• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

युनाईटेड मिसन टु नेपालले ६० औं वार्षिकोत्सव मनायो

by NC Reporter
March 7, 2014
in News & Events

२१ फागुन, काठमाडौ । युनाईटेड मिसन टु नेपालले आफ्नो ६० औं वार्षिकोत्सव मनाएको छ । सन् १९५४ मा स्थापना भएको उक्त संस्थाले स्वास्थ्य, शिक्षा, हाइड्रोपावर लगायत सामुदायिक विकासका अ्रन्य क्षेत्रमा काम गर्दै आएको छ । पाटन अस्पताल, तानसेन मिसन अस्पताल र ओखलढुंगा अस्पतालको स्थापना गरि स्वास्थ्य सेवाको क्षेत्रमा यसले योगदान पुर्याएको छ । शिक्षा क्षेत्रअन्तर्गत गण्डकी बोर्डिङ स्कूल पोखरा, कर्णाली टेक्निकल स्कूल जुम्ला, महेन्द्र भवन कन्या स्कूल काठमाडौ तथा बुटवल टेक्निकल इन्टिच्युटको स्थापना गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ ।  त्यस्तै हाइड्रोपावर अन्तर्गत तिनाउ नदी, आँधि खोला, झिम्रुक, खिम्ती लगायतका जलविद्युत परियोजना निर्माण गरेको छ । यी परियोजना मार्फत कूल राष्ट्रिय विद्युत उत्पादनको १३ प्रतिशत आपूर्ति भईरहेको प्रेस विज्ञप्तीमा उल्लेख छ । वुटवल पावर कम्पनी तथा हिमाल हाइड्रो जनरल कनस्ट्रक्सन स्थापना गरेर अधिकांस सेयर सरकारलाई हस्तान्तरण गरिसकेको छ ।  युएमएनले स्थापना गरेका अन्य विभिन्न ३७ वटा संघसंस्थाहरु स्वतन्त्ररुपमा संस्थाको सहयोगविना सञ्चालन भईरहेको छन् ।

umn

केहि समय अगाडि रेग्मी सरकारको कार्यकालको अन्त्यतिर बसेको मन्त्रीपरिषद्को बैठकले यूएमएन, समयावधि समाप्त भई स्वतः खारेज भईसकेको भन्दै यसको हिमाल हाइड्रॊ एण्ड जनरल कन्ट्रक्सन लिमिटेड र वुटवल पावर कम्पनीमा रहेको शेयर तथा अन्य चल अचल सम्पति सरकारीकरण गर्ने निर्णय गरेको थियो । यसै निर्णयले थापाथली स्थित यूएमएनको मूख्य कार्यालय रहेको करीव ६ रोपनी जग्गा पनि सरकारीकरण भएको साथै युएमएन नामको नयाँ संस्था खोलेर पुरानो युएमएनको सम्पत्ति हडप्ने अन्तराष्ट्रिय चलखेल भएको भन्ने खालका समाचारले सञ्चारमाध्यममा स्थान पाएका थिए । यससंगै यूएमएनको आधिकारिकता तथा भविष्य नै अन्यौलमा रहेको छ ।

यसैवीच युनाईटेड मिसन टु नेपालले आफ्नो ६० औं वार्षिकोत्सव मनाएको छ । युएमएनको थापाथलीस्थित हेर्डक्वाटरमा भएको उक्त कार्यक्रममा उर्जामन्त्री राधा ज्ञवालीले पूर्वमन्त्रीपरिषदको निर्णयका कारण युएमएनले झेलिरहेको समस्याका विषयलाई प्रधानमन्त्रीसमक्ष पुर्याउने तथा विकास गर्ने उदेश्यअनुरुप कार्यरत यस संस्थालाई सघाउने वताउनुभयो । मन्त्री ज्ञवालीले संस्थाले पु्रयाएको योगदानको कदर गर्दै पाल्पा तानसेन अस्पताल, ओखलढुंगा सामुदायिक अस्पताल, जलश्रोत लगायत शैक्षिक क्षेत्रमा यस संस्थाको योगदान प्रसंसनीय रहेको उल्लेख गर्नुभयो । हाम्रो अन्तरीम संविधानमा स्वास्थ्यलाई मौलिक अधिकार भनेर लेखिएतापनि व्यबहारमा हालसम्म लागू हुन नसकेका अवस्थामा यूएमएनले ग्रामीण क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको ज्ञवालीले चर्चा गर्नुभयो । नेपालका विकट क्षेत्रमा जनताले सामान्य रोगको औषधि खान नपाएर मर्ने अवस्था अझै रहेको सन्दर्भमा ग्रामीण क्षेत्रको ६० वर्ष पहिलेको अवस्था अत्यन्त पीडादायी भएको र उक्त समयदेखि नै युएमएनले गरेको निरन्तर सेवाको मन्त्री ज्ञवालीले प्रशंसा गर्नुभयो ।

