सन्देश पौडेल, लमजुङ – लमजुङ सदरमुकाम बेसीशहरमा किशोरकिशोरीहरुलाई यौन सम्वन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। इसाइ समाज लमजुङको आयोजनामा शनिवार बेसीशहर स्थित नवशान्ती चर्चमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
जिल्ला स्थित बिभिन्न मण्डलीका किशोर किशोरी तथा बिबाहित जोडिहरुलाई लक्षित गरि उक्त कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा बिबाह अघि या किशोर अवस्थामा हुने यौन चाहाना, पबित्र जिवन, लगायतका बिषयमा प्रशिक्षण गरिएको थियो। बिबाह अघिको अनैतिक यौन सम्वन्ध, किशोरावस्थामा हुने सँवेग तथा परिवर्तन लगायतका बारेमा जवानहरुलाई सचेत गराउन अभिमुखीकरण कार्यक्रम गरिएको हो। कार्यक्रममा त्रिएक मण्डली चितवनका पाष्टर एवं नेपाल मेथोडिष्ट बायबल कलेजका प्राचार्य सुकदेव गिरीले प्रशिक्षण दिनु भएको थियो।
इसाई समाज लमजुङका सस्थापक अध्यक्ष एवं नवशान्ती एजी मण्डलीका पाष्टर ठाकुर गुरुङले आराधना अगुवाई गर्नुभएको सो कार्यक्रममा इसाइ समाज लमजुङका सचिव सन्त गुरुङले सहजिकरण गर्नुभएको थियो।
यसैबिच इसाई समाज लमजुङले शुक्रबार बिबाहपछिका पारिवारिक जिवनको बारेमा अभिमुखीकरण गरेको थियो। कार्यक्रममा बिबाह पछिको दाम्पत्य जिवनमा श्रीमान श्रीमतीको कर्तब्य, जिम्वेबारी, अटुट प्रेमका रहस्य, बिहेपछिका सम्भावित मनमुटावको कारण, परिणाम, आपसी समस्याको समधान आदिको बारेमा सिकाइएको थियो। बेसीशहरको नवशान्ती चर्चमा सम्पन्न कार्यक्रममा जिल्लास्थित बिभिन्न चर्चका पाष्टर, अगुवाका दम्पतीहरुले सहभागिता जनाएका थिए।
प्रशिक्षक गिरी चितवन स्थित स्थानिय टिभि च्यानल र रेडियोमा समेत स्वास्थ्य सचेतना सम्वन्धी कार्यक्रम चलाउनुहुन्छ। स्वस्थ्य, धार्मीकता सम्वन्धी केहि कृति समेत प्रकाशन गर्नुभएका गिरीले पछिल्लो पटक बिवाहको रहस्य नामक किताव समेत प्रकाशन गर्नुभएको छ।
Discussion about this post