• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, December 1, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

क्रिसमसको अवसरमा लमजुङमा पनि बिबिध कार्यक्रम (थप तस्वीरसहित)

by Sarju Rijal
December 27, 2013
in News & Events

lamjung12सन्देश पौडेल/लमजुङ – प्रभु यशुको जन्मोत्सवएवं क्रिसमस २०७० को अवसरमा लमजुङमा बिबिध कार्यक्रम सम्पन्न भएका छन्। जिल्लाको सदरमुकाम लगायत बिभिन्न मण्डलीहरुमा ख्रिष्टमस बिशेष कार्यक्रम गरिएको थियो।
क्रिसमसको अवसरमा लमजुङ खिष्ट्रिय सामूदायिक एकता अर्न्तर्गत बेसीशहर र गाँउशहरका चर्चहरुले बेसीशहरमा संयुक्त शुभकामना आदान प्रदान तथा साँगितिक कार्यक्रम सम्पन्न भएको छ।
मानव बिकास तथा सामुदायिक सेवा एचडिसिएसका निर्देशक तिर्थ थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रभु यशुको आराधना, प्रवचन, शुभकामना आदान प्रदान, तथा साँगितीक कार्यक्रमहरु गरिएको थियो।
लमजुङ इर्साई समाजका अध्यक्ष रोशन राइको अध्यक्षतामा भएको कार्यक्रममा एकताका सचिव पाष्टर सन्त गुरुङले शुरुको पार्थना गर्नुभएको थियो। कार्यक्रममा पाष्टर प्रदिप कोइरालाले स्वागत मन्तब्य राख्नुभएको थियो भने इर्साई समाज लमजुङका संस्थापक अध्यक्ष एवं नवशान्ती एजी मण्डलीका पाण्टर ठाकुर गुरुङले आफनो जीवन गवाई सुनाउनु भएको थियो। कार्यक्रममा प्रमूख अतिथी डा थापाले परमेश्वरको बचनबाट प्रवचन दिनुभएको थियो। कार्यक्रममा लमजुङ ख्रिष्टीयन युथ सोसाइटीले विविध सांगितक कार्यक्रमहरु प्रस्तुत गरेका थिए।
यसअघि ख्रिष्टमसको पूर्व सन्ध्यामा बेसीशहरस्थित नवशान्ती मण्डलीमा बृद्धा सम्मान, हाजिर जवाफ प्रतियोगिता र अगुवाहरुलाई उपहार प्रदान कार्यक्रम भएको थियो। नवशान्ती मण्डलीकी सदस्य रहनु चण्डिस्थान गाबिसकी पुर्नि गुरुङलाई सम्मान गरिएको हो। साप्ताहिक सँगतीको अवसरमा मण्डलीका पाष्टर ठाकुर गुरुङले ८६ बषिर्या गुरुङलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो। क्रिसमसको अवसरमा बिगतका वर्षरुदेखि नवशान्ती मण्डलीले बृद्ध बृद्धाहरुलाई सम्मान गर्दै आएको छ।
यसैगरि मण्डलीले बिगत देखि मण्डलीमा स्वयम् सेवकको रुपमा काम गर्दै आएका अगुवाहरुलाई पनि मायाको चिनो प्रदान गरेको छ। मण्डलीमा घरेलु सँगती, जवान तथा बालबालिकाहरुको बिचमा सेवाकाई गर्दै आएकाहरुलाई ख्रिष्टमस उपहार प्रदान गरेको हो।
ख्रिष्टमसको पूर्व सन्ध्यामा नवशान्ती मण्डलीमा हाजिर जवाफ प्रतियोगिता पनि सम्पन्न भएको छ। प्रतियोगितामा शान्ती गुरुङको समूह प्रथम, हन्ना मगरको समूह द्धित्तिय र प्रकाश नेपालीको समूह तृतिय भएको थियो। प्रतियोगिताका बिजेताहरुलाई शनिवार सम्पन्न सँगतीको अवसरमा पुरस्कार बितरण गरिएको थियो।
ख्रिष्टमसको अवसरमा भोटेओडार, सुन्दरवजार, भोर्लेटार, खुदी नौथर लगायत जिल्ला भरका चर्चहरुमा पनि पर््रार्थना सभा, शुभकामना आदान प्रदान तथा बिबिध सागितीक कार्यक्रमहरु भएको थियो।
क्रिसमसको अवसरमा रोट्रयाक्ट क्लव अफ लमजुङले पनि शुभकामना आदान प्रदान गरेको छ। क्लवका अध्यक्ष सन्देश पौडेलको अध्यक्षतामा एक कार्यक्रम गरि शुभकामना आदान प्रदान कार्यक्रममा क्लवका पूर्व अध्यक्ष रबिन श्रेष्ठ, इलेक्ट अध्यक्ष रेशम घिमीरे लगायत क्लवका पदाधिकारीहरुको उपस्थीती रहेको थियो। कार्यक्रमममा क्लवका अध्यक्ष पौडेलले केक काटेर शुभकामना दिनुभएको थियो।
यशू ख्रीष्टको जन्म भएको डिसेम्बर २५ तारिखका दिन प्रत्येक वर्ष यो दिवस मनाइने गरिन्छ। सूर्यका भक्त रहेका रोमका तत्कालीन बादशाह कन्स्टेन्टाइनले सन् ३५० देखि यो दिवस मनाउन सुरु गरेका हुन्। बादशाह कन्स्टेन्टाइनले हरेक वर्ष उक्त दिन सूर्य देवताको जन्म दिवस मनाउने गर्दै आएकोमा उनले क्रिश्चियन धर्म अवलम्बन गरेपछि त्यस दिन सूर्य देवताको नभई जिसस क्राइस्टको जन्मदिनका रुपमा मनाउन उर्दी जारी गरेकाले त्यसैबेलादेखि यो दिवसको महत्व बढेको हो।
विक्रम सम्बत २०६३ मा तत्कालीन व्यवस्थापिका-संसदको बैठकले नेपाललाई पनि धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि यो दिवसलाई नेपालमा पनि राष्ट्रिय पर्वका रुपमा मान्यता दिएको हो। त्यसै वर्षदेखि नेपाल सरकारले क्रिसमस दिवसका अवसरमा राष्ट्रिय बिदा दिँदै आएको छ। केही वर्षअघिसम्म ख्रिष्टियनहरुले मात्र मनाउने क्रिसमस पर्व हाल नेपाली हिन्दूलगायत अन्य धर्मावलम्बीहरुले पनि निकै हर्र्षोल्लासका साथ मनाउँदै आइरहेका छन्।

Christian Programm

lamjun02

lamjun01

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In