• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, November 27, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

कसरी भयो इ.सं. र ख्रीष्टमस शुरु?

by Samay Kumar Ramtel
December 17, 2013
in Articles

christmas 13नवशिशुको जन्मले कोही कसैको मान, पद दर्जा र नातामा प्रोमसन भएर बा-आमा, बजु बजैका साइनोमा पुग्दा रहेछन्। अनि कोही आमा त कोही छोरा, कोही मामा भने केही भान्जा। यस्तै-यस्तै एक शिशु जसले धेरै नाता,साइनो, बढाइ र नव परमेश्वरीय प्रतिरुप पनि सगँसगै ल्याएको हुन्छ। जन्मिएको शुभखवर फोन,पत्र, इमेल र मुखले दिन नपाउदै बधाई र उपहार ढोकैमा आउँदा झन आर्श्चर्य र खुशी लाग्छ। साच्चै भनेको, सबैको ओठमा मोनालिसाको मुस्कान छाइरहेको प्रष्टै देखिन्छ। यही त हो जन्मको दिन जहाँ खुशी, आनन्द र बधाईको गितले खुट्टा समेत हावामा उडेको भान हुन्छ। यो खुशी पनि कस्तो-कस्तो हाँस्दाहाँस्दै नयाँ हाँसो शुरु भए जस्तो। अस्ताइसकेको घाम पनि ख्रीष्टको जन्मले फेरी घाम उदाए जस्तो।
सामान्य अर्थमा ख्रीष्टको जन्मदिनलाई ख्रीष्टमस भनिन्छ। ख्रीष्टमसलाई विशेष गरी वडादिन, जन्मदिवस, नयाँ दिन र जन्मउत्सवको दिन भनेर पनि सम्वोधन गरीन्छ। यो डिसेम्वर २५ तारिख अथवा पौष १० गते हरेक बर्षहर्षल्लासका साथ सारा संसारभरि इर्साई समाजहरूमा अतिनै शान्त, प्रेमिलो वातावरणमा मनाइने उत्सव हो। ख्रीष्टमस एउटा पृथक किसिमले पनि यो महान चाड मनाइन्छ। परमेश्वरको एक मात्र पुत्र येशूख्रीष्ट हुनुहुन्छ। उही महान व्यक्तिको जन्मदिनलाई सम्झेर महिनौ दिनदेखि लामो समय सम्म क्रिसमस ट्री, उपहार र कार्डहरू बजारमा विक्रीवितरणको साथै सजाउने गरेको पाइन्छ। येशूको जन्म सम्वन्धि फिल्म,नाटक, नृत्य र शुभसन्देश सुनाएर खुशी भइ मिठो-मिठो खाना खाने गरीन्छ। यस दिनमा बालबालिकाको लागि सेता सुनौला र आकर्ष पहिरहन र टोपी खेलौना, उपहार साथै आशिष्को लागि परमेश्वरसँग प्रार्थना गरीन्छ। यसको प्रतिउत्तरमा नानीहरूले पनि विभिन्न आकर्षायुक्त प्रतिभा प्रदशन गरेर जन्मदिवसलाई रमझम थप्ने काम गर्दछन्। एउटा भनाई छ “यो दिन सबै जना खुशी हुनुपर्छ किनभने यो विश्वले पनि आफ्नो हाँसो थाम्न नसकेर तिमीलाई पैचो दिदै छ। वास्तवमा ख्रीष्टमस जसरी मनाए पनि हाल शहरी क्षेत्रमा ख्रीष्ट र ख्रीष्टमसका अर्थ थाहा नपाउनेहरूले मैनवत्ती निभाएर, केक काटेर, युवायुवतीको हातै पिच्छे वियरको वोतल लिएर होटल र रेष्टुराँका रंगिन साँझको शारिरीक वासनामा डुबेर , व्यभिचारका थुप्रै लक्ष्मणरेखा कोरेर, अर्धनग्न पारदर्शी पहिरहनमा गाना र डिस्कोमा रक्सिले मातेर अन्त्यमा झैझगडा, होहल्ला मच्चाउदै मोटरबाइक र कारहरूमा युवाको जोस रक्सीको रोहसमा वेपत्तासँग हाँक्दै कति प्रायले ख्रीष्टमस मनाउछन्। तर यो त ख्रीष्टमसको नाममा विकृति र छाडा प्रविति फैलिएको मात्र हो। बाइबलमा यशैया अगमबक्ताले “ख्रीष्ट एक कन्याबाट, यहुदाको कुलमा र इस्राएल देशको वेतलेहेम भन्ने ठाउँमा जन्मनुहुने। ” भन्ने भविश्यवाणी उहाँ जन्मनु भन्दा ७०० बर्षअगाडी भनेको कुरा पूराभयो। येशूको जन्म यसरी भयो। मरियम भन्ने कन्या केटी पवित्रआत्माद्धारा गर्भवती भएकी थिइन्। युसुफलाई परमेश्वरको दूतले दर्शनमा यसरी भने कन्या मरियमबाट जन्मनुहुने उहाँ पवित्र आत्माबाटकै हुनुहुन्छ ? तिनले एउटा पुत्र जन्माउने छिन र तिमीले उहाँको नाम येशू राख्नेछौं। यसरी हेरोद राजाको समयमा यहुदीया प्रान्तको वेतलेहेम गाउँमा येशू जन्मनुहुँदा दूतले गोठालोलाई समेत शुभखवर दिए। त्यस्तै गरी पूर्वबाट यरुशलेम हुदै ७०० बर्षपहिला भनेको कुराको प्रतिक्षा गरीरहेका ज्योतिषीहरूले आकाशमा एउटा चम्किलो तारा देखे। त्यही तारा बालक येशूख्रीष्ट जन्मिएको ठाउँमा पुगेर अडियो। ज्योतिषी हर्षे रमाए र घर भित्र पसेर तिनीहरूले येशूलाई घोप्टो परेर दण्डवत गरे। अनि आफ्ना कन्तुर खोलेर बालक येशूलाई सुन, धुप र मूरको उपहार चढाए। आज भन्दा २०१४ बर्षअघि देखि वा त्यहि दिनदेखिर् इ.