परमेश्वरका छोराहरु र मानिसहरुका छोरीहरु भन्नाले के बुझिन्छ भन्ने हाम्रो सवाल हो । ६ अध्यायको २ पदको सर्न्दर्भ बुझ्नका लागि हामीले यसभन्दा पहिलेको खण्डलाई स्पष्टसँग बुझ्नु आवश्यक पर्दछ । मानवजातिले परमेश्वरको विरुद्धमा पाप गरेपछि मानवजाति कयिन र शेतको वंशमा विभाजित भयो ।
बाइबलबाट केही प्रश्नहरू
आर.टि.एन. चर्चका ज्ञानबहादुर शाहीले राख्नुभएका बाइबलमा नबुझिएका केही प्रश्नहरुको उत्तर नेपाल थियोलोजिकल कलेजका प्रिन्सीपल रेभ.बालकृष्ण शर्माले दिनुभएको उत्तरहरु निम्नानुसार छनः
प्रश्न १. उत्पत्तिको पुस्तक ६ अध्यायको २ पदमा लेखिएको परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे यो भनाइको विविधतालाई हामी सबैको भलाईको लागि उत्तर प्रष्टरुपमा दिनु भए म जस्तै हजारौ अनबिज्ञ सेवक सेविकाहरूले उत्साह पाउँने थियौ।
उत्तरः यस विषयमा मानिसहरुमा विभिन्न विचारहरु रहेका छन् । परमेश्वरका छोराहरु र मानिसहरुका छोरीहरु भन्नाले के बुझिन्छ भन्ने हाम्रो सवाल हो । ६ अध्यायको २ पदको सर्न्दर्भ बुझ्नका लागि हामीले यसभन्दा पहिलेको खण्डलाई स्पष्टसँग बुझ्नु आवश्यक पर्दछ । मानवजातिले परमेश्वरको विरुद्धमा पाप गरेपछि मानवजाति कयिन र शेतको वंशमा विभाजित भयो । हाबिललाई कयिनले हत्या गरेपछि, परमेश्वरले आदम र हव्वाको लागि शेतको जन्म दिनुभयो । यसरी कयिन र शेतको वंश बढ्न थाल्यो । कयिनका सन्तानहरु भक्तिहीन र दुष्ट स्वभावका भए भने, शेतका सन्तान परमेश्वरको भय राख्ने व्यक्तिहरु भए । यहाँ शेतका सन्तानलाई परमेश्वरका छोराहरु भनिएको हुनसक्छ र कयिनका सन्तानहरुलाई मानिसका छोरीहरु भनिएको हुनसक्छ । यिनीहरुका बीचमा वैवाहिक सम्बन्ध जोडिएको देखिन्छ । यस खण्डलाई यही किसिमले बुझ्दा असल हुन्छ ।
प्रश्न २. उत्पत्तिको पुस्तक १को १ अनुसार संसारको उत्पत्तिभन्दा पहिला पानी नै थियो भनाईलाई हामीले कसरी व्याख्या गर्नुपर्छ होला हजुरबाट उत्तम उत्तरको अपेक्षा गर्न सकिन्छ ।
उत्तरः उत्पत्तिको पुस्तकको अध्ययनमा हामीले पद १ र २ लाई स्पष्टसँग बुझ्नुपर्दछ । पद १ मा भनिएको छ, “आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो ।” त्यसकारण संसारको सृष्टिभन्दा पहिले नै पानी थियो भन्ने कुरा यहाँ बताईएको छैन । आकाश र पृथ्वीलाई सृष्टि गर्ने क्रममा उहाँले सबैथोक सृष्टि गर्नुभयो । यो सृष्टि भएपछि त्यहाँ केही भयो, जुन कुरा २ पदले बताएको छ । १ पद र २ पदको बीचमा लामो समयको अन्तर छ भन्ने कुरालाई धेरै विद्धानहरुले विश्वास गर्दछन् ।
प्रश्न ३. रोमीको पुस्तक अनुसार परमेश्वरका पुत्रहरू प्रकट हुनेछन् भन्ने भनाईलाई कसरी व्याख्या गर्दा उत्तम हुन्छ रोमी ८:१९ पद
उत्तरः मानवजातिले गरेको पापको कारण पृथ्वी श्रापित भएको छ । यस श्रापको कारण पृथ्वी प्रसव वेदनामा रहेको छ । यसबाट छुटकारा पाउने दिनको प्रतीक्षामा पृथ्वी रहेको छ । त्यो छुटकारा पाउने दिन भनेको ख्रीष्टको दोस्रो आगमन हो । तपाईंले रोमीको पुस्तकको सर्न्दर्भलाई स्पष्टसँग हेर्नुभयो भने, प्रकट हुने महिमाको बारेमा देख्नुहुन्छ । त्यो प्रकट हुने महिमा ख्रीष्टको दोस्रो आगमनको समयमा हुन्छ, जुनबेला परमेश्वरका सन्तान यस पृथ्वीमा येशूसँग शासन गर्नका लागि आउनेछन् र त्यस बेलाको पृथ्वी यशैया ११ अध्यायमा उल्लेख गरिएकोजस्तो पृथ्वी हुनेछ ।
प्रश्न ४ कोरिन्थीको पुस्तकमा पावलले बयान गरेको १४ वर्ष पहिला स्वर्ग लगिएको ब्यक्ति को हुन कुनै स्पष्ट उत्तरको अपेक्षा गर्न सक्छौ कि
उत्तर. धेरै विद्धानहरुको विचारअनुसार पावलले आझनै बारेमा बताइरहेका थिए । सामान्य रुपमा विचारगर्दा पावल लुस्त्रामा भएका बेला मानिसहरुले उनीमाथि ढुङ्गा प्रहार गरे र उनी मरे भनी छोडेर गए । त्यही बेलामा पावलको आत्मा तेस्रो र्स्वर्गसम्म पुगेको थियो -प्रेरित १४ को १९-२०) । पावलको यस अनुभवपछि उनी फेरि जीवनमा आए । यसको १४ वर्षछि पावलले यो पत्र लेखेका हुनसक्छन् ।
प्रश्न ५. तेस्रो पदमा उल्लेखित तेस्रो स्वर्गको बारेमा केही स्पष्ट धारणा दिन सक्नुहुन्छ कि २ कोरिन्थी १२को २-६
उत्तरः तेस्रो र्स्वर्ग भन्नाले परमेश्वरको उपस्थितिको ठाउँ हो जसलाई येशूले र्स्वर्गलोक भनी उहाँको मृत्युको समयमा सम्बोधन गर्नुभएको छ । पावलले पनि यही ठाउँलाई सम्बोधन गरेका हुनसक्छन् ।
Republished in new layout on 8/14/2013
Discussion about this post