काठमाडौं – २०१३ डिसेम्बर २५ तारिखका दिन राजधानी लगायत नेपालभर नै चर्च, खुल्ला मैदान, घर घरमा, होटेलमा क्रिसमस डे धुमधामका साथ मनाइदै छ। क्रिसमस डे अर्थात येशू ख्रीष्ट जन्मनु भएको दिनमा क्रिश्चियनहरू र गैर क्रिश्चियनहरूले साथी, आफन्त, छिमेकीहरुलाई उपहार दिएर, सँगै खाना खाएर, रमाए क्रिसमस डे मनाउदै छन्। क्रिसमस डे मा क्रिश्चियनहरूले येशूख्रीष्टको जन्मको भविष्यवाणी अनुसार जन्म भएको तथ्य कुराको प्रवचन दिएर, नाटकद्वारा, गीत गाएर र नृत्य गरेर छिमेकीहरूसँग क्रिसमस डे आ आफ्नो रमाइलो तरिकाले मनाएका छन्।
राजधानीमा नेपाल इसाई मण्डली ज्ञानेश्वर, क्वाइनोनिया चर्च पाटन, बेथशालोम पुतलीसडक चर्च, नवजीवन चर्च कुपण्डोलमा र अरु विभिन्न चर्चहरूमा भव्य समारोहमा क्रिसमस डे मनाएका छन्। क्वाइनोनिया चर्च पाटनको कार्यक्रम जावलाखेलमा भएको थियो।
क्रिसमस डे अर्थात येशू ख्रीष्ट जन्मनुभएको दिनको अवसरमा राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा र मन्त्रि परिषद्का अध्यक्ष खिलराज रेग्मीले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको कामना गर्नुभएको छ।
यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्वीटर विभिन्न अनलाईन खवर साइटहरूमा विश्वभरको क्रिसमस डे को तस्वीर, समाचार र शुभकामना सन्देशहरु छन्।
क्रिसमस डे को सन्दर्भमा विभिन्न मिडियाहरूले इसाइ धर्मावलम्वीहरूको महान पर्व भनेतापनि बाइबल अनुसार यो सबै मानव जातिको लागि हो। यस भनाइको सन्दर्भमा बाइबलमा लूका २:१० र ११ पदमा यस्तो लेखिएको छ “१० तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ! किनभने म सबै मानिसहरूलाई आनन्द दिने सुसमाचार लिएर तिमीहरूको सामुन्ने आएको छु। 11 सुन, दाऊद जन्मिएको सहरमा आज मुक्ति दिनुहुने राजा ख्रीष्ट जन्मिनुभएको छ। उहाँ नै प्रभु हुनुहुन्छ।“ (Luke 2:10-11)
बाइबलमा लुका २:१० र ११ अनुसार कुनै एउटा राष्ट्र, जाती वा भाषीको लागि मात्र नभएर यस पृथ्वीमा भएका सबै मानवहरूको लागि येशू ख्रीष्टको जन्म भएको हो। हिन्दु, बुद्धिष्ट, मुस्लिम, क्याथोलिक, प्रोटेस्टेन्ट, यहूदि, मुस्लिम, मरमोन आदि सबैको लागि येशू ख्रीष्टको जन्म भएको हो। धर्ममा आश्था नराख्नेहरू पनि हुन सक्छन् तितीहरूको लागि पनि हो क्रिसमस डे । आज विश्वभर नै क्रिसमस डे आ आफ्नो तरिकाले मनाइदै छ।
Discussion about this post