ययन गर्दा हरेकक्षेत्रको असफलता र बेरोजगारीका कारण पनि धेरै युवायुवतीले आत्महत्या गरेको पाइएको छ। अन्धविश्वास, जातीयता, चेतनाको कमीले समेत आज मानिस आत्महत्यालाई अन्तिम बाटो अपनाउन पुगेका छन्। कुनै पनि आत्महत्या गर्ने मानिस एकोहोरो स्वाभावको हुन्छ। उसले एकान्त स्थान मात्र मन पराउछ। बोल्दा हिँड्दा खानपिन गर्दासमेत उसको आनीबानीमा अन्तर आउँछ। आत्महत्या गर्ने मानिसले धेरै दिन अगाडि उसले व्यक्त गर्ने कुनै पनि कुरामा हतोत्साहिपन देखा पर्छ। बोल्दा सुस्त बोल्ने, खान खानलाई कर गर्नु पर्ने, हिँडाइमा गतिशील नहुने र उसको विचारमा समेत फरक पन आउँछ। यस्तोपन देखा परेमा साथीभाइ र आफन्तहरूले सान्त्वना दिलाएर पनि आत्महत्या गर्न खोज्ने मानिसको आत्मबल प्रदान गर्न सकिने कुरा मनोवैज्ञानिकहरूको छ। नेपालमा मात्र होइन आत्महत्या गर्नेहरूको संख्याले विश्वलाई नै प्रश्नचिह्न खडा गरिदिएको छ। मानिसहरू जीवनदेखि किन हरेस खान्छन् त ? मनोचिकित्सक भन्छन् मानिसहरूले आत्महत्या गर्नुको पछाडी आ-आफ्नै कारण रहेको हुन्छ। जो नितान्त नीजि, अज्ञात अनि डरलाग्दो। मनोविज्ञानका प्राध्यापकको भनाइअनुसार आफ्नो ज्यान आफैँ लिने अधिकांश मानिसहरू वास्तवमा मर्न चाहदैनन्। तर, तिनीहरू विद्यमान परिस्थितिको अन्त गर्न चाहन्छन्। जुनकुरा आत्महत्या गर्नुअघि लेखेर छाडिएका चिठी (सुसाइट नोट)मा प्रायः पाइने शव्दहरूले यी कुराहरूलाई संकेत गर्छ। जस्तै अह मैले यो सहनै सकिन अथवा अब पनि किन बाँचिरहने ? जस्ता वाक्यहरूले जीवनका तीता बास्तविकतादेखि भाग्ने तीव्र इच्छालाई प्रकट गर्छ।