स.वा ख्रीष्टमसको शुरु भयो। ख्रीष्टमस यस अर्थमा एउटा आनन्दको सुसमाचार सुन्ने र सुनाउने दिन हो। ख्रीष्टमस परमेश्वरले मानव इतिहासमा प्रवेश गर्नुभएको दिन हो। उहाँको आगमनले मानव इतिहासलाई दुइ भाग BC (Before Christ ) र AD ( Anno Domini ) अर्थात इसा पूर्व र इस्वी संवतमा विभाजन गर्नुभयो। भनौ इसा पूर्व र इस्वी संवतको वोर्डर बनेर खडा हुनुभयो। यो संसारको इतिहासमा एउटा सबैभन्दा महत्वपूर्ण घटना हो। येशूख्रीष्टका आगमनको उद्देश्यहरूमा १) मानिसहरूलाई परमेश्वर चिनाउन, २) मानिसहरूलाई जीवन जिउन सिकाउन र ३) मानिसहरूलाई उनीहरूको पाप क्षमा दिन आउनुभयो। यसलाई गहिरिएर सोच्ने हो भने, ख्रीष्टमसको मुख्य कारण मानिसहरू हो। यदि मानिसहरूलाई परमेश्वरको आवश्यकता नभएको भए, यदि मानिसहरूलाई पापको क्षमा नचाहिएको भए र येशूख्रीष्टको आवश्यकता नभएको भए, येशूख्रीष्ट आउनुहुने थिएन र ख्रीष्टमस हुने थिएन। यसकारण ख्रीष्टमसको मुख्य कारण मानिस अर्थात् हामी हौं र ख्रीष्टमस हाम्रो निम्ति हो। ख्रीष्टमस सबै मानिसहरूलाई परमेश्वरको एउटा अमूल्य उपहार हो। के यो उपहार तपाईंले पाउनु भयो। तपाईंको वरिपरि नपाउनेहरू कोही छन् की? छन् भने यो सित्तैमा पाइने उपहार बाँड्ने मौका नचुकाउनुहोस्। इज्राएल देशको यरुशलेम शहरको बेथलहेम गाउँमार् इसा पूर्व ०४ मा येशूको जन्म भएको थियो। सोही दिनदेखि ख्रीष्टमस शुरुभएको हो। सामान्य अर्थमा ख्रीष्टको जन्मदिनलाई बडा दिन अर्थात ख्रीष्टमस भनिन्छ। ख्रीष्टमसलाई विशेष गरी वडादिन, जन्मदिवस, नयाँ दिन र जन्मउत्सवको दिन भनेर पनि सम्वोधन गरीन्छ। ख्रीष्टमस र नवबर्षो सवभन्दा बहुमूल्य उपहार येशू स्वयम हुनुहुन्छ। गोठालाहरूले येशूलाई गोठमा दर्शनभेट गर्न आएका थिए। ज्योतिषीहरू कति जना थिए भन्नेकुरा यकिन नभएपनि उनीहरूले येशूलाई गोठमा नभइ घरमा दर्शन भेट गरेका थिए। उनीहरूले भने सुन, धुप र मुर भेटी चढाँए र र्स्वर्गदूतहरूबाट शान्तिका गीत गाउँदै मनाएका थिए। हुनत ख्रीष्टमस येशूख्रीष्टको जन्म देखि नै शुरु भएता पनि विश्वभर भने विभिन्न समयका व्यक्तिहरूले गरेकाथिए। सन् २७४ को डिसेम्बर २५ मा रोमी सम्राट औरेलियनले सूर्य जन्मेको दिन मनाउनु पर्छ भनी घोषणा गरेका थिए। सन् ३२० को डिसेम्बर २५ मा पोप जुलियस प्रथमले ख्रीष्टको जन्मदिन मनाउनुपर्छ भनेर सर्वप्रथम आवाज उठाएका थिए। सन् ३२५ को डिसेम्बर २५ मा रोमी सम्राट कन्स्टन्टाइन्ले ख्रीष्टको जन्म दिन मनाउनुपर्छ भनी आरम्भ गरेका थिए। उनी रोमी सम्राटहरूमा पहिलो ख्रीष्टियन थिए। सन् ३५४ को डिसेम्बर २५ मा रोमको विशप लाइबेरियसले ख्रीष्टको जन्म दिन मनाउनु पर्ने व्यवस्था बनाएका थिए।
ख्रीष्ट जन्मनुको अर्थ प्रगाढ छ त्यति नै ख्रीष्टमस दिवसको महत्व पनि रहेको छ। इश्वी पूर्व र इश्वी संवतको वोर्डरको प्रतिक जनाउन ख्रीष्टको जन्म भएको हो। विश्वको केन्द्रविन्दुको रुपमा परिचित इज्राइएल देशमा जन्मिएर संसारलाई ज्योति प्रदान गर्न, पापीलाई वचाउन, शान्तिको बाटो देखाउनको लागि मात्रै नभएर तपाईको सुन्दर जीवनलाई अझ सुन्दर बनाई हरेक दिन ख्रीष्टमसको खुशी, रमझम र आनन्द दिनको लागि ख्रीष्टको जन्म भएको हो। भन्दै ख्रीष्टमस तथा नवबर्षसन् २०१४ सालको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

समयकुमार रम्तेल, बनेपा (मो.९८४१ ४२९८१६)

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In