लोडसेडिङले सर्वत्र अध्यारो हुन थालेकाले टेलिफोनमा बत्तीको तार जोडेर उज्यालो बनाउने गरेका छौं,’ उनले भनिन्। टेलिफोनको तारमा बग्ने थोरै करेन्टबाट उक्त बत्ती बल्नेगरेको छ।
अचम्मै अचम्म
“दाई तपाई त ४ बजे यहाँ (जोगमनी)बाट हिंडिसक्नुपर्छ नत्र airport पुग्न ढिलो हुन्छ, गाडिले धेरै समय लगाउँछ।” गिरिजा भाइले भन्नुभयो।
अनि म पनि अलि छिटो छिटो ब्यागमा सामान राखेर पास्टर यादब कार्कीले भेट गर्न र मैले रक्तदान गरेको प्रमाणपत्र लिनलाई बोलाउनुभएको थियो त्यहाँ जानको लागि झोला बोकेर घरबाट बाहिर निस्के। गिरिजाको बुवाले ल ल प्रार्थना गरौ भनि यात्राको निम्ति प्रार्थना गरिदिनुभयो। भाई गिरिजा र तितसले साइकल निकाल्नुभयो। रिक्सा भएको ठाउँमा जाँदै गर्दा रिक्सामा भन्दा त साइकलमा छिटो हुन्छ लगभग ८ कि. मि. छ दाई अब साइकलमा नै जाउँ भन्नुभयो। साइकलमा झोला राखेर दुईजना एउटा साइकलमा जानुभयो। मेरो तौल अलि धेरै भएकोले मलाई बलियो एउटा साइकल दिनुभयो। पास्टर यादव कार्कीले भन्नुभयो, “एयरपोर्ट साइकलमा जानलाको हैन म बाइकमा पुर्याइदिन्छु, चिया खाउँ” यो हाम्रोलागि मौका हो। हामी साथीहरु गफ गर्दै बिस्तारै साइकलमा नै जान्छौ भन्दा अचम्म मान्नुभयो हामी यात्रा गर्यौं।
World Vision मा हाम्रो काम सकेर हतारिदै साइकल चलाउदै जाँदैथियौं, अर्को एकजना पास्टरसँग भेट भयो। साइकलमा यएर पोर्ट जानलाको भन्दा उहाँपनि अचम्म मान्दै हैन म बाइकमा पुर्याइदिन्छु भन्न पछि पर्नुभएन। गिरिजा भाइले भन्नुभयो, “दाइ यसरी हामी जिन्दगीमा पहिलोपटक एयर पोर्ट जाँदैछौं” भन्दै हामी एक आपसमा कुरा गर्दै हाँस्दै साइकल चलाउन लाग्यौ।
ठिक समयमा एयरपोर्ट गएपछि ढुक्क भएर बिस्तारै गयौं। यएर पोर्टमा भित्र छिर्न लाग्दा प्रहरीले कहा जानलाको जान पाइदैन भनि भाईहरुलाई रोक्दा अचम्म मानेर खुब हाँस्दैथिए। हामी साथीलाई पठाउन जानलाको भनेपछि जानदियो। यो रमाइलो यात्रा थियो। जाडो समय भएपनि साइकल चलाउँदा गर्मि भएको थियो।
जे होस् यात्राको हरेक क्षण मेरो लागि स्मरणमय र आशिष्मय भएको महशुस गर्ने मौका पाएँ। Airport tax काटेर luggage Check गराएर, केही फोटो खिचेपछि झोलाबाट The Fifth Mountain Book निकालेर पढ्न थाले।
६:२० को Buddha Air ६:३० मा मात्रै यएरपोर्ट छोड्यो। आकाशमा झ्यालबाट यता उता हेर्ने प्रयत्न गरें तर अँध्यारो भएकोले हिमाल हेर्ने मनलाई फेरी The Fifth Mountain Book केन्द्रित गराउँदै थिएँ। Excuse me कुन पत्रिका? मैले हात बढाइ कान्तिपुर पत्रिका समाते। बिस्तारै समाचार हेर्दै जाँदा मेरा आँखा टेलिफोनबाट बत्ती शिर्षकमा रोकिए। अहिले बत्तिको संकट भएकोबेला सरकारबाट चमत्कारका कामहरु हेर्न त बाँकि नै छ। तर अचम्म र चमत्कारको कुरा त के छ भने,
धरान, लोडसेडिङको अनेक विकल्प अपनाइरहेका बेला यहाँका केही कर्मठ युवाले टेलिफोन सेटबाटै उज्यालो निकालेर काम चलाउने गरेका छन् ।लोडसेडिङबाट हार खाएका विद्यार्थी, उपभोक्ताले टेलिफोनको सेटमा तार जोडी बत्ती बालेर आफ्नो अध्ययन कक्षलाई उज्यालो बनाएका हुन् । त्यसका लागि बजारमा पाइने तारसहितको बत्ती भए पुग्छ । सानो कोठालाई पुग्ने उज्यालो टेलिफोनको बत्तीले दिने महेन्द्र क्याम्पसमा प्रमाणपत्र तह दोस्रो वर्षमा अध्ययनरत सकुन लिम्बूले बताइन् । ‘लोडसेडिङले सर्वत्र अध्यारो हुन थालेकाले टेलिफोनमा बत्तीको तार जोडेर उज्यालो बनाउने गरेका छौं,’ उनले भनिन्। टेलिफोनको तारमा बग्ने थोरै करेन्टबाट उक्त बत्ती बल्नेगरेको छ।
अब हामी अवतरण गर्नजाँदैछौ आवाज सुनेपछि बाहिर देखिने झिलिमिली बिजुली कम मात्रामा देखिए। अब लोडसेडिङको समाधानका अनेक प्रकारका प्रयत्नहरु पनि हुँदैछन्। सायद प्रयत्न र कार्य जारी नै गरे एकदिन उज्यालो देख्न सकिन्छ कि आशा गरौं।
Republished in new layout on 8/14/2013
Discussion about this post