मानिसहरूको आत्महत्या गर्नुको कारण फरक फरक भए पनि जीवनमा भोग्नु परेका समस्यालाई समाधान गर्न नसकिएको अवस्थामा मानिसलाई आत्महत्या गर्न उत्साहित गराउँछ। अरुको दृष्टिमा सानो मानिने कुरा उसका लागि ठूलो भएको हुन्छ। समस्यासँग हरेस खानु पनि आत्महत्यामा सोच बढाउनु हो। यस्ता अनिगिन्ती कुराहरूबाट के देखिन्छ भने आत्महत्या गर्नेहरूको मूल सम्ास्या एउटै हुँदैन। उमेर, समाज र उसले लिएको शिक्षामा समेत भर पर्छ। आत्महत्या गर्नेहरूको तथ्याकंले के देखाउँछ भने यस्ता कायरहरू जुनसुकै वर्ग, सबै जाति र पेसामा लागेका मानिसहरू पर्दछन्। किशोरावस्थाको किशोर किशोरीको आत्महत्याको मुख्य कारण पढाइ र प्रेममा असफलतासँग जोडिने प्रहरीको अनुसन्धानबाट देखिएको छ। समाजशास्त्रीको भनाइअनुसार आत्महत्या सामाजिक मनोविज्ञानसँग जोडिने बताउछन्। मानिस समाजबाट एक्लिन थालेको महसुस गरेपछि आत्महत्या गर्ने सोचमा पुग्छ। मेरो वरिपरि कोही छैनन् म एक्लै भएँ भन्ने महसुस गरेपछि उसले बाँच्नुको अर्थ नदेखेर आत्महत्या गरेको देखिएको छ। मानिसले किन आत्महत्या गर्छ होला ? के कसैले आत्महत्या गर्दैमा उसको सबै दोष अथवा समस्याहरू पनि आत्महत्यासँगै हत्या हुन्छ ? जब उ आफैँले समस्याको समाधान निकाल्न नसकेर आत्महत्या गर्छ भने उसको सन्तानको अवस्था कस्तो होला ? हाम्रो सन्तानको अवस्था कस्तो होला ? हाम्रो दर्शन र धर्मशास्त्रअनुसार आत्मा जीवनको एउटा अंग हो। प्राण जुन औलिक छ, उसको मृत्यु पछि पनि आत्माको मृत्यु हुँदैन भन्ने मान्यता छ। तर भौतिक विज्ञानले आजसम्म यसबारे पत्ता लगाउन सकेका छैन किनभने आत्माको जाँचका लागि कुनै पनि नियन्त्रण मार्ग छैन। जाँच्ने यन्त्र निमार्ण भएको छैन। मृत्युपछि के हुन्छ भन्नेबारे आफ्नै किसिमको तर्क मानिसहरूले राख्दै आएकाछन्। तर बाइबलले भन्दछ कि मानिसको शरीरझैं आत्मा मदैन। मान्छे मरेपछि शरीरबाट आत्मा छुट्टिन्छ। येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनी ग्रहण गरेको छ भने उसको आत्मा बाँच्दछ। मानिस जन्मिएपछि एकदिन मृत्युको मुखमा पुग्नै पर्छ। यो प्रकृतिको नियम हो। जन्मिएपछि हुने जीवन यात्राको सत्य पनि मृत्यु हो। यस्तो कुरालाई पनि बिर्सेर जीवनसँग संर्घष गर्न डराउने काँतर व्यक्तिहरू आत्महत्या गर्न तयार हुन्छन्। कतिपयले सामाजिक मर्यादा र आत्मा असन्तुलनकै कारण आत्महत्याबाट जीवनको लिला समाप्त पारेका छन्। मानिसको जीवनको एउटा चेस अथवा बाघचालको खेलसँग दाँज्न सकिन्छ किनकी खेलका कोही पनि हार्छुभर्नेर खेल्दैन्। तर खेलमा एउटा मात्र गोटी चाल्न गल्ती गर्यो भने खेल हार्न सक्छ। भनिन्छ की त्यस्तै मानव जीवनमा हरेककिसिमका संघर्ष गर्नुपर्छ। यसैबाट मानिसलाई सुख र दुःखको अनुभूति प्राप्त गर्न सजिलो पर्छ। धन दौलतले मात्र मानिसलाई सुख हुने होइन। धन सम्पत्तिलाई संरक्षण गर्न नसक्दा पनि मानिसले आत्महत्या गरेका धेरै उदाहरण छन्। भौतिक सम्पन्नतामा मानिसलाई बाँच्ने र आनन्द दिने धेरै बाटाहरू छन्। यी कुराहरू सोचमा भर पर्छ। धनदौलत मात्र सुख होइन र कठोर परिश्रम पनि दुःख होइन। वास्तविक जीवनको सर्घष र महत्व बुझ्ने हो भने कसैले पनि आत्महत्या गर्नु पर्दैन्। यहुन्ना १०:१०

आत्महत्याका कारण :
डीप्रेसन,मानसिक रोगी, प्रेम विछोड, परिक्षाको नतिजा, आत्मबलको कमजोर,दाइजो प्रथा, अचानक कुनै वेज्जत,यौन दुरव्यवहार, आत्महत्या गर्नेहरू गरिवी, पारिवारिक कलह, अधुरो प्रेम, आर्थिक असफलताजस्ता कारणबाट मानिस आत्महत्या गरेको देखिन्छ। यस्तै प्रतिष्ठा कायम राख्न नसक्दा, व्यापार व्यवसायमा घाटा, आर्थिक भार, आफन्तको शोक, परिवारको मृत्यु, दैवीप्रकोप आत्मसम्मान घट्दै गएमा पनि आत्महत्या गरेको पाइन्छ। युवाअवस्थाको लापर्वाही, शिक्षाको ढिलाई,असफलता र बेरोजगारी, अन्धविश्वास, जातीयता, चेतनाको कमी,एक्लोपन, गल्ति वा अपराधको वोध, ज्यादा महत्वाकांक्षा, प्रेममा धोका, दिर्घरोगी, नकारात्मक तनाव, महिला अस्मितामा पर्ने चोटका कारण पनि आत्महत्या भएको देखिन्छ। यसरी देखिने अस्थाई समस्यालाई समाधान गर्न नसक्नु नै आत्महत्याका विविध कारण बन्दछन्।

