Written by रामप्रसाद पौडे
हामी मानव जातिले घमण्ड गर्नु र्ब्यर्थ छ कारण परमेश्वरले हामी नभए ढुंगा मुढाबाट पनि आफ्नो राज्यको काम गर्ने अघिबाटै जनाउ दिइसक्नुभएको छ । यो कुरा हठी अगुवाहरुलाई सुझ्नुपर्छ ।
अनुग्रह बिवाद: हग्नेलाई भन्दा देख्नेलाई लाज
यो लेख लेखिरहदा भविष्यमा मैले झेल्नुपर्ने सास्तीहरुको झल्झली याद आइरहेको छ । इर्साई दुनियामा देखेको कुरा लेख्ने परिपाटी विकास भएको छैन । यदाकदा लेखिहाले पनि लेखकको झ्याको झार्ने काम यहाका अगुवाहरुबाट हुदै आएको छ । फस्वरुप मण्डली भित्रका कुहिएका आलुहरुले संरक्षण पाइरहेका छन् र कालान्तरमा यसले परमेश्वरको खिल्ली उडाउने काम गरेको छ । यी सब हुदाहुदै पनि अनुग्रह चर्चको विषयमा केही लेख्न मन लागेको छ । यो लेखले अन्धाआखा खोल्न सकोस भन्ने मात्र मेरो आशय हो, अन्य केही होइन ।
पृष्ठभूमि
आम विश्वासीको हेराइमा अनुग्रह चर्च धरान पर्ूव नेपालको उत्कृष्ट मण्डलीभित्र पर्दछ । यस मण्डलीका अगुवाहरु नेपाली इर्साई जगतमा राम्रो दखल राख्न सफल छन् । यहाका जवानहरु समेत संगीत र पत्रकारितामा यस अघिनै हलचल मच्चाउन सफल भइसकेका छन् । परमेश्वरको राज्य विस्तार संगसंगै साहित्य, संगीत, पत्रकारिता र चेलापनमा दह्रो र्समर्थन गर्ने भएका कारण यो मण्डली पर्ूवको इर्साई इतिहासमा उदाहरणीय समेत बनेको छ भने नेपालकै मण्डलीमाझ समेत चर्चित बनेको छ ।
अयुवको प्रशस्ती देखेर डाही बनेको शैतानले सायद अनुग्रहको उन्नति र ख्यातिलाई पनि नजरअन्दाज गर्न सकेन । अयुवलाई यातना दिने शैतानले अनुग्रहलाई पनि तितरवितर पार्न परमेश्वरसंग अनुमति माग्यो । परमेश्वरले पनि अयुवमा झैं विश्वस्त भएर अनुग्रह चर्चलाई खल्बल्याउन अनुमति दिनुभयो । शैतानलाई पराजित गरेर अयुवले परमेश्वरको शिर उच्च पारिदियो तर शैतानसंग पराजित भएर अनुग्रहका अगुवाहरुले परमेश्वरको खिल्ली उडाउने काम गरे । यो घटनाबाट पर्ूवका मण्डलीहरु जति दुखित भएका छन् , त्यो भन्दा ज्यादा चोट परमेश्वरलाई पुगेको छ।
कसरी फुट्यो अनुग्रह
नेपालका विद्धत व्यक्तित्व डा. केवी रोकायाले जब नेपाल राष्टिय मण्डली परिषद् ( NCCN) विस्तारका लागि पूवमा हात हाले त्यही बेलादेखि अनुग्रह मण्डलीमा फुटको बिजारोपण भयो । विशेषगरी ‘सबै धर्म समान हुन्’ भन्ने रोकायाको सिद्धान्त पूवका मण्डलीहरुलाई पचेन, जुन स्वभाविक पनि हो । तर डा रोकायाको ब्याख्या शैलीले उनी गलत भएको पुष्टि गर्दैनथ्यो । पूवका केही अगुवाले सामाजिक कामबाट परमेश्वरको राज्य विस्तार गर्ने डा रोकायाको तार्त्पर्यलाई र्समर्थन जनाए, त्यो पनि अस्वभाविक थिएन । कुरा कहा आएर बाझियो भने पूवका अधिकांस अगुवाले डा. रोकायालाई सुन्नै चाहेनन् र यो झुटो हो भन्दै हिंडे । अर्काथरीले भने ‘हामी पनि सुनी हेरौं न त रोकायाको सिद्धान्त के रहेछ’ भनेर पारख गरे । रोकायाले अगुवामाझ भ्रम सिर्जना गरेको भए परमेश्वर जानुन् अन्यथा उनी झुटनै हुन भन्न सकिन्नथ्यो। फलतः पूवमा NCCN गठन भएरै छाड्यो । NCCN गठनमा धरान इर्साई समाज र सुनसरी इर्साई समाजको सहयोग अवश्यनै थियो र सुनसरी इर्साई समाजको अध्यक्ष भएको नातामा अनुग्रह चर्चका एल्डर हिमाल जोसेफ र्राई पनि संलग्न थिए । डा. रोकायाको नेपाली इर्साई दुनियाको मार्टिन लुथर हुन भन्ने अहम र मण्डलीले सोधेका प्रश्नहरुको चित्तबुझ्दो जवाफ दिन नसक्ने अक्षमताले गर्दा वितार विस्तार पूव उनीप्रति रुष्ट हुदै गयो । त्यतिखेरसम्म अनुग्रह चर्चमा आन्तरिक कलहले चरम रुप लिइसकेको थियो । मुल जड यही भएपनि अनुग्रह चर्चको विवाद बढ्नुमा अन्य प्रशस्त कारणहरु हुन सक्छन् जसको अनुमान यहा नलगाउदा नै उचित हुनेछ ।
