जी पी एस प्रणाली

[ 0 ] October 29, 2009 |

Written by N D Lama

थाहा पाइ राख्‍ने होइन त जी. पी. एस. प्रणाली बारे?

म कुनै साथीको घरमा जानु पर्‍यो भने र मलाई त्यो ठाउँ थाहा छैन भने मैले कसैलाई त्यो घर देखाइ माग्नु पर्छ अथवा त्यो साथीलाई नजिकैको चोकमा बोलाउनु पर्नेहुन्छ, होइन त?

तर अमेरिका लगायत विकसित मुलुकहरूमा तपाईको साथीलाई ठेगाना अथवा घर नम्बर दिए पुग्छ। भनेको समयमा तपाईको साथी तपाईको आफ्‍नो घरको आगनमा टुप्लुक्क आइपुग्छ। घर पुग्ने नक्शा बताइ राख्‍नु पर्दैन। गाडी मर्मत केन्द्र अथवा पेट्रोल भर्ने पम्प कहाँ छ सो कुरा पनि उनीहरूले आफू कहिले नपुगे ठाउँमा पनि थाहा पाउँन सक्छ। के तपाईलाई विकसित मुलुकका मानिसहरू अर्कै खाले वा धेरै जान्ने भएर त्यस्तो भएको होला जस्तो लाग्छ? हो उनीहरू विकसित छ, प्रविधिमा अगाडि छ तर रहस्य अर्कै छ। ती व्यक्तिहरू अतिरिक्त भएर नभइ उनीहरूसँग भएको जी. पी. एस. ले उनीहरूलाई ती ठाउँहरूमा पुर्‍याउँछन्। जी. पी. एस. लाई अग्रेजीमा Global Positioning System (GPS) भनिन्छ। जी. पी. एस.कोलागि पृथ्वीको वरीपरी २४ वटा सेटलाइटहरू राखिएका छन्। ती सेटलाइटहरूले छिन् छिन्मा सिगनलस् लिएर पृथ्वीमा जानकारी पठाइराख्छन्।त्हसैले आफू कुन ठाउँमा छु भन्ने कुरा ती सिगनलबाट सजिलै थाहा पाउन सकिन्छ र आफू पुग्नु पर्ने गन्तव्य स्थानको कति सामिमा पुग्दैछु भन्ने कुरा जी. पी. एस. उपकरणबाट सजिलै हेर्न सकिन्छ सो उपकरणले छोटो बाटो¸ बाटोमा आउने मोडहरू सबै बताउँछ। उनीहरूको प्राय सबै सवारी साधनहरूमा जी. पी. एस. उपकरण जडान गरिएको हुन्छ र नभएकाहरूले छुटै किनेर चलाउँछन्।

अहिलेका नयाँ क्यामारा, आइपड, आइफोन इत्यादिमा जी. पी. एस. प्रणाली लागु गरिएको हुन्छन् त्यसैले ती सामानहरू हरायो भने पनि कहाँ छ सजिलै पत्ता लगाउन सकिन्छ। यसको बारे कुरा गर्दै राखौला। अहिलेलाई विदा है साथीहरू।

एन डी लामा

Republished in new layout on 8/13/2013

Facebook Comments

Category: Articles


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4