आत्महत्याका लक्षण :
आत्महत्या गर्न खोज्नेहरु आत्महत्याको बारेमा कुरा गर्ने। चक्कु वा विषऔषधी खोज्ने। मृत्युको बारेमा चासो देखाउने। निराशा र आफूले आफैलाई घृणा गर्ने। भविश्यको लागि आशा नभएको बोली व्यवहार गर्ने। मर्ने मान्छेले झै अन्तिम इच्छा प्रकट गर्ने। विदाई हुने कुरा व्यक्त गर्ने। अन्तिम भेट झै कुरा गर्ने। कहिले नगरेको साथीलाई फोन गर्ने। साथीभाइ परिवारबाट टाढा टाढा हुने। मृत्युसँग डराउने। एक्कासी शान्त हुने। गम्भिर भएर एक्लै बस्ने। कुनै पनि आत्महत्या गर्ने मानिस एकोहोरो स्वाभावको हुन्छ। उसले एकान्त स्थान मात्र मन पराउछ। बोल्दा हिँड्दा खानपिन गर्दासमेत उसको आनीबानीमा अन्तर आउँछ। आत्महत्या गर्ने मानिसले धेरै दिन अगाडि उसले व्यक्त गर्ने कुनै पनि कुरामा हतोत्साहिपन देखा पर्छ। बोल्दा सुस्त बोल्ने, खान खानलाई कर गर्नु पर्ने, हिँडाइमा गतिशील नहुने र उसको विचारमा समेत फरक पन आउँछ। योजना गरेर आत्महत्या गर्नेको लागि समय लाग्छ।

आत्महत्याका प्रभाव :
मानिस जुन समस्यासँग जुध्न नसकेर मर्दछन् , तर समस्या भने मदैन। मर्ने मरेर जान्छ तर बाच्नेलाई र उसको परिवारलाई पीडा हुन्छ। घरपरिवार, मण्डली, समाजलाई समेत कलंक बनाउछ। कायरताको प्रतिक र उपनाम राख्छन्। परिवारलाई चोट पुग्दछ। आफैलाई प्रेम नगर्नेले हामीलाई के माया भन्ने कुरा गर्दछन्। आत्महत्या असफल भएमा जीवनभर अरुको हे को दृष्टिकोण र विभिन्न वचन सहदै वाच्नुपर्छ। इश्वरलाई इन्कार गरी आत्मिक पतनको प्रतिक वन्दछ। आफूले आफैलाई घात गर्दछ। जीवनलाई विर्सेर डरलाग्दो मृत्युमा सड्छ। अन्तिम सास वा प्राण फुत्किन गाह्रो हुदा मैले आत्महत्या गर्नु महागल्ति रहेछ भनी सिकेर मर्छ। यो एक भयानक छ। मृत्युको पराकाष्ठा हो।
आत्महत्या समाधानको उपाय :
आत्महत्या गर्न खोज्ने मानिसहरुको विभिन्न लक्षण देखिएको भएमा वा नभए पनि सो मानिसको समस्याको जडमा पुग्ने। उसको समस्यालाई खोज्ने र समाधानको उपाय निकाल्ने गर्नुपर्छ। धेरै समय उसँग समय विताउने। भलाकुसारी गरी प्रशस्त कुराकानी गर्ने। मैत्रिपूर्ण वातावरण सृजना गरिदिनुपर्छ। राम्रो सम्वन्ध र अनुकुल वातावरण बनेपछि उसको कुरा सुन्न केही प्रश्न गर्न सकिन्छ। जस्तै : समस्या कहिलेदेखि शुरु भयो ? के भाको थियो ? कहिले कसरी ? केही भएको थियो र ? कसरी सहयोग गरौं ? के म तिमीलाई मद्दत गर्न सक्छु ? कुन तरिका ठिक होला ? विस्तारै सबै ठिक हुन्छ ? तिमिलाई बुझ्न म नसकुला तर म त्रि्रो साथी छु। वाच्ने आधार केही छैन होला तर केही दिन म सँग बस कुरा गर। छिटै निर्णय नगर केही समय पर्ख ? जस्ता सान्त्वना र ढाडसका कुरा गर्नुपर्छ। तर न्याय गरी वा होच्याउने गर्नुहुदैन। आदेश, गाली नगरी साथीभाइ झै मिलेर कुरा कानी गर्नुपर्छ। मानसिक तथा मनोबैज्ञानिक उपचारको प्रयास गर्ने। परामर्शदाताको सहायता लिने गर्नुपर्छ। उसलाई साँचो प्रेम, वास्ता र जीवन जीउनुको आभाष दिलाउनुपर्छ। यर्मिया २९:११

