• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 11, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

क्रिश्चियनहरुलाई बिदेशी धर्म मानेको भनेर बिरोध गर्नु कत्तिको जायज? सटिक तथा तार्किक जवाफ

by Jagadish Pokhrel
September 24, 2013
in Articles, Socio-political

लेखक: अज्ञात

के हामीले क्रिस्चियनहरुलाई विदेशी धर्म मानेको भनिरहँदा हामीले दौरासुरुवाल—गुन्यूचोली वा आफ्नो जातीय पोशाक लाइरहेका छौं ? के हाम्रो घरभित्रको टिभी स्वदेशी आविष्कार हो ? के हवाइजहाज स्वदेशी उत्पादन हो ? के तपाईंले चढ्ने मोटरसाइकल स्वदेशी आविष्कार हो ? के हामीले चलाउने कम्प्युटर स्वेदशी आविष्कार हो ? के सबका सब वैज्ञानिक आविष्कारहरु हाम्रै पेवा हुन् ? विदेशी पैसा त हामीले अघि भर्खर खानामा हालेको नुनमा पनि परेको छ । अघि भर्खर गाडी चढेर हिँडेको बाटोमा पनि परेको छ । यहाँका सबका सब राजनीतिक दलमा पनि परेको छ । कर्णालीमा भोकमरी लाग्दा बाँडिने पिठोमा पनि विदेशीको पैसा परेको छ । कतिसम्म भने यहाँ प्रयोग हुने कण्डममा समेत विदेशी पैसा परेको छ । अमेरिकी विकास नियोग युएसआइडीले यसको लागि खर्च गरिरहेको छ ।

चाइनाको लसुन र भारतको प्याज नभई हाम्रो भान्सा तात्दैन । अरबको खाडीमा नगई हाम्रो चुलो बल्दैन । नेपाली उत्पादनले हाम्रो इज्जत जान्छ । युरोप अमेरिका जानलाई ज्यानको बाजी लगाइरहेछन् नेपालीहरु । जबसम्म देशको प्रगति हुँदैन तबसम्म यो अवस्था रहि नै रहन्छ ।

साथीहरु अन्धसमर्थन गर्नु र हचुवा विरोध गर्नु दुवै मूर्खता हो । यदि बहसै गर्ने हो भने धर्मशास्त्रका हरफहरु लिएर अघि सरौं । बाइबलले के भन्छ ? कुरान के भन्छ ? त्रिपिटकले के भन्छ ? हिन्दूका वेद, गीता, भागवत, पुराण, महाभारत, रामायण, मनुस्मृति आदिले के भन्छन् ? समाज कुन शास्त्रबाट निर्देशित छ ? थिति मल्लले समाज सुधारको नाममा के गरेका थिए ? के हामी ‘आफ्नो धर्म जति नै खराब भए पनि बचाइराख्नुपर्छ र अरुको धर्म जति नै असल भए पनि निन्दा गर्नुपछ’ भन्ने शास्त्रको पछि लाग्दै त छैनौं ? आज अमेरिका र युरोपमा हिन्दू धर्म दिनप्रतिदिन फैलिइरहेको छ । अमेरिकाको हरेक स्टेटमा कम्तीमा एउटा मस्जिद छ जबकि अमेरिकालाई इसाई धर्मको पर्यायको रुपमा लिइन्छ । साँचो अर्थमा भन्ने हो भने अमेरिकीहरु इसाई नै होइनन् । उनीहरुको सोच, चरित्र कुनै पनि कुरा बाइबलसँग बाझिन्छ । भोलि अमेरिकामै हरेक स्टेटमा एउटा मन्दिर बन्यो भने आश्चार्य नमाने हुन्छ । त्यसो भए के तिनका मन्दिर पनि बन्द गर्न लगाएर धपाउने ?
ठीक छ, हामीलाई आफ्नै देशको धर्म प्यारो लाग्छ भने बुद्धलाई सम्मान दिऔं कसले छेकेको छ ? आज नेपालमा बुद्ध धर्म नाममात्रको हुनु र विकृत अवस्थामा हुनुमा कसको हात छ ? आज बुद्ध धर्ममै सबभन्दा बढी मूर्ति पुज्ने कसले बनाइदियो ? के बुद्ध मूर्तिपूजाका पक्षपाती थिए ? यो सब भएको नागार्जुन नामक ब्राह्मणबाट भएको हो । बौद्ध मतले हिन्दू मतलाई उछिन्न खोजेपछि पछाडि धकेल्न र आफैंमा समाहित गराउन वा भनौं खराबै बनाउन हिन्दू पण्डितहरुको षडयन्त्र थियो यो । बुद्धिष्टहरुले यो कुरा बुझ्न चाहेनन् । आज क्रिस्चियन आस्थालाई पनि यस्तै विकृत पार्ने प्रयास भएको पाइन्छ । नत्र जिजस क्राइष्ट पनि हिन्दूकै एउटा अंग हुन् भनेर किन कालो पोत्न उद्यत हुन्छन् बुज्रुकहरु ? फूलको आँखामा फूलै संसार ……
आधुनिक ब्राह्मणवादका नायक शंकराचार्यले नेपाल आउँदा यहाँ हिन्दूका चारै वर्ण बौद्ध धर्मावलम्बी भएको पाए । बाह्रौं शताब्दीमा उनले आफनो विजय यात्राको क्रममा नेपाल उपत्याको यात्रा गरेका थिए । आचार्यले जादू टुनामुनाद्धारा सबैलाई आफूपट्टि ढडालिसकेका थिए, अनि केही भागे, केही मारकाटमा परे, बचेखुचेका केहीले हार खाएर धर्म परिवर्तन गरे, यहाँका मानिसलाई बुद्धले प्रतिबन्ध लगाएको बलिप्रथा फेरि मान्न बाध्य पारे, भिक्षुणीहरुलाई विवाह गर्न लगाए । चौरासी हजार धार्मिक बौद्ध पुस्तकहरु नष्ट गरिदिए, धर्मनिरपेक्षताका चिह्नहरु नष्ट गरे, पराजित धर्मको ठाउँमा शिवको धर्म प्रवेश गराए ।
यो हो यथार्थ । जबजब भारतले बुद्धको जन्म भारतमै भएको भनेर हल्ला गर्छ अनि हामी तरंगित हुन्छौं खुबै बुद्धप्रेमी जस्तो । बुद्धको खास दर्शन के हो ? हामीले कहिल्यै बुझ्न खोजका छौं ? के हामीले त्रिपिटक नेपालीमा अनुवाद गराएर घरघरमा पुर्याउन सक्यौं ? आज बुद्ध धर्म श्रीलंका, बर्मा, थाइल्याण्ड, भुटान, तिब्बत, चीन, मंगोलिया आदि देशमा राष्टधर्मजस्तै भएको छ । के तिनले यो विदेशी धर्म वा नेपाली धर्म भनेर धपाउने ? गुम्बा बन्द गर्न आवाज उठाउने ?
आउनुस् तर्कसंगत बहस गरौं । अरुलाई छोटो बनाउने मठारेर हो कि आफू लामो भएर हो ?

Related Posts

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In