दिपेन लामा,

मन्थन परमेश्वरको प्रेम कति उच्च र पवित्र छ, तर थोरैले मात्र विश्वास गर्दछन् कि उहाँले वू|mसमा आफ्नो बहुमूल्य प्राणको बलिदान दिनुभयो-हामी पापीहरुका लागि भनि। थोरैले मात्र उहाँको चोखो प्रेमको स्पर्ष गर्न पाएका छौं। यहाँ कसैले विश्वास गरेका छन् भने कसैले गरेका छैनन्। अब तपाईं चाहिँ कतातिर को ? कहिले काहिँ, मलाई हवाईजहाजमा सफर गर्ने यात्रीहरु र गिर्जाघरमा सेवा गर्दैगरेका विश्वासीहरु एकै समान लाग्छ। दुवै दृश्यमा, सबै नै यात्रा गरि रहेका छन्। सबैका व्यवहार असल र सभ्यकृत देखिन्छ। कोहि निदाई रहेका, कोहि खिडकीबाट बाहिर हेरिरहेका। धेरै जसोले असल र सुविधाजनक यात्रा र असल एवं आशिषित सेवा गरेको चाहन्छन्। जसलाई सोधे पनि सबैले यसो भन्दछन् – “अँ, हाम्रो यात्रा असल भयो या हाम्रो सङ्गति असल भयो।” तर धेरैले ‘असल’ भन्ने शब्दलाई ठिक मान्दैनन् । उनीहरुले असल’ भन्दा पनि माथिल्लो शब्दको अपेक्षा राख्दछन्, जसरी एउटा सानो बालकले उनकी आमालाई सोधे – “आमा, के मलाई सबैले यस हवाईजहाजको पाइलटसँग भेट गर्न दिन्छन् -” पाइलटसँग भेटने वार्ता, हवाईजहाज भित्र मात्र नफैलिएर, जहाजको काक्पिट सम्म पनि पुग्यो । हर्षनक जहाजका एउटा चालकले, काक्पिटको ढोका खोली, यात्रीहरुलाई हेरे अनि त्यस १बालकतर्फ फर्की, भने – “लौ बालक, तिमी यहाँ भित्र आउँन सक्छौं ।” चालकको बोली सुनि, बालकले आफ्नी आमालाई हेरे। आमाले इशारामा स्वीकृति दिइन् र बालक जहाजको काक्पिट भित्र पसे।
काक्पिटमा जहाजका यंत्रहरु, अनेक किसिमका बटनहरु र रंग-बिरंगी लाइटहरु देखेर, बालकको आँखाहरु एकदमै चौडा भए र अचम्म मान्दै बालकले भने- “ओ-हो, म कति भाग्यशाली १ आज म यस हवाईजहाजमा यात्रा गरिरहेको छु।”
जहाजका अरु यात्रीहरुले केहि आर्श्चर्यचकित भावनाहरु देखाएनन्, प्राय सबैजना नै सन्तुष्टिपूर्वक यात्रा गरि रहेका थिए। यात्रीहरु खुशी थिए कि तिनीहरु त्यस जहाजमा यात्रा गरि रहेका छन् । यात्रीहरुले आफ्नो लक्ष्यको नजिक आई पुग्दा खुशीपना देखाए। यात्रीहरु हवाई अड्डाको छेउ आई पुगेको सुचना सुन्दा हषिर्त भए। कसैले पनि सोध्दा, ‘यात्रा असल भयो’, भन्नु पर्छ भन्ने अनुभव गरे। हवाईजहाजमा यात्रा गरिरहेका यात्रीहरु र सङ्गतिमा उपस्थित भएका विश्वासीहरु, किन हो कुन्नी, हेर्नमा एउटै जस्तो देखिन्छ। यदि कुनै बेला, तपाई गिर्जाघर पुगी, उनीहरुको अनुहार हेर्नहोस्। “यहाँ सबै थोक असलै छ,” भन्ने संकेत तिनीहरुको अनुहारबाट अनुमान लगाउँन सकिन्छ । मानिसहरु गिर्जाघरमा संतुष्ठिपूर्ण सङ्गतिको निम्ति आउँछन्, अनि सङ्गति सिद्घएि पछि, सन्तुष्टिपूर्वक आफ्ना- आफ्ना घर तर्फ लाग्छन्। येशूले प्रतिज्ञा गर्नुभयो – ‘खोज अनि तिमीहरूले भेट्टाउनेछौ,’ (मत्ती ७:७) हामी सबैले नै असल सङ्गतिको चाहना गर्छ र त्यसैले गर्दा, असल सङ्गतिको मिठास लिन सक्छौं।
तर थोरैले असल भन्दा बढÞता चाहना गर्छन्। हवाई जहाजको त्यो बालक जस्तै सबैले पाइलटसँग भेटने चाहना गर्छन् – उनीहरुका प्रभु, मुक्तिदाता येशूसँग। थोरैले मात्र बालक जस्तै आँखा चौडा भएको अनुभव गर्दछन्। उनीहरुको भेट पाइलटसँग भई सकेको हुन्छ – पाइलट येशूसँग। तिनीहरु हषिर्त भएर प्रभुसँग सङ्गति गर्दछन्। सायद, हामीले याद गरेका छौं कि छैनौं, हामी पनि यात्रा गरिरहेका छौं। हामी आफूलाई र्स्वर्गराज्यमा प्रवेश गर्नका निम्ति, आफूलाई तैयार राख्नु पर्दछ। (यूहन्ना १४:१-३) हामीहरुले मुक्तिदातालाई जान्नु र चिन्नु पर्दछ, सन्तुष्ट जीवनले मात्र असल गर्दैन – तर आफ्नो पाइलटसँग स्थिरसम्बन्ध गाँस्नु पर्दछ । पाइलटले चाहेर मात्र ह वाईजहाज ल क्ष्यमा पुग्न सक्छ । त्यहि परमेश्वर, जसले प्राचिन इस्रालीहरुको देख-रेख गर्नुहुन्थ्यो, युग-युगसम्म आफ्ना जनहरुको ख्याल राख्नु हुन्थ्यो, तिनै परमेश्वर अहिले पनि हाम्रा मार्गदर्शक हुनुहुन्छ । हामी महान परमेश्वरमाथि हषिर्त भई उहाँको नजिक जानु पर्दछ । आत्मिक विश्वास उहाँ माथि राख्नु पर्दछ अनि मात्र आशिषहरु बटुल्न सक्दछौं ।
यहि आशिषहरुका लागि नै मन्थन पत्रिकाको जन्म भएको हो र अहिले नेपाल चर्च डट् कम मा उपलब्ध छ। आमिन ।
Discussion about this post