आत्महत्या सावधान तथा वचाउ :
माथि देखि तल्लो तह सम्मको सबै व्यक्ति, वर्ग र समाजलाई आत्महत्या गर्नुहुदैन भन्ने जनचेतना कार्यक्रम तथा अभियान गरौं। यस सम्वन्धि प्रभावकारी पेशागत तालिम प्रदान गर्नुपर्छ।आकस्मिक सहयोग तथा परामर्श सेवा सबैतिर पहुच बढाउनु पर्छ। विषादीको दुरुप्रयोग रोकी विकल्प दिनुपर्छ। आत्महत्याको प्रयास गर्ने विरामीलाई जति सक्दो छिटो बचाउने र त्यसपछि परामर्श दिने। आत्महत्या तथा डिप्रेशनको लक्षण देखिएमा समयमै उपचार तथा परामर्श दिने। सजिलैसँग प्राप्त हुने विष र हतियार लुकाउने गर्नुपर्छ। परिवार वा साथीभाइले राम्रो वास्था, प्रेम र ख्याल गर्नुपर्छ। आफूलाई सधै जोगाइरहनुपर्छ। येशूख्रीष्टसँग निरन्तर प्रार्थना गर्नुपर्छ। भजन १२१:१, मत्ती ६:३४,

अन्तमाः कतिपय विद्वान तथा इसाई अगुवाहरुले आत्महत्याको विषयमा विभिन्न विचार तथा तर्क राखेकाछन्। इसाईले आत्महत्या गरेपनि उ र्स्वर्ग जाने विश्वास गर्दछन् कारण उसले येशूलाई प्रभु र मुक्तिदाता भनी ग्रहण गरेदेखि उसको नाउ जीवनको पुस्तकमा नाम लेखिएको हुन्छ। र्स्वर्ग पुग्छ तर इनाम पाउदैन। मुक्ति पाउला तर मुकुट पाउदैन। इसाईले आत्महत्या गरेको भएपनि सबै इसाईको झै मृत्यु सेवा गरिदिनु उचित हो। किनकी बाँच्ने परिवारलाई त्यसले सान्त्वना दिन्छ। आत्महत्याको आत्मा जागेपछि वा शैतानिक आत्मा मानिसमा बलियोसँग राज भएपछि उसलाई आत्महत्या गर्नलाई उक्साउछ। उसलाई समयमा नै आत्मिक तथा मानसिक उपचार पाएन भने आत्महत्याको प्रयास गर्दछ। आत्महत्या मानवताविरोधी अपराध हो। यो मानव जीवनको सबैभन्दा कमजोर मानसिकता वा कम आत्मबलको उपज हो। इसाईहरुले समेत आत्महत्या गरेको देखिन्छ। वाहिरी कारण भएतापनि इसाईले आत्महत्या गर्नुपर्ने मुख्य कारण चाहिँ उसको विश्वासको पतन हो। यद्दपि तत्कालिन कारणचाहिँ उसको सामाजिक, आर्थिक वा अरु कुनै कारण पनि हुन सक्छ। व्यक्ति,ठाउँ र समय अनुसार कारण पनि फरकफरक भेटिएपनि आत्मिक समस्या नै आत्महत्याको प्रमुख कारण बनेको छ। चार्ल्स कालेब कोल्टनले यसरी भनेका छन्, धेरै मानिसहरु जिउदछन् किनकि तिनीहरु मर्न डराउछन् तर धेरै मानिसहरु मर्छन कारण तिनीहरु बाँच्न डराउछन्। बाँच्न डराउनुको मुख्य कारण उनिहरुसँग को हुनुहुन्छ चिनेका छैनन्। प्रिय पाठक मित्र जीवनको कयौ मोडहरुमा आफूलाई सिद्धयाउने प्रयास गर्नुभयो होला ? बारम्बार आत्महत्या गर्ने सोच बनाउनु भयो होला? तर एक पटक आफैलाई सोध्नुहोस्। तपाईं भित्र सयौलाई बचाउने आत्मा छ। जुन पवित्र आत्मा हो। उहाँ परमेश्वरको आत्मा हुनुहुन्छ। त्यसैले विश्वभरीकै भयानक र गतिशिल समस्या बनिरहेकोछ आत्महत्या। त्यसैले हामी आत्महत्या भन्दा एककदम अगाडी गएर बचाऔं। आफूलाई। सबै मानवलाई। यहुन्ना १०:१० फिलिप्पी ४:१३, रोमी ८:३७।

लेखकः समयकुमार रम्तेल

फोन: ९८४१ ४२९८१६, krtime2004@gmail.com
ख्रीष्टिय अभिलेखा तथा संरक्षण केन्द्र,नेपाल

 

 

Related Posts

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ

December 11, 2024

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In