• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, November 27, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

जीवन गवाही: समय कुमार रम्तेल

by Samay Kumar Ramtel
August 4, 2014
in Articles
Samaya Kumar Ramtel
Samaya Kumar Ramtel

मेरो नाम समय कुमार रम्तेल हो। मेरो जन्मस्थान उग्रचण्डी नाला गाविस वडा नं.४ काभ्रेमा भएको हो। पिता हरी रम्तेल र माता सरस्वती रम्तेलको कोखबाट २०४० माघ २५ गते पहिलो सन्तानको रुपमा जन्मिएको हुँ। म जन्मदा एकदम थोरै ओजन र मानवको सिर्जना मात्र थिएँ। ज-जसले मलाई देख्दथिए सबैले यो बालक बाच्न सक्दैन भनी मनमनमा विचार गर्दथिए। म एकदम सानो,दुब्लो र ख्याउटे थिएँ। बच्चादेखि नै शरिरको बनावट असाधारण थियो। परिवार, समाज र डक्टरहरूले समेत माया मारिसकेका थिए। सबैले आज सम्म पनि भन्छन कि यो मान्छे होला जस्तो लाग्दैन थियो अरे। यदि बाँची हाल्यो भने पनि केहि गर्न सक्दैन, अपाङ्ग नै हुन्छ भनेर त छिमेकीहरूले बाजी समेत ठोकें। तर प्रभुलाई धन्यवाद होस्। जुनदिन देखि येशूख्रीष्टलाई पाएँ आजसम्म पनि अस्पतालको शैयामा सुइयाँ गर्नु परेकोछैन। आमाबुबा दिनरात नै व्यस्तहुने र अरुको ज्यालादारी गर्ने गर्नुहुन्थ्यो। म अनेकौ रोगका सिकार बनेकोले मलाई हप्ता-हप्तामा कहिले झाँक्रीकोमा त कहिले अस्पताल पुर्याउनु पर्दथ्यो। परिवारको खुशीको रुपमा जन्मिएको पहिलो सन्तान भएता पनि रोगहरूको उपचार गर्दागर्दै थाकीसकेका मेरा आमाबुबाले समेत माया मारीसकेका थिए। बाल्यवस्था हाड र छाला मात्र भएर बल्ल-बल्ल उत्रेको म ४/५ बर्षो उमेरमा भने निक्कै थला परें। नेपालको प्रचलन अनुसार झाँक्री कहाँ लगियो उल्टै झाँक्रीले मलाई आफ्नो सिद्धि प्राप्त गर्ने हतियारको रुपमा प्रयोग गर्न थालेपछि सो कुरा थाहा पाएर मलाई त्यहाँ लान छाडियो। मेरो ठूलोबुबाको परिवार भने त्यतिखेर काठमाडौं नवजीवन मण्डली जानुहुदोरहेछ। बेला बेलामा घरेलु संगतिको लागि पाष्टरअगुवाहरू आउने र म पनि प्रार्थनाको लागि भने जाने गर्दथ्य। तर पनि मण्डली भने गएको थिइनँ।

