• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, January 23, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परामर्शदाताहरुको खाँचो

by Tek Bhandari
April 25, 2013
in Articles

नेपालमा चर्चहरुको वृद्धि भएको छ। यसको लागि परमेश्वरलाई धन्यवाद होस्, उहाँको राज्यको वृद्धिको लागि उहाँले आफ्नो राज्यको विस्तार गर्दै हुनुहुन्छ। अब हामी जसलाई यस सेवाको लागि चुन्नु भएको हो भनी सेवा गर्दैछौं। उहाँले शक्ति सामर्थ र धैर्यता पनि दिनु हुन्छ भन्ने हामी विश्वास गर्दछौं।

हामीले सुनेका छौं पश्चिमी देशहरुमा युवा पिँडी चर्चबाट टाढा छन्। तर परमेश्वरलाई धन्यवाद होस् नेपालका चर्चहरुमा ६०-६५ प्रतिशत युवाहरुको उपस्थिति छ। भोली यो जमात पनि पश्चिमी देशहरु जस्तो हुदैन भन्न सकिदैन। यसकारण समयमा नै चर्चहरुले परामर्शदाताहरु (काउन्सिलरहरु) तयार गर्नु अति आबश्यक भई सकेको छ। किनकी युवाहरुको बिभिन्न समश्य र प्रश्नहरु हुन्छन् जुन कुरा सबैसंग बाड्न सक्दैनन्। हामीलाई चर्च शुरु गरी पाष्टर बन्ने जति उत्कट इच्छा थियो र यसको लागि निकै प्रार्थना पनि गरीयो परमेश्वरको अगुवाई पाउन र आफ्नो दर्शन अनुसार सेवा गर्न। आज त्यतिकै खाँचो छ तयाईको चर्चमा परामर्शदाताहरुको एक सानो समुह तयार गर्नु। यो समुहलाई चर्चका विश्वासीहरुले राम्रो चिनेको, भरपर्दो, उहाँहरुसँग मैले मेरो प्रश्न राख्दा हाँस्नु हुनेछैन र अरुसँग गफगाफको विषय बनाउनु हुनेछैन भन्ने विश्वासी नेता नै चाँहीन्छ। के तपाईको चर्चमा यस्तो समुह छ, छैन भने तुरुन्तै तयार गर्नु होस् नत्र भोली सजाय दिने न्यायधिस खोज्नु पर्ला ?  तर सजाय दिने काम त शुरु गरी सक्नु भएको छ तर किन यस्तो भयो भन्ने बारेमा पनि सोच्नु भएको छ कि ? यसको लागि नेपाल भरको लागि बरिष्ट विद्वानहरु खोजेर काम लाग्दैन कारण उहाँहरुलाई चर्चका साधारण विश्वासीहरुले चिन्नु हुन्न, चिने पनि (मैले प्रचण्डलाई चिनेको छु) भने जस्तै हो। आफ्नो समस्य उहाँहरु समक्ष बताउन सक्नु हुन्न। यसकारण तपाईको आफ्नै चर्चमा भएका परामर्श दिन सक्ने व्यक्तिहरुको समुह बनाउनु होस्। युवाहरुको विवाहको कुरा आउँछ सायद उनीहरु आफ्नो घरमा एक्लो विश्वासी छन् बाबु आमा विश्वासी हुनुहन्न। उहाँहरु आफ्ना छोरा छोरीको विवाहको कुरा उठाउनु हुन्छ तर इसाईको बारेमा अईसाईले कसरी जान्ने। अइसाई आमा बाबु भएमा सकेसम्म फर्काउन चाहनु हुन्छ यस्तो समयमा ती युवालाई परामर्शदाता सहयोगी चाहीँदैन र नत्र उनीहरुले अज्ञान बस आफ्नै खुशिमा विवाह गरी दिन्छन् तपाई चर्चका पाष्टर अगुवाहरु न्यायधिस बनी सजाय दिनको लागि अड्डा खडा गर्नु हुन्छ र चर्चबाट सजिलै निष्कासन गरी दिनु हुन्छ। यो हुनुको कारणमा जानु हुन्न तर यस किसिमको विवाहलाई चर्चले मान्यता दिँदैन र अपवित्रताको लागि चर्चबाट निष्कासन भएका घटनाहरु थुप्रै छन्। चर्चका विश्वासीहरुको शाररिक, मानसिक, आर्थिक र बौद्धिक समस्यहरु हुन्छन्। यिनीहरुको समाधानको लागि परामर्श (सल्लाह) दिने व्यक्तिहरुको अभाव मैले देखें, यसकारण तपाई आदरणीय विद्वान पाष्टर अगुवाहरु समक्ष यो विन्ति विसाएको छु। भोलि अज्ञानतामा गरेका पापहरुलाई सजाय दिने व्यक्ति भन्दा यो हुनबाट उत्तम होइन र ? -Prevention is better than care_ यसकारण तपाईका चर्चहरुमा भएका विश्वासीहरु सबैलाई चिन्नु यदि चिन्नु हुन्न भने “उसले आफ्ना भेडाहरुको नाउँ काढी काढी बोलाउँछ” तपाईले आफ्ना भेडाहरुको नाउँ काढी काढी बोलाउन सक्नु हुन्छ? यदि सक्नु हुन्न भने…….। अब दिन हुदै आफ्नो काम गर जब रात पर्छ केहि गर्न सकिदैन। यसकारण समयको ख्याल गर जुन कुरा समयमा नै गरिदैन, घटना घटी सकेपछि के गर्ने भन्नु भन्दा दुर्घटना हुनै नदिनु अति उत्तम हो। धन्यवाद। यसपालीको ख्रीष्ट जन्मदिनको उपलक्षमा यस्ता कुराहरुको थालनी होस् भनी कामना गर्दछु।
टेक भण्डारी

कुपण्डोल, ललितपुर

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In