त्यस्तै समाज कल्याण परिषद्का निर्देशक मदन प्रसाद रिमालले युएमएनको सहयोग नेपाली समूदायलाई अझैपनि आवश्यक भएको उल्लेख गर्दै आगामी दिनमा संस्थाको सहयोग निरन्तर प्राप्त हुँदै जाने विश्वास आफुले लिएको उल्लेख गर्नुभयो । उहाँले नेपाल सरकारले युएमएनलाई सेवाको लागि बोलाएको र संस्थाले सोही अनूरुपनै कार्य गर्दै अघि बढेको उल्लेख गर्नुभयो । उहाँले यूएमएनका तर्कपूर्ण दावीहरुको सम्बनिधत निकायले सुनुवाइ गर्नुपर्छ र यस संस्थामा देखिएको समस्याको न्यायपूर्ण निकास खोज्नुपर्छ भन्ने आफ्नो धारणा रहेको बताउनुभयो ।

संस्थाका कार्यकारी निर्देशक डा.मार्क ग्याल्पिनले ६० वर्षदेखि युएमएनले शिक्षा, स्वास्थ्य तथा समाज रुपान्तरणका लागि काम गरिरहेको वताउनुभयो । उहाँले सम्पत्तिसम्बन्धि विषयका सन्दर्भमा मिडियाहरुमा समाचार आएपनि मन्त्रीपरिषद्ले गरेको निर्णय आधिकारीकरुपमा आफूहरुलाई जानकारी नगराइएको वताउनुभयो । ग्याल्पिनले अघिल्लो सरकारले गलत सूचनाका आधारमा गरेको निर्णय अहिलेको सरकारले पूनरावलोकन गरी सच्याउने आफूले विश्वास लिएको र त्यसकै लागि पहल गरिरहेको वताउनुभयो । यो संस्था धर्म परिवर्तन गराउने र जागीर खानका लागि पनि क्रिस्चियननै हुनुपर्छ भन्ने कुरा सुन्नमा आएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा मार्कले युएमएनले धर्म परिवर्तन गराउने कुनै काम नगरेको र जागीर खानका लागि क्रिस्चियननै हुनुपर्छ भन्ने नीति नभएको वताउनुभयो ।

वार्षिकोत्सव कार्यक्रममा एचआर सपोर्ट सर्भिसेज डाइरेक्टर सानु राजा रञ्जितले ६० वर्षदेखि नेपालमा स्वास्थ्य, शिक्षा, हाइड्रो पावर, सामूदायिक विकास लगायतका क्षेत्रमा काम गर्दै आएको संस्थालाई एकपटक पनि नसोधी मन्त्रीपरिषद्को बैठकले युएमएनको सेयर सरकारी भएको एकतर्फी निर्णय गरेको भन्दै दुख लागेको वताउनुभयो । उहाँले यो संस्था नेपालमा विकासका लागि आएकाले कुनैपनि निर्णय गर्नु अगाडि यसबाट पर्ने चौतर्फी प्रभावलाई पनि हेर्नुपर्नेमा त्यसो नगरिएकाले अहिले सरकारी निकायसँग सरसल्लाह गरिरहेको उल्लेख गर्नुभयो । संस्थाले वार्षिकोत्सवका अवसरमा विभिन्न नृत्य, गीतका माध्यमबाट हालसम्म पुर्याएको योगदानको चर्चा गरेको थियो ।

साभार: नबीन सन्देश

Related Posts

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

Recent Posts

  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In