२०४८ साल पौष ९ गते स्कूलको कक्षा ३ को परिक्षा दिएर घर आउदै थियौं। सँगै पढ्दै गरेको ठूलोबुबाका छोराहरू राजु र दिपकको परिवार ३/४ बर्षेखि चर्च जानुहुदो रहेछ। भोलीपल्ट पौष १० गते चर्चमा ख्रीष्टमस कार्यक्रम रहेछ। त्यो समयमा नयाँ साथीहरू ल्याउनु भनेर बालसंगति पढाउने वन्दना अण्टीले भन्नु भएको रहेछ। त्यसैकारण उनीहरूले बालक अवस्थामा बालकलाई यसरी सुसमाचार सुनाए। “हामी मर्यौ भने स्वर्ग जान्छौ। जहाँ माछा र रोटी खान पाइन्छ। त्यहाँ सुनको सडक छ। ढोका पनि मोतीले बनेको छ। माया गर्ने येशू र परमेश्वर हुनुहुन्छ। जहाँ सधै स्वर्गदूतसँगै नाचगाँन र रमाइलो हुन्छ। तर तिमी मर्यौ भने त नर्कमा जानुपर्छ। जहाँ सधै दुखकष्ट, रुवाई र चित्कार हुन्छ। जहाँ उम्लिएको तेलको कर्राईमा डढाउँने, पोल्ने गरीन्छ। आगोले पोल्छ र किराले टोक्छ। त्यसैले तिमी मर्यौ भने नर्क जान्छौ र हामी मर्यौ भने स्वर्ग जान्छौ।” भने पछि मैले रुदै भने यो कसरी हुन सक्छ – हुनै सक्दैन। किनकी हामी एउटै आँगनमा खेल्छौ, एउटै खाटमा सुत्छौ र एउटै थालमा खान्छौ। अनि पढाइ पनि तिमीहरूको भन्दा राम्रो छ। मेहनती, अनुशासन र प्रतिभामा पनि राम्रो छु। अझ तिमीहरू मात्रै स्वर्ग जाने? यो चाहिँ हुदैन? म पनि त स्वर्ग जान चाहन्छु नी। हेर मेरो मामाघरको हजुरआमाले भन्नुभएको त जो बढी विरामी हुन्छ त्यो व्यक्तिलाईर् इश्वरले स्वर्गमा छिट्टै उठाउँछन् भन्नु भएको छ। त्यसैले म पनि स्वर्ग जान चाहन्छु। बरु भन, स्वर्ग जान के गर्नुपर्छ? भनी गम्भिर हुदै मैले जवाफ दिएँ। उनीहरूले भने स्वर्गजान चर्च जानुपर्छ। यही स्वर्ग जाने आशको गहिरो छाप परेकोले म भोली पल्ट देखि नै निरन्तर चर्च जान थाले। त्यस भन्दा अघि “चर्च जानु भनेको बसको छत माथि बसेर जानु हो।” भन्ने मलाई लाग्थ्यो। आफूले सोचेको भन्दा पनि चर्चको वातावरण भिन्दै पाएँ। त्यसपछि मेरो चर्च जाने क्रम बढ्न थाल्यो। थुप्रै मान्छेको भिडमा म बालकलार्इर्र्ताली बजाएर स्वागत गरेको कुराले मेरो मनमा ठूलो प्रभाव पर्यो। साथीभाइ, गुरुबा-गुरुआमाको मायाले लठ्ठ परेकोले जिन्दगीको स्वाद चर्च गए पछि पाएँ। कहिले काँहि घरमा आफूले छाड्दै गएको रितिरीवाजको कामकाज गर्न बाबुको डरले गर्न परेता पनि मानव निर्मित पत्थरीयर् इश्वरमा केही छैन भन्ने कुरा मलाई थाह भैसकेको थियो। तर चर्च जान र बाइबल पढ्न भने मैले छोडिनँ। त्यसैले २०४८ साल पौष १० गते क्रिसमको दिनमा मैले येशूख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाता भनी स्वीकार गरें। “तिमीहरू मरेपछि विदेशीले टाउको काटेर लान्छ र औषधी बनाएर विक्री गर्दछन्। तिमीले त्यस्तो धर्म छोड्नुपर्छ र चर्च जान हुदैन।” पाँचखालको केराघारी मेरो मामाघर हो। मामाघर जाँदा मावलीहरूको यी तिक्त वाणरुपी भनाईलाई पनि वास्ता नगरी लड्दै उठ्दै भएपनि येशूलाई पछ्याउन छाडिनँ। मावलीहरूले पनि प्रभुलाई चिन्न सकुन भनी निरन्तर प्रार्थना गर्दे म। बालक थिएँ तर परमेश्वर प्रतिको विश्वास बलियो थियो मेरो। म प्रार्थनाका योद्धा नै थिएँ। प्रार्थनाको उत्तरस्वरुप होला आज त्यहाँ मण्डली सञ्चालन भएको छ। यता घरमा पनि म एक्लै चर्च जाने भएकाले धेरै गाह्रो महसुस गरेकाले सबै परिवारलाई मण्डली जाने आग्रह गरें। चर्च गए पछि मेरा सम्पूर्ण रोगविमार पूर्णरुपमा निको भएको देखेर भाइवहिनीहरू प्रभुमा आए र ३ बर्षपछि मात्र आमा बुबा पनि मण्डली आउन थाल्नु भयो। त्यो दिनमा म खुशीका आँशु झार्दै रोफेका नवजीवन चर्च, बनेपामा गवाही दिएको थिएँ।

बालसँगतिमा राम्रोसँग हुर्केको कारण आई.सी.आई बाइबल कोर्षपनि गर्दै गएँ। विभिन्न प्रतियोगितामा मैले दर्जनौ पुरस्कारहरू हात पार्न सफल भएँ। बालसँगतिको दिक्षान्त पछि जवानसँगतिमा सक्रिय भएर हरेक कार्यक्रममा भाग लिन थालें। पा.एन.पी. प्रधान र पा.केशब ब. रानामगरबाट २०५८ सालमा बप्तिस्मा पनि लिएँ। त्यसपछि आइटिन,रोग्मा र अन्य बाइबल कोर्षअध्ययन र अध्यापन गर्न थालें। यस्तै क्रममा २०५८ सालमा एस् एल. सी उत्तिर्ण गरी दर्जनौ तालिम, सेमिनार, गोष्ठि, क्याम्प र सम्मेलनहरूमा भाग लिने मौका पाएँ। येशूले आफ्नो ३३ बर्षो जीवन भरमा धेरै मृतकहरूलाई नयाँ जीवन दिनु भयो। तर कहिल्य पनि येशूले दाह-संस्कार गर्नु भएन, न त मलामी नै जानु भयो। यहि कुरा आज भन्दा २० बर्षअगाडी सुनेकै आधारमा येशूलाई ग्रहण गरे। २०६० सालमा १२ कक्षा अध्ययन सकेपछि सहयोग र सरोकार, धुलिखेलमा हाल सम्म काम गर्दै आएको छु।

