लेखक : धिरज लामा गोम्जा
“सबैले साँचो आराधना नगरेकोहुनाले नै मिशन आवश्यक परेकोहो।” जोन पाईपर,
मानिहरुले आराधनानै नगरेका चाही हैनन् तर साँचो आराधना कमैले गरका छन् । हरेक व्यक्ति कुनै न कुनै कुरालाई आराधना गरिरहेका छन् । कोहि बनाईएका चिजलाई त कोहि बनाइरहेकालाई , कोहि पैसालाई त कोहि कुर्चीलाई , कोहि अरुको सिद्दान्तलाई त कोहि आफ्नै भावनालाई तर साँचो आराधना गर्नेहरु पनि निकै छन छनत ।
आराधकहरु ३ प्रकारका हुन्छन्। १. साँचो आराधना गर्ने तर झुटो परमेश्वरलाई २. झुटो आराधना गर्ने साँचो परमेश्वरलाई अनि ३. साँचो आराधना साँचो परमेश्वररलाई । यी तिनैवटा आराधकहरु हाम्रो देश र समाजमा छ्याप-छ्याप्ती पाउन सकिन्छ । हामी यी तिन अराधक मध्य कुनै एकमा अवस्य पर्छौँ।
अमोस ५;४ ”मलाई खोज र बाँच । बेथेललाई नखोज, गिल्गलमा नजाऊ, बेर्सेबामायात्रा नगर”। हाम्रो देश प्रकृतिको धनि, हजारौ डाँडा अनि हिमालहरु छन् । ति पहाड र खोंचहरुमा अझै बेथेल, गिल्गल र बेर्सेबा जस्ता ठाउहरु छन् जहाँ अझै मानिसहरु अफ्नो मनोकांक्षा पुरा गर्न धाइरहेका छन्। कस्तुरी मृग जंगल –जंगल धाउदै विनाको खोजीमा भौतारी रहेका हुन्छन् यधपी बिना उनीहरु आफै भित्र हुन्छ। हामीले जान्नु खाचो छ कि पवित्र आत्माको मन्दिर हाम्रै जीवन हो ।
हामी आराधना गर्न जन्मिएका हौ। त्यहिनै हाम्रो आत्मिक D.N.A. हो। हामी केहि न केहीलाई पुज्दै आएका छौ र पुजिनै रहने छौ। हामी साँचो पुजा गर्छौ जब हामी साँचो परमेश्वरलाई पुज्छौँ।
सबै भन्दा छली जो निको पार्ननै नसकिने कुरो भनेको मानिसको हृदयनै हो। त्यहि हृदय परमेश्वररको लागि असल भेटि जो हुनसक्छ । उहाँ त्यहि चाहनुहुन्छ र त्यहि हृदय खोज्दै हुनुहुन्छ। परमेश्वरले आराधना भन्दा अराधक खोज्दै हुनुहुन्छ । हृदय बिनाको आराधनाभनेको परमेश्वरलाई अपमान गर्नुजस्तै हो। साँचो आराधना के हो त ? परमेश्वररबाट आएको प्रकाशको प्रतिउत्तर हो। त्यसैले साँचो आराधना परमेश्वर संगको घनिष्ठता, संगति, र सम्बन्धमा आधारित छ, जसलाई हामीले जीउने शैलीमा प्रधिबिम्बित गर्न सक्छौ जसको चाबी हो नम्र हुनु ।
तपाई र म कुनै न कुनै कुरालाई पुजी रहेका थियौ। जब हामीले ख्रिस्ट नै मुक्तिदाता भनि स्विकारयौं तब देखि हामी साँचो आराधना गरिरहेका छौ। जब हामी सरिरबाट छुटिनछौं तब स्वर्गमा पनि हामी आराधना गर्छौँ। (प्रकाश ८:१) मानिस शरिरमा जन्मन्छ, शारिरिकतवरले आराधनाप्रकट गर्छ, त्यहि मानिस आत्मामा जन्मिन्छ अनि आत्मा र सत्यतामा आराधना गर्छ, त्यो नै साँचो आराधना हो । त्यसैले साँचो आराधना गर्न आजै शुरु गरौं । हामी जब स्वर्गमा प्रवेश गर्नेछौं, सियोनमा पनि स्वर्गदुतहरुसंग आराधना गर्नेछौं ।
(अब हामी दोस्रो भागमा आराधना गर्ने विभिन्न तरिका हरुको बारेमा सिक्नेछौं)
Discussion about this post