कोही देश बनाउने भनेर बन्द गर्छन् कोही देस बनाउने भनेर सभा गर्छन्। मेरो सोझो बुझाइमा देश खेलको मैदान हो यहाँसबै देश बनाउनेहरुको अभ्यास हुँदैछ।
माओवादीको १९ औ जनआन्दोलन सभा र छुट्टिएर गएका माओवादीको नेपाल वन्दको आह्वा न
२४ चैत्र काठमाडौं
म बुटवल जानुपर्ने बन्दले गर्दा जान सकिन। विहान मोर्निङ वाक गर्दै जाँदा चोभारको डाडाँमा पुगें। लाइसेन्सको लागि गाडि सिक्नेहरुले काठ ठड्याएर ट्याक्सी कार अभ्यास गरिरहेको ठाउँमा मलाई हेरीरहन रमाइलो लाग्यो। कतिको गाडीभित्र छिराउन सक्दोरहेछ भनेर मलाई एकछिन थकाइ मार्न पनि आनन्द लागेको थियो। पुरानो कुराको याद आयो। मैले पनि कारको लाइसेन्स निकाल्न यस्तै गरी अभ्यास गरेको थिएँ। म आफूलाई सिमित राख्न सकिन मनमा अनेक सोचहरु आए सायद विहानै सुर्यको उदयसँगै मेरो सोचाइमा नेपाल बन्द भनेको पनि यस्तै होला सायद गाडी चलाउनेहरुले लाइसेन्स निकाल्नको लागि एउटाले काठ ठड्याउछ अर्कोले ढाल्ने गरेजस्तै होला खेलीराखेका छन् कसैले रमाइलो हेरीरहेकाछन्।
अचम्म छ कोही देश बनाउने भनेर बन्द गर्छन् कोही देस बनाउने भनेर सभा गर्छन्। मेरो सोझो बुझाइमा देश खेलको मैदान हो यहाँसबै देश बनाउनेहरुको अभ्यास हुँदैछ। नयाँ राजनितिक दलहरु आउँदैछन्। नया नेताहरु उत्पादन हुँदैछन्। जति आन्दोलनहरु हुन्छन् बन्द, हडताल, तोडफोड, हत्या हुन्छन यी सबै देश बनाउनको लागि भएका हुन रे। अब आम जनताले बुझ्नुपर्यो कि जति नेपाल बन्द हुन्छ उति देश बनाउनमा राजनितिक दलहरु अभ्यास गर्दैछन्।
यहाँ बुद्धिजिवी पनि यही छन्। आफ्नो परिवार राम्रोसँग सञ्चालन गर्न नसक्ने पनि यही छन्। गुन्डा गर्दी गर्ने पनि यहीँ छन् भ्रष्टा्चार गर्ने पनि यही छन। हत्याराहरु पनि यहीँ छन। अब अरु देशका मानिसहरुलाई पनि यहाँ अभ्यास गर्नलाई स्वागत गर्न मात्रै बाँकि छ।
यसको परिणाम यही हो कि गरिब दुःखीको ढाड सेकिने काम भएको छ। भोका नाङ्गाको ढाडमा टेकेर खेल खेलिदैछ। भोकाहरुको मुखमा लात मार्ने काम भएको छ। मंहगी बन्द हडताल सबैको मार बोकेका गरिबलाई कसले हेर्ने आन्दोलनमा परेर मर्ने गरिब मंहगीमा पर्ने गरिब रोजगार नपाउने पनि त्यही गरिब तर विडम्बना यो छ कि जति पनि राजनितिक दलहरु छन् सबै गरिबको लागि लडेका छन रे!!! उल्टो बुझिएछ अब सुल्टो बुझ्ने कोसिस गर्दैछु। गरिबको लागि लडेका होइनन् गरिबसँग लडेका छन भनि बुझ्नुपर्छ।
आज दिउँसो जावलाखेलमा निकै ठूलो घुँइचो देखें के भएछ आज त बन्द हो ला तोडफोड भएछ भन्ने डरले म बाइक विस्तारै रोक्न थाले। राता झण्डाहरु फहराइरहेका थिए। आज बन्द कि १९ औ जन आन्दोलन दिवस?????
Republished in new layout on 8/14/2013





















Discussion about this post