माओवादी पार्टर्ग तुलना गर्ने हो भने अनुग्रह चर्चमा पनि कट्टरपन्थी र समाजवादी धारको विकास पहिल्यैदेखि भइरहेको थियो । यी दुइ धारलाई बोकेर हिंड्दै थिए मण्डलीका एल्डरद्धय परशु गुरुग र हिमाल जोसेफ र्राई । यी दुइलाई समायोजन गर्दै अगाडि बढाउने प्रचण्डझैं भएका थिए मण्डलीका पास्टर बीबी र्राई । तर जब nccn को विवाद बढ्दै गयो मण्डली दुइ फ्याक भएरै छाड्यो । हुन त केही दुरदर्शी भएर हिमाल जोसेफ र्राईले मण्डली समक्ष क्षमा याचना गरेर डा रोकायासंग सम्बन्ध तोड्ने प्रतिज्ञा पनि गरेका थिए रे । जसको प्रमाण झल्कने विज्ञप्ति अनुग्रह विवादलाई प्रत्यक्ष प्रकाशन गर्दै आएको हाम्रो आशिष् पत्रिकामा प्रकाशित पनि भएको थियो । कहासम्म सत्य हो, असन्तुष्टहरुले क्षमा दिन मानेनन् अरे । असन्तुष्टहरुलाई उक्साउन काठमाण्डौंका एक हठी अगुवाको पनि ठूलो हात रहेको चर्चा पूवको इर्साई वृत्तमा हुने गरेको छ । सम्भवतः क्षमाको लेनदेन हुन सकेन र पूवकै प्रभावशाली अनुग्रह चर्चमा धमिरा लाग्यो ।
मत मिल्दैन भने र एकठाउ बसेर कामै गर्न नसकिने भयो भने फुट्नुपनि पर्छ – यो मेरो व्यक्तिगत धारणा हो ) । मण्डली फुट्नु इर्साई इतिहासमा अनौठो कुरा पनि होइन । साचो बोल्ने हो भने मण्डली विभाजन परमेश्वरको राज्य विस्तारको लागि उपयोगी पनि छ । चर्च फुट्दा फुटेकाहरुबीच आपसमा प्रतिश्पर्धाको भावना उत्पन्न हुन्छ र मण्डलीमा आत्मा बढ्छन् । पावलले भनेझैं जुनसुकै बहानामा भएपनि ख्रीष्ट प्रचारिनु असल हो । तर दुःखको कुरा अनुग्रह चर्चमा त्यसो भएन । ख्रीष्ट प्रचारिनुको साटो ख्रीष्टको दुष्प्रचार भयो । मण्डली भवनलाई राजनैतिक अखडा बनाउने सम्मका कुरा चले । परमेश्वरको सेवकलाई तथानाम गाली गरेर हैसियत सोध्ने सम्मको काम भयो । त्यति मात्र कहा हो र, हग्नेलाई भन्दा देख्नेलाई लाज भनेझैं एकापसमा आरोप प्रत्यारोप, र अस्तित्वको होडबाजी चलिरह्यो । र्सार्वजनिक मिडिया मार्फ तथानाम बक्ने काम भयो । म सवै हु, अर्को पक्ष केही होइन भन्ने अहम् प्रकट भइरह्यो दुवै पक्षबाट । तर कहिल्यैपनि परमेश्वरमा भएर आफ्नो अस्तित्वको खोजी गरिएन । म को हु भनी सोधिएन ।
निष्कर्षयहा बुझ्नुपर्ने कुरा के छ भने वास्तवमा अनुग्रह चर्चका सवै अगुवाहरु केही पनि होइनन् । परमेश्वरमा बाहेक उनीहरुको कुनै अस्तित्व छैन । बीबी, फिलेमोन, परशु, हिमाल, शमूएल, दर्नाल वा अन्य कोही परमेश्वरको राज्यमा केही पनि होइनन् । उनीहरुबिना पनि परमेश्वरको राज्य बढी नै रहन्छ । परमेश्वरलाई उनीहरुको आवश्यकता छैन, छ त केवल उनीहरुलाई परमेश्वरको । हामी मानव जातिले घमण्ड गर्नु र्ब्यर्थ छ कारण परमेश्वरले हामी नभए ढुंगा मुढाबाट पनि आफ्नो राज्यको काम गर्ने अघिबाटै जनाउ दिइसक्नुभएको छ । यो कुरा हठी अगुवाहरुलाई सुझ्नर्पर्छ । सिंदुरे रंगका पाप क्षमा गरेर हिउजस्तै सेतो बनाउने परमेश्वरको सन्तान भएर आपसमा इख राखेर अहमको भ्यागुतो फुल्नु बाइबल विपरीत हो । अब त समाजलाई पच्नै गाह्रो भइसक्यो । नया पुस्ताले नसरापुन् भन्नका लागि पनि आपसमा मिलेर पो जाने हो कि –
सम्पादकः निस्तार इर्साई पत्रिका विराटनगर
Republished in new layout on 8/14/2013
Discussion about this post