एजीएन युवा संगति मध्यमाञ्चल क्षेत्रको क्षेत्रीय युवा सम्मेलन जेठ २६ देखि २८ गते सम्म ललितपुर जिल्लाको नवजीवन एजी मण्डलीमा सुसम्पन्न भएको छ। यस क्षेत्रका एजी मण्डलीहरुबाट १२५ जना युवा अगुवाहरुको प्रतिनीभित्व रहेको थियो। “…. पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्दछौं । रोमी ७:६” शीर्ष विषय रहेको उक्त सम्मेलनमा मलेशियाकी डा. सुजन र एलिजाबेथले प्रभसको वचनबाट सिकाउनुभएको थियो भने रेभ. सामुयल बोम्जनले नेतृत्वपन सम्बन्धमा सिकाउनु भएको थियो। डा. सुजनले पवित्र आत्माको बप्तिष्मा र एलिजाबेथले अगुवापन सम्बन्धमा सिकाउनु भएको थियो। विहानको वचनको सेवामा रेभ. सुमन गुरुङ्ग र रेभ. नविन सुनुवारले प्रभुको वचनबाट युवा अगुवाहरुलाई उत्साहित बनाउनु भएको थियो। सम्मेलनमा मध्यमाञ्चल क्षेत्रीय युवा संगति समितिको अध्यक्ष वीरेन्द्र दास, सचिव बिनोद रम्तेल, कोषाध्यक्ष प्रदिप तामाङ्ग र उपक्षेत्रीय पदाधिकारीहरुले प्रतिबेदनहरु प्रस्तुत गर्नुभएको थियो। एजीएन युवा संगतिको अवधारणापत्र सम्बन्धमा अध्यक्ष वीरेन्द्र दासले चर्चा परिचर्चा गरी सहभागीहरुबाट सल्लाहसुझाव संकलन गर्नुभएको थियो। यो अवधारणापत्र अगामी २०१५ सालको एजीएन महासाभाबाट पारित गरिने योजना रहेको छ।
सम्मेलन सहभागीहरुले पवित्र आत्माको बप्तिष्मा र अन्य भाषाको बरदान पाएको सहभागीहरुको प्रतिक्रिया रहेको छ। करिब ५० जना युवा प्रतिनीधिहरुले आफ्नो जीवन प्रभुको राज्य बिस्तारका लागि मिसनको काममा दिने प्रतिक्रिया जनाएका थिए।
समग्रमा सम्मेलन निकै आशिषमय रहेको हामीले पाएका छौं।
वीरेन्द्र दास
Discussion about this post