सानैउमेर देखि खुरन्धार बाइबल अध्ययन गर्दै आएको छु। प्रभावकारी बाइबल कोर्षनहुदा कति पटक कुहिरोमा हराएको काग जस्तै बन्न पनि पुगंे। बाइबल एउटा यस्तो सत्य, आत्मिक र प्रमाणित किताब हो। जुन पुस्तकै पुस्तकले भरिएको अलौकिक प्रमुख स्रोत हो। एउटा शब्द, वाक्य र पद बुझ्न पनि अर्को सहायक पुस्तिका आवश्यक पर्दोरहेछ। बाइबलका हरेक सिद्यान्त सत्य छन्। तर आजसम्म पनि मैले कुनै दुइ सत्य सिद्यान्तहरू एक आपसमा विवाद ल्याएको भेटाएको छैन। त्यसैले होला म परमेश्वरको अनुग्रहमा गर्व गर्दछु। मुक्ति पाएको र स्वर्ग जाने कुरामा म पूर्ण विश्वस्त छु। रोफेका नवजीवन चर्च, बनेपाको जवान सँगतिको संयोजक भएर लामो समयसम्म सेवा पुर्याउन सकें। दुइ दर्जन जति दर्शन र मिसन हाक्न सफल छु। बुबाको साहित्य प्रति थोरै झुकावको बलियो प्रभाव मलाई परेको छ। थोरै उमेरमा सम्हालेका थोरै अनुभवहरूलाई अनुभभूति प्रदर्शनका रुपमा साहित्यमा पोख्न सिपालु भएँ। यथार्थ र प्रगतिवादी कवि र युवा लेखक बन्न मलाई प्रेरणा मिल्यो। नेपाली इसाइ साहित्य जगतमा कुमार रम्तेल नाम कुनै नौलो नाम भने पक्कै होइन। बाल साहित्य र बालसँगतिमा चकलेट सरले परिचित रहेता पनि विवाह पछि आफ्नो नाम परिवर्तन गरी समय कुमार रम्तेल भएको घोषणा गरेको छु। २०६५ माघ २५ गते मैले आफ्नो जीवनको रजतमहोत्सव मनाएको छु। साथै म जनतमको संरक्षक सदस्य भएकाले जनमत साहित्यिक मासिकको पनि रजत महोत्सव सोही दिनमा भव्यताका साथ सयौ साहित्यकारहरूको विचमा बनेपामा मनाएका थियौं। यसैगरी २०६५ माघ २७ गते ललितपुर जिल्लाको नल्लु लेलेकी रत्ना घलानसँग पवित्र विवाह भयो। सोही दिनमा मेरो नयाँ पुस्तक (समयका नयाँ आयामहरू) विमोचन पनि गराउन पनि सफल भएँ। आफ्नो विवाहमा आफ्नो पुस्तक विमोचन गर्ने सम्भवत यो विश्वमै पहिलो अवसर मैले पाएका छु। त्यसैले म धेरै खुशी छु। एकै समयमा आफ्नो जन्मदिन, रजत महोत्सवको दिन, विवाह र पुस्तक विमोचनको दिन पार्नु यो कुनै घटना होइन यो योजना हो। मेरो साना सानाकुराहरूलाई सँग्रह गर्नु मेरो रुचीको बिषय हो। सयौ साहित्यिक सभासमारोहमा सक्रिय सहभागी हुदै आएको छु। प्रभुको अनुग्रहमा दर्जनौ कृतिहरू लेखन तथा सम्पादन गर्दै बर्षा एउटा पुस्तक लेख्ने दर्शन बोकेका छु। समयको विषयमा सोच, खोज र अनुसन्धान गर्न थालेको पनि एक दशक भैसक्यो। अझै निरन्तर लागिरहेकोछु। समयको शक्ति,सिद्धान्त र महत्वलाई अनुकरण गर्न जीवन र्समर्पण गरेकै कारण आफ्नो नामलाई ओझेल पारेर समय नामलाई हेडलाइन बनाएको हुँ। प्रार्थना साथ लेखिएको कुनै पनि सिर्जनाले सबैलाई आशिष् पुर्याउने कुरामा म विश्वस्त छु। यसै गरी नेपाली साहित्यमा प्रवेश गरेको छु । भविष्यमा अझ विश्व साहित्यमा चम्किला तारा वनि उदाउन सकौं भनी प्रार्थनामा सम्झनुहोला।

 

समयकुमार रम्तेल
बनेपा ९८४१४२